कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ ।
टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले मंगलवारदेखि नयाँ टाटा नेक्सन ईभीको बिक्री वितरण शुरू गरेको छ ।
यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ ।
टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ ।
इच्छुक ग्राहकहरुले १६६००१५५७७७ नम्बरमा कल गरी वा www.tatamotors.com.np/tata-nexon-ev (भर्खर मा आफ्नो नाम दर्ता गराई (लग ईन गरी) नेक्सन इभी बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।
यस्ता ग्राहकहरुलाई गाडी विक्री गर्दा प्राथमिकताको सूचीमा राखिनेछ । कम्पनीको अनुसार बुकिङ गर्दा ग्राहकहरुले रु २५,००० बराबरको रकम ( फिर्ता हुने ) बुझाउनु पर्दछ । नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरुमा अवलोकन तथा “टेस्ट ड्राइभ“को लागि उपलब्ध रहेको छ ।
नेक्सन ईभी सार्वजनिक गर्दै टाटा मोटर्स् प्यासेन्जर भेहिकल्स इन्टरनेशनल विजनेस हेड मयाङ्क वाल्डीले भने, ‘अत्याधुनिक ग्रीन टेक्नोलोजी जिपट्रोन प्रविधियुक्त यस गाडीले ग्राहकहरुको अनुभवलाई नँया उचाईमा पुर्याउने छ । उत्कृष्ट बनावट र विशेषताका साथै सर्वोत्कृष्ट सुरक्षा, आकर्षक सेवा प्याकेज र पूर्ण डेडिकेटेड चार्जिंङ्ग सञ्जालको साथ नेक्सन इभी ग्राहकवर्गलाई एक पूर्ण पर्यावरणको प्रत्याभूति गर्दछ । यसले कम भन्दा कम खर्चमा धेरै भन्दा धेरै खुसी र सन्तुष्टि प्रदान गर्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ । हाम्रो ग्राहकको नेक्सन इभीसंगको अनुभव सुखद् र अविस्मरणीय रहोस् भनि टाटा मोटर्सको तर्फबाट कामना ब्यक्त गर्दछु ।’
त्यस्तैगरी सिप्रदी ट्रेडिङ्ग प्रा.लिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणाले भने,‘टाटा मोर्टस संगको हाम्रो साझेदारी निरन्तर बलियो भन्दा बलियो भईरहेको छ, र नेपालमा नेक्सन इभीको विक्री वितरणको आरम्भ यस्तो सम्बन्धमा एक अर्को कोशे ढुंगा हो । यस गाडीले नेपालमा इभीको प्रयोगलाई प्रभावकारी ढंगले प्रोत्साहन गरी नेपाली ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षालाई परिपूर्ति गर्नेछ । हामी नेपालको समग्र यातायात क्षेत्रको हरित र दिगो विकासको यात्रामा सहभागी हुन पाउँदा खुसी छौं र आउँदो दिनहरुमा नेपाली ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादन प्रदान गर्न पनि प्रतिवद्ध छौं ।’
सन् २०२० को जनवरीमा भारतमा विक्री वितरण सुरु भएको टाटा नेक्सनले छोटो अवधिमै त्यहाँको विद्युतीय सवारी साधनको बजारको ७६.८ प्रतिशत ( आ.व. २०२१/२२ को पहिलो त्रैमासिक विवरण अनुसार ) हिस्सा ओगटेको छ । यसरी यो गाडीले आज भारतको सबैभन्दा बढी विक्री हुने इलेक्ट्रिक एसयूभीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । साथै ४५०० भन्दा बढी भारतीय परिवारले रुचाएको टाटा नेक्सनले १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले यो अहिलेसम्मको सबैभन्दा बढी पुरस्कारबाट सम्मानित हुने ईभी पनि हो ।
टाटा मोटर्स्ले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पुर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्गको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।
लामो दुरीको लागि उपयुक्त र सुरक्षा सम्बन्धि अत्याधुनिक विशेषता भएको नेक्सन इभीको डिजाइन आकर्षक छ भने यसले जिप्पी पफर्मेन्स ( छिटो गतिमा गुड्न सक्ने ) गर्दछ । साथै, यस गाडीको ब्याट्रीको आयु लामो हुनुको अतिरिक्त यसलाई आफ्नै घरमा बिना झन्झट अत्यन्त छोटो अवधिमै चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...