पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
जेठ २५, २०७८
कोरोना महामारीसँगै सरकारले जारी गरेको निषेधाज्ञापछि आर.पी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेय यतिखेर घरमै छन् ।
घरमा बस्ने, कहिलेकाहीँ खेल्ने, विभिन्न परिकारहरू बनाउने जस्ता गतिविधि उनको दिनचर्या बनेका छन् ।
पहिला दिनभर आफ्नो व्यवसायमा व्यस्त उनी अहिले परिवारसँग बस्न पाउँदा खुशी छन् । भन्छन्, ‘खुशी हुन सकिएन भने केही गर्न सकिँदैन । यो महामारीलाई जित्ने उपाय भनेकै खुशी हुनु हो ।’
प्रस्तुत छ, लोकान्तरकर्मी परिवर्तन देवकोटाले ‘लकडाउन डायरी’का लागि आर.पी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेयसँग गरेको कुराकानी उनकै शब्दमा :
कोरोना महामारीको अहिलेको समयमा हामी निकै संयमित हुनुपर्नेछ । यसका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै घरभित्र बस्ने नै हो । निषेधाज्ञा जारी भएसँगै म घरमा नै बसिरहेको छु ।
यसबीचमा छोरीको एसईई परीक्षाका लागि गाइड गर्ने काम गरेँ । यस्तै साथीभाइ तथा आफ्ना कर्मचारीहरूसँग अनलाइन प्रविधि जूममा कुराकानी र छलफल पनि गर्ने गरेको छु ।
परिवारसँग नै हाँसखेल गर्ने, रमाइलो गर्नेतर्फ ध्यान दिइयो ।
म दैनिक रूपमा बिहान ५ बजे अनिवार्य उठ्छु । यसपछि आफ्नो नित्यकर्म गरेर योगाभ्यास शुरू गर्छु । योग तथा ध्यानका लागि ४५ मिनेटको समय छुट्याएको हुन्छु ।
तातो पानीमा कागती राखेर पिउँछु । तर बिहान गणेश भगवानको पूजा नगरी मैले पानी पनि खान्नँ । कमलादीमा गणेश भगवानको पूजा गरेर दिनचर्या शुरू गर्छु ।
त्यसपछि गार्डेन सफा गर्छु । यी सबै काम गरेर सक्दा १० बज्छ । यसपछि घरमा केही हल्का खाने कुराहरू खाने, पुस्तक हेर्ने तथा साथीभाइहरूसँग कुरा गर्ने काम गर्ने गरेको छु । यसो गर्दा खाली समय पनि दैनिक व्यस्त नै हुने रहेछ । म व्यस्त हुनाले पनि मलाई निषेधाज्ञाको समय कटाउन गाह्रो भएको छैन ।
निषेधाज्ञा अगाडि बिहान ७ः३० बजे घरबाट निस्कने र बेलुका एकैपटक ७ बजे घर फर्कने गरिन्थ्यो । अहिले घरमा बस्दा आफैंलाई सिस्टममा ढाल्न सकिने रहेछ । निषेधाज्ञा छ, घरमै बसिरहेको छु, तनाव छ भनेर सोच्ने भन्दा पनि कोरोनालाई पनि बिर्सने र घरमा रमाइलो गरी दिन बिताउने गर्नुपर्ने रहेछ । मैले यसबीचमा यही सिकेँ । टिभी हेर्ने, पुस्तक पढ्ने, खेल खेल्ने बानी बसाल्यो भने दिन त कटिहाल्छ ।
घरमा आफ्नै परिवारका ४/५ जनासँग ब्याडमिन्टन खेल्ने, घरमा आएर टिभी हेर्ने, पुस्तक पढ्ने, यही छ मेरो दिनचर्या अहिलेको । कहिलेकाहीँ परिवारसँगै क्यारम बोर्ड खेल्ने गर्छु । पुस्तककै कुरा गर्दा, यसपटक मैले बाराक ओबामाको एउटा पुस्तक पढें । प्रायः म बिजनेस रिलेटेड पुस्तकहरू नै पढ्न रुचाउँछु । हिजो मात्रै पनि एउटा पुस्तक किनेर ल्याएको छु, पढ्न शुरू गरिसकेको छु ।
व्यवसायमा कोरोना असर नेपालमा मात्र हैन विश्वव्यापी रूपमा परेको छ । विश्वभरका हरेक क्षेत्रमा यसको असर छ । हामीले त्यही चिज दिमागमाा धेरै राख्ने, कुरा खेलाउने वा चिन्ता लिने गरेमा यसले समस्या निम्त्याउँछ । मैले अहिले पढिरहेको पुस्तकको सार पनि यही हो ।
पुस्तकको नाम ‘हाउ टु डेभलप सेल्फ कन्फिडेन्स एन्ड इन्फ्लुएन्स पिपुल बाई पब्लिक स्पिकिङ्’ रहेको छ । आफूमा आत्मविश्वास भएन भने कुनै पनि काममा अगाडि बढ्न सक्दैन भन्ने मलाई लाग्छ । मलाई यस्ता पुस्तकहरू मन पर्छ, जसले मलाई आत्मविश्वास बढाओस्, सकारात्मक हुन सिकाओस् ।
गाउँ (पर्सा)का मानिसहरू बिरामी भएर अस्पतालमा उपचाररत छन् । उनीहरूलाई सहयोग गर्ने, घरपरिवारलाई सहयोग गर्ने, खाना पकाउने काम गर्छु । मलाई पालक पनिर, नान, रोटी पकाउन र खान मन पर्छ । म समय निकालेर यस्तै परिकारहरू बनाउँछु । दिउँसो ३ बजेपछि के खाने भन्ने सल्लाह हुन्छ । अनि म पकाउँछु, आवश्यकता अनुसार ।
कामबाहेक मोबाइल फेसबूकमा झुण्डिने बानी छैन । म अफिस समयबाहेक प्रायः मोबाइल स्विच अफ नै गरेर राख्छु । भाइबर, ह्वाट्स एपमा भने उपलब्ध हुन्छु ।
मैले यस अवधिमा धेरै कुरा सिक्ने मौका पाएँ । जस्तोसुकै विपद्मा पनि आत्तिनु हुन्न भन्ने पाठ पनि सिकेँ । हामी प्रायः व्यवसायीहरूले सामान्यतया ६ महिनाको ब्याकअप राख्छौं व्यवसायमा तर अब यो अपर्याप्त भयो जस्तो लाग्छ, यसलाई बढाएर एक डेढ वर्ष राख्नुपर्छ ।
स्वास्थ्य, खानपान तथा जीवनशैलीलाई सन्तुलित राख्नुपर्छ, जसका निम्ति सन्तुलित भोजन, योग, व्यायाम जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ ।
अहिलेको महामारीलाई परास्त गर्नका लागि पनि अनिवार्य मास्कको प्रयोग, सामाजिक दूरी, नियमित साबुनपानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पूर्ण पालनालाई ध्यानमा राख्नुपर्छ भन्ने सिकाई नै मुख्य सिकाइ हो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...