ह्वाट्सएपमा व्यक्तिगत च्याट लुकाउन चाहनु हुन्छ ? यो ‘ट्रिक’ काम लाग्न सक्छ

ह्वाट्सएपमा व्यक्तिगत च्याट लुकाउन चाहनु हुन्छ ? यो ‘ट्रिक’ काम लाग्न सक्छ

अचेल धेरैले म्यासेज पठाउन ह्वाट्सएप प्रयोग गर्छन् । यसमा कतिपय कन्टेन्ट वा व्यक्तिगत च्याट अरू कसैले नहेरोस् भन्ने चाहना हुन्छ । 


Advertisement

तपाईंका पनि यस्तै च्याटहरू लुकाउने पर्नेछ भने यो उपाय काम लाग्न सक्छ । 


Advertisement

यसरी गर्नुहोस् टच र फेस आइडी एक्टिभेट

  • व्यक्तिगत च्याटलाई लुकाउन टच वा फेस आइडीको प्रयोग गर्न सकिन्छ । 
  • यी दुवै फिचरलाई एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले सेटिङमा जानु पर्ने हुन्छ । 
  • यहाँ तपाईलाई प्राइभेसीको अप्सन देखिनेछ, त्यसमा क्लिक गर्नुहोस् । 
  • अब स्क्रिन लकमा ट्याप गर्नुहोस् । 
  • त्यसपछि टस र फेस आइडीको विकल्प देखिने छ । 
  • यी दुईमध्ये एउटा फिचर एक्टिभ गर्न सकिने छ । 

Advertisement

व्यक्तिगत च्याट अर्काइभ गर्न सकिन्छ

  • ह्वाट्सएप खोल्ने र त्यसपछि जसको च्याट लुकाउने हो त्यसमा ट्याप गर्नुहोस् । 
  • अब त्यो च्याटलाई ट्याप गरेर होल्ड गर्नुहोस् ।
  • त्यसपछि माथि केही विकल्प देखिने छ । 
  • यसमा एउटा एरोको विकल्प हुनेछ, जुन तीन डट्स नजिकै हुनेछ, त्यो अर्काइभ बटन हो । 
  • अर्काइभ बटनमा ट्याप गर्नुहोस् ।
  • यसमा ट्याप गरेपछि च्याट अर्काइभ हुनेछ र कसैलाई पनि देखिने छैन । 

नोटः जब तपाईंलाई त्यो च्याट हेर्नुपर्ने हुन्छ तब ह्वाट्सएप च्याटभन्दा सबैभन्दा तल स्क्रोल गर्नुपर्ने छ, जहाँ तपाईंलाई अर्काइभ्डको विकल्प देखिनेछ । यसमा ट्याप गरेर तपाईंले अर्काइभ गरेको च्याट हेर्न सक्नु हुनेछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्