विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । जसअनुसार सिरहाको लहान नगरपालिका-५ खुट्टी खोलाको पुल मुनि सोही नगरपालिका-१० बस्ने ५० वर्षीय हिराई दास बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी गोरखाको गण्डकी गाउँपालिका-४ मरौटेस्थित बुढिगण्डकी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब १७ वर्षीय किशोर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ इँटाभट्टा नजिक पनि सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२  वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।


Advertisement

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-९ गौरी शंकर टोल डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका-७ कजेरी घर भएका २७ वर्षीय छबिलाल बुढाथोकी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    झापाको भद्रपुर नगरपालिका-६ बस्ने ६० वर्षीय लादु राजबंशी सोही नगरपालिका-७ स्थित बुदकरण चिया बगानको नालीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको साइकलबाट लडेर मृत्यु भएको भन्ने बुझिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्