×

NMB BANK
NIC ASIA

मानव र वन्यजन्तुबीचको द्वन्द्व : बाघसँगको लडाइँ जित्ने यी बहादुरहरू

साउन ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय वन्यजन्तु र मानवबीच द्वन्द्व रहेको देखिन्छ । जनसंख्या वृद्धिसँगै वनजंगलको विनाश हुँदै गएपछि वन्यजस्तुको बासस्थान नासिँदै गएको छ । अन्ततः बेलाबेखत द्वन्द्वका घटना देखिँदै आएका छन् ।

Muktinath Bank

कतिपय व्यक्तिहरू वन्यजन्तुसँगको मूठभेडलाई आफ्नो पराक्रमसँग जोडेर वस्तुकलामार्फत चित्रण गरेको पाइन्छ भने कसैको पराक्रमबारे गाउँघरमा मुक्तकण्ठले प्रशंसा समेत गरिन्छ भने संरक्षणकर्मीले वनजंगलमाथि मानवीय गतिविधि बढेपछि द्वन्द्वात्मक अवस्था सिर्जना भएको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वन्यजस्तु र उनीहरूको वासस्थानबारे संवेदनशीलता अपनाउनुपर्ने जोड संरक्षणकर्मीको छ ।


Advertisment
Nabil box
Kumari

जसले दहाड्दै आएको बाघिनीको मुखमा मुक्का बजारे !

Vianet communication
Laxmi Bank

कैलालीको भजनी नगरपालिका–९ डोङ्गपुर गाउँका ६५ वर्षीय बुधराम डंगौरा थारुले २ डमरु सहितको बघिनीसँगको लडाइँ जितेपछि आफ्नो घरको भित्तामा मानव र बाघबीच लडाइँ गरिरहेको अवस्थाका कलाकृति कोर्न लगाएका छन् ।

विक्रम संवत् २०५७ साउन १५ गतेको कुरा हो, सदाझै बुधराम त्यो दिन पनि बरका बनुवा (ठूलो वन) अर्थात् बसन्ता वन क्षेत्रमा बंगुर चराउन गएका थिए । उनले ८० बढी बंगुर पालेका थिए ।

बिहानै गाउँको चिराकीले बाघ देखिएकाले वनमा नजान गाउँलेलाई सचेत गरेका थिए तर बुधरामले मानेनन् ।

उनी साथीहरूसँगै बंगुर चराउन जंगल पसे । साथीहरू प्राकृतिक सोनिया ताल छेउमा जंगलमा भेटिएको च्याउको तरकारी पकाइरहेका थिए । साथीहरूले नखोजेको ठाउँमा बुधराम बञ्चरो साथमा लिएर च्याउ खोज्न जंगलको भित्रैसम्म पसे । उनी च्याउ खोज्दै थिए । उनले आफू भएको ठाउँभन्दा केही दूरीमा २ वटा डमरु सहितको पाटे बघिनी देखे । सँगै भएका साथीहरू रुखमा चढिसकेका रहेछन् । उनलाई कुनै उपाय सुझेन । 

पाटे बघिनी दहाड्दै उनीतर्फ आयो । उनले छेउमा राखेको बञ्चरो समाउन नपाउँदै बाघले झम्टिहाल्यो । बाघको पञ्जा बुधरामको शरीरमा थियो । उनले बाघको दुवै कान समाउन भ्याइहाले । राति पानी परेकाले ताल छेउमा घुँडासम्म पानी थियो । गाउँकै बलियो मान्छे बुधरामले बाघले आक्रमण गरिरहेपनि कान छोडेनन् । बाघको आक्रमणबाट बुधरामको भुडी निस्किसकेको थियो । शरीरभरी घाउ नै घाउ थियो तर पनि उनी बाघसँग लडिरहे । बाघले उनको घाटीमा आक्रमण गर्न खोज्यो । 

उनी भन्छन्, ‘बाघले घाँटीमा आक्रमण गर्न खोजेपछि मैले चिच्याएर भने – त मलाई मार्छस् भने म पनि तँलाई मार्छु । १ हात बाघको कान समाते अर्को हातले बाघको मुखमा मुड्कीले बजार्न थाले । मुड्कीले बाघको मुखमा बजार्दै पानीमा चोपी दिए । केहीबेर पानीमा चोपेपछि बाघ थाक्यो । थाकेको महसूस गरेपछि छोडिदिए ।’

सँगै रहेका कन्हैया चौधरीले बाधुरामको साहसको प्रशंसा गर्दै भने, ‘बाघलाई देखेपछि म त रुखमाथि चढें । केही गर्न सकिएन तर साथीले साहसपूर्वक बाघसँग लड्यो र विजय हासिल गर्‍यो ।’

बाघको मुखमा बोरा कोचिदिएका लौटन

धान रोपाइँ सकिएपछि कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरका ५८ वर्षीय लौटन डंगौरा थारुको प्रमुख दिनचर्या नजिकैको वनमा गएर च्याउ खोज्नु हुन्थ्यो । २०५९ असोज २४ गतेको कुरा हो, अरु दिनझै उनी गाउँकै साथी फागुराम चौधरीलाई लिएर बरका बनुवा (ठूलो वन) अर्थात् बसन्ता वन क्षेत्रमा च्याउ खोज्न भनेर निस्के । च्याउ टिप्दै जाँदा वनको बीच भागसम्म पुगेको लौटन बताउँछन् ।

घर फर्किने बेला उनले बँदेल खेलेको स्थान भेटे । त्यहाँ पुग्ने बित्तिकै बाघले दहाड्दै झम्टेको उनी बताउँछन् ।

घटनाक्रम सुनाउँदै उनले भने, ‘एक्कै चोटी पञ्जाले आक्रमण गरेर मेरो टाउको आधा भाग र गलाको छाला निकालिदियो । हामी २ हात बराबरको दूरीमा थियौं । उसले (बाघ) मुख अअ गरेपछि हातमा भएको बोरा नै उसको मुखमा कोचिदिए । दाँतमा बोरा अड्किएपछि भाग्यो । म पनि हातमा बञ्चरो लिएर गाउँतिर फर्किए । मसँग रहेका साथीले रुखमा चढेर ज्यान जोगाए तर उनीहरूले २४ घण्टासम्म रुखमै बिताउनुपर्‍यो । रातभरि त्यो बाघ रुखमुनि थियो रे ! अर्कोदिन गाउँलेहरूले उनलाई उद्धार गरेर ल्याए ।’

एक हातमा बञ्चरोसहित जंगलबाट रक्ताम्य भएर बस्ती पुगेका आफूलाई देखेर जो कोही पनि डराएका उनी बताउँछन् । बाटोमा भेट हुने धेरैलाई आफूसँग भएको लुगाले घाउमा बाँधिदिन अनुरोध गरेको तर डराएर भाग्ने गरेको लौटन सुनाउँछन् ।

त्यसताका माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो । सो क्षेत्रमा छापामार लडाकूहरूको सेल्टर वनसँग जोडिएका बस्तीमा नै हुन्थ्यो । पछि माओवादीका लडाकूरूरुले नै नजिकैको बसौटी स्वास्थ्य चौकीसम्म पुर्‍याएको उनी बताउँछन् ।

बाघको पञ्जा लागेर उनको अनुहारको हड्डी भाँचिएको छ भने अनुहारभरि ठूलो दागको निशान अहिले पनि छ । उनले भने, ‘यति ठूलो बाघसँगको लडाइँ मेरो जीवनको अभिन्न हिस्सा हो । अहिले शरीरमा धेरै अप्ठ्यारो महसूस नभए पनि आँखामा भने केही समस्या त्यही घटनाले भएको छ । आजभोलि बाघसँग जम्काभेट भएको सो स्थानलाई ‘बाघ झप्टला’ अर्थात् बाघ झम्टिने ठाउँ भन्ने गरिन्छ ।’

बँदेल ठानेको त बाघ निस्क्यो !

बाघसँगको जम्काभेट तथा आमनेसामने भएर बाघलाई प्रत्यक्ष देखेको घटना आज पनि ताजै लाग्ने गरेको बताउँछन्, कैलारी गाउँपालिका–६ बेनौलीका परशुराम डंगौरा थारु । 

२०५८ ताका उनी पनि बरका बनुवा (ठूलो वन) मै च्याउ खोज्न गएका थिए । सोही क्रममा पाटे बाघसँग आमनेसामने भएको परशुराम सुनाउँछन् ।

उनले भने, ‘साथीहरूभन्दा म अलि पर थिए । केही पर बँदेल कराए जस्तो सुने । एकैछिनमा त मेरो अगाडि भएर उफ्रिएर गयो । पुनः फर्कियो । अगाडि आएपछि भाग्नु हुन्न भन्ने थाहा थियो । भागिनँ । मेरो सामुन्ने आएर मुख खोलेर दहाड्न थाल्यो । म पनि के कम ? उसकै मुखमा हँसिया राखिएको कट्टाले हिर्काइदिएँ । पछि उ भागेपछि घर फर्र्किएँ ।’

बाघको आक्रमणबाट भने जोगिएको बताउने परशुरामले बाघलाई भगाउन त्यो बेला चर्काे स्वरले कराउँदा–कराउँदै १ हप्तासम्म आफ्नो आवाजै गुमेपछि इशाराले परिवारसँग सम्पर्क गर्नुपरेको सम्झिन्छन् ।

कालको मुखबाट जोगियो : दुर्गा

पाटेबाघसँगको त्यो जम्काभेट र आक्रमणमा परेर गम्भीर घाइते बनेका कैलारी गाउँपालिका–८ दुधियाका २९ वर्षीय दुर्गा चौधरी कालको मुखबाट फर्किएको बताउँछन् ।

उनी २०७७ माघ ३० गते बिहेमा प्रयोग गर्न पात टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका थिए । सो क्रममा उनलाई पछाडिबाट बाघले आक्रमण गरेको थियो । 

बाघले २ पटक घिसारेको बताउँदै उनले भने, ‘पछाडिबाट आक्रमण गरेपछि २ पटक यताउता मलाई घिसार्‍यो । तेस्रो पटक आउन थालेपछि उ भएतिर फर्किएर लौरो लिएर हिर्काउनलाई तयार बसे । पछि सामुन्ने आएर बस्यो ।  आधा घण्टापछि गाउँलेहरू आएर होहल्ला गरे र मलाई उद्धार गरे ।’ दुर्गाको पिठ्यूँमा बाघको पञ्जाको निशान रहेको छ ।

उपचार खर्च दिइएन

वनजन्तुले क्षति तथा हानी नोक्सानी पुर्‍याएको वा चोट लागेको अवस्थामा पीडितले राज्यबाट राहत तथा उपचार खर्च पाउने व्यवस्था गरेको छ तर उपचार खर्च हालसम्म नपाएको गुनासो गरिएको छ ।

गत वर्ष बाघको आक्रमणबाट घाइते भएका दुर्गा चौधरीले हालसम्म उपचार खर्च नभएको बताए ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन्यजन्तुबाट पीडितले नजिकैको निकुञ्ज तथा आरक्षबाट राहत पाउने भएकाले पीडित दुर्गा चौधरीको उपचार खर्चको लागि तयार पारिएको फाइल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको बताए । नियमानुसार उपचार खर्च चाँडै पाउने कँडेलले बताए ।

सकारात्मक उपलब्धिको नकारात्मक परिणाम 

कैलालीको बरका बनुवाको नामले चिनिने बसन्ता जैविक मार्ग, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फल्ले विसौनी क्षेत्र बाघ पुस्तैनी वासस्थान रहेको बताइन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत संरक्षणकर्मी विजय श्रेष्ठका अनुसार बाघ पुस्तौंदेखि कैलालीकै जंगलमा रहेको बताउँछन् ।

‘समय–समयमा बाघ र मानवबीचको लडाइँले वर्षौदेखि कैलालीमा बाघ रहेको पुष्टि गर्दछ,’ श्रेष्ठले भने, ‘बाघहरू बाहिरबाट आएको नभई कैलालीकै बाघ हुन् । हामीले त वर्षौंदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौं तर कसैले पनि पत्याएका थिएनन् ।’

वन्यजन्तु प्रकृतिका अनुपम उपहार रहेको बताउँदै संरक्षणकर्मी श्रेष्ठले वन संरक्षणको सकारात्मक उपलब्धिको नकारात्मक परिणाम केही द्वन्द्वान्त्मक घटना रहेको बताए । जोखिम न्यूनीकरणको लागि मानिसले नै संवेदनशीलताका साथ सचेतता अप्नाउनुपर्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले जैविकमार्ग सुरक्षित बनाउनु नै मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने उत्तम विकल्प रहेको बताए ।

नेपालमा २००८ सालमा गरिएको बाघ गणना अनुसार १२१ वटा पाटेबाघ फेला परेका थिए भने २०१८ सालमा २३५ र २०२२ सालमा २५० वटा पुर्‍याउने लक्ष्य सरकारको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x