फागुन २३, २०७८
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
काठमाडाैं | असार ३, २०७८
असार महिना शुरू भएलगत्तै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबान लगायतका प्राकृतिक विपत्ति शुरू भएका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची बजार र आसपासका क्षेत्रहरू अप्रत्यासित रूपमा आएको बाढीले नराम्रोसँग प्रभावित भएका छन् ।
मेलम्ची नदीमा बाढीसँगै आएको लेदो माटोका कारण बजार क्षणभरमा बगरमा परिणत भएको छ । हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीमा परी केही मानिसहरू बेपत्ता छन् ।
मंगलवार रातिको बाढीले मेलम्ची बजारमा एक सयभन्दा बढी घरमा क्षति पुर्याएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
केही पक्की पुल, केही झोलुंगे पुल, सरकारी कार्यालय, सडकलगायतका पूर्वाधारमा क्षति पुर्याएको छ ।
बुधवार मानवीय उद्धारमा लागेकाले भौतिक क्षतिको मूल्यांकन शुरू भएको छैन । बस्ने घरसँगै कतिपयका खेतबारी समेत बगरमा परिणत भएका छन् ।
यति ठूलो क्षति हुने गरी बाढी आउनुको खास कारण अहिलेसम्म यकिन भइसकेको छैन ।
तर मेलम्ची खानेपानीको मुहानभन्दा केही माथि गएको पहिरोका कारण मेलम्ची नदी थुनिएर बाढी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
पहिरोले खोला थुनेको र पछि त्यहाँ जमेको पानी एकैपटक बाहिर निस्किँदा ढुंगा, माटो, रुखका जरा तथा ठुटाहरू बगाएर ल्याएको स्थानीयले बताएका छन् ।
कारण जे भएपनि विनाशकारी बाढीले मेलम्ची बजारलाई कुरूप मात्र बनाएको छैन दर्जनौँ परिवारको उठीबास लगाएको छ ।
बाढीले क्षति पुर्याएका घर पुनः प्रयोगमा ल्याउन मिल्ने/नमिल्ने अझै यकिन छैन ।
पक्की घरका दुई तलासम्म पुरिएकाले ती घर सफा गरेर तत्कालै पुनः प्रयोगमा ल्याउन सकिने अवस्था देखिएको छैन ।
विस्थापितहरूको पुनःस्थापना जटिल बनेको छ ।
सामाजिक सञ्जालमा टिप्पणी भएजस्तो मेलम्चीमा सबै घर खोला मिचेर बनाइएका होइनन् । खोलाको सतहभन्दा धेरै माथिसम्म पनि बाढी आएकाले पक्की पुल समेत बगेका छन् ।
खोला मिचेर घर बनाउँदा घर डुबेको भनेर गरिने हल्का टिप्पणीले पीडितहरूलाई झनै मर्माहत बनाउँछ । यो विनाशकारी बाढी दुर्लभै हुने विपत्ति हो ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले सिन्धुपाल्चोकका जमिनमा धाँजा फाटेको थियो । ठूलो वर्षा हुँदा पहिरो जाने क्रम विगतका वर्षमा पनि भएको थियो ।
यसपटक पनि ठूलो वर्षापछिको पहिरोले खोलाको बहाव थुन्दा विनाशकारी बाढी आएको स्थानीयको बुझाइ छ ।
वर्षायाम शुरू भएलगत्तै मेलम्ची बजारलाई बगर बनाउने गरी आएको बाढी प्रकृतिक प्रकोप र विपदको पूर्व तयारीका लागि अन्य क्षेत्रका लागि पनि पाठ हुनसक्छ ।
केही दिन पहिले मनाङमा पनि यस्तै बाढी आएको थियो ।
विकासमा नाममा पहाडको टुप्पोसम्म अनियन्त्रित तरिकाले डोजर चलाउँदा बाढी र पहिरोजस्ता विपत्ति आइरहेका छन् ।
यस्ता बाढी पहिरोबाट धन जनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली विकास गर्न जरुरी छ ।
मेलम्चीमा विस्थापितका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना प्याकेज ल्याउन जरुरी छ ।
कोरोना महामारीसँग जुधिरहेका स्थानीय सरकारले वर्षायाममा हुनसक्ने बाढीको विपत्तिका लागि पनि पूर्वतयारी गर्नुपर्ने भएको छ ।
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ । वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा...
कामको नाममा चार वर्षसम्म आफ्नो प्रदेशको नाम समेत जुराउन नसकेको 'निकम्मा' प्रदेश १ मा आइतवार मन्त्रिपरिषद् विस्तार भयो । नेकपा एमाले विभाजनको बाइप्रडक्टस्वरूप अन्य प्रदेशमा जस्तै नाम जुराउन नसकेको ...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...