×

NTC

सन्दर्भ : इच्छाराज तामाङ पक्राउ

सिभिल सहकारी पीडितका दुःख– जीवनभरको कमाइ डुब्यो, दशैं खर्चको टोकन मात्र हात लाग्यो !

असोज १९, २०७८

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

समय : मंगलवार, मध्याह्न १२ः४५ बजे । 

yONNEX
Sagarmatha Cement

स्थान : सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कार्यालय सोल्टीमोड ।


Advertisment
RMC TANSEN
shivam ISLAND

गेटमा केही मानिस भेला भएका थिए । 


Advertisment
Kumari
MAW JCB

सोमवार साँझ सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जनालाई सीआईबीले पक्राउ गरेपछि उनीहरू मंगलवार बिहानैदेखि सहकारीको कार्यालय अगाडि कुरेर बसेका रहेछन् ।

Vianet communication
Laxmi Bank

सीआईबीले तामाङलाई पक्राउ गरेसँगै सहकारी बन्द छ । सहकारीभित्र सुरक्षा गार्डबाहेक अरू देखिन्नन् । सहकारीभित्र प्रवेश गर्न नदिनका लागि सुरक्षा गार्डले गेट बन्द गरेका छन् । 

सहकारीमा आफ्नो रकम लामो समयदेखि बचत गरेर बसेकाहरू गेटबाहिरै उभिइरहेका छन् ।

त्यहाँ उभिएकामध्ये अधिकांश सञ्चालक तामाङ पक्राउ परेको सुनेपछि सहकारी आइपुगेका थिए । 

तर सोही भीडमा एक महिला उभिएकी थिइन्, जो समाचार सुनेर हैन, सहकारीले बोलाएको समयमा पैसा लिन भनेर आएकी थिइन् ।

ती महिला थिइन्, काठमाडौंको सीतापाइलाकी ५२ वर्षीया मैया महर्जन ।

दशैं नजिकिएसँगै सहकारीले केही दिन अघिदेखि सदस्यहरूलाई प्रतिव्यक्ति १० हजारका दरले दशैं खर्च वितरण गरिरहेको थियो । 

आफ्नो सावाँको ब्याजबाट १० हजार दशैं खर्चबापत सहकारीले सदस्यहरूलाई दिइरहेको थियो । 

दशैं खर्च दिने भनेपछि सोमवार दिउँसो महर्जन सहकारी पुगेकी थिइन् । तर लामो लाइनका कारण उनको पालो मंगलवारलाई पर्‍यो । 

लोकान्तरसँग उनले भनिन्, ‘मैले समाचार सुनेको थिइनँ, आजका लागि सहकारीले टोकन दिएको थियो । म आएँ तर सहकारी बन्द रहेछ ।’

उनले २०६९ सालदेखि सहकारीमा बचत शुरू गरेकी थिइन् । काठमाडौंमै घर भएपनि उनको आर्थिक स्तर त्यति फराकिलो छैन । 

उनी पेशाले कपडा सिलाउँछिन् । उनका पति कुनै एक कम्पनीको गाडीमा चालक छन् ।

सहकारीमा बचत शुरू गर्दा पनि उनको आर्थिक स्तर ठूलो थिएन । उनले महिनामा कहिले १ हजार त कहिले मुस्किलले ५ हजार मात्रै जम्मा गर्ने गर्थिन् । 

‘छोराछोरीलाई पढाउन सहज हुन्छ भनेर पेटभरी पनि नखाई सहकारीमा वचत गर्न शुरू गरियो,’ उनी भन्छिन्, ‘पहिला महंगी थिएन, बचत गर्न सजिलो थियो, अहिले त घर खर्च टार्नै सकिँदैन ।’

उनले बचत शुरू गरेको केही समयपछि ‘फिक्स्ड बचत’ गरिन् । शुरूमा सामान्य बचत गरिरहेकी उनले पछि विस्तारै रकम सोही रकमलाई फिक्स्डमा राख्न थालिन् । 

‘यसमा राख्दा ब्याज धेरै दिन्छ भन्ने सुनेँ, त्यसपछि मैले पनि बचत गर्न थालेकी थिएँ,’ उनी सम्झन्छिन् । सहकारीमा बचत गर्न थालेको ९ वर्षमा उनको सावाँ मात्रै ८ लाखभन्दा बढी छ । 

छोराहरूलाई कलेज पढाउन भन्दै बचत शुरू गरेकी उनले अहिले कलेज पढाउने बेलामा त्यो रकम चलाउन पाएकी छैनन् ।  

महर्जन भन्छिन्, ‘अहिले उनीहरूलाई कलेज पढाउनुपर्नेछ । काम गरेको पैसाले खान समेत पुग्ने अवस्था छैन । कसरी उनीहरूलाई पढाउनु, कसरी घर खर्च टार्नु !’

उनका अनुसार मुद्दती बचतमा रहेको ८ लाख रुपैयाँ अहिले परिपक्व भइसकेको छ । ‘समय सकिएको नै २ वर्ष भइसक्यो, रिन्यू गर्दिनँ पैसा दिनुस् भन्दा सहकारीले अहिले पैसा छैन, आउनुस्, भनेर फर्काएको थियो,’ उनले सुनाइन् ।

सहकारीले गत वैशाखदेखि ब्याज दिने भनेर सूचना टाँसेको थियो । तर वैशाख त के साउनसम्म पनि दिएको थिएन । हुँदाहुँदा असोजको तेस्रो साता पनि अन्तिम चरणमा छ । उनले ब्याज पाएकी छैनन् ।

‘अस्तिअस्तिसम्म म समय निकालेर सहकारी आइरहन्थें, सूचना मात्र पढेर फर्कनुपरेको थियो,’ उनले भनिन् ।

सहकारीले सावाँ दिनु त परको कुरा ब्याज पनि नदिएको लामो समय भइसकेको उनको भनाइ छ । 

पछिल्लो २ वर्षमा जुन बेला सावाँब्याज माग्दा पनि सहकारीले अहिले छैन, पछि आउनुस् भनेर पठाउने गरेको उनले सम्झिइन् । 

आफूले खाइनखाई गरेर राखेको पैसा सहकारीले आजसम्म नदिँदा उनी चिन्तित छिन् ।

सहकारीका मालिक तामाङ सोमवार पक्राउ परेसँगै उनको चिन्ता थपिएको छ । उनी भन्छिन्, ‘दशैंको बेला छ, दशैं खर्च भएपनि लान्छु भनेर आएको । अब दिन्छन् कि दिँदैनन्, गाह्रो पर्ने भयो ।’

***

गेटमा उभिएकामध्ये धेरैजसोको अनुहार मलिन थियो । अधिकांश लगभग ५० काटेका मानिसहरू थिए ।

त्यसैबीचमा एक जना महिला आइन् र गेटमा रहेका सेक्युरिटी गार्डलाई सोधिन्– ‘बन्द छ हो ?’ 

गार्डले बोल्न त सकेनन्, तर मुन्टो हल्लाएर जवाफ दिए– ‘हो’ । 

उनलाई सञ्चालक पक्राउ परेको थाहा थियो, तर पनि खुला छ कि भनेर निधो गर्न आएकी रहिछन् ।

उनको नाम रञ्जना घिमिरे हो, घर झापा ।

छोरीलाई पढाउन काठमाडौ आएकी उनी दाजुको घरमा बस्दै आएकी छन् । सानोतिनो जागिर पनि छ ।

भाञ्जी पढाउन भनेर दाजुले दिएको पैसा र आफूले कमाएको पैसा जोडेर १५ लाख रुपैयाँ उनले २०७४ सालमा सिभिल सहकारीमा राखेकी थिइन् ।

१४.५ प्रतिशत ब्याज पाइने भएकाले छोरीको मासिक शुल्क बुझाउन पुग्नेमा उनी ढुक्क थिइन् । आफूले गरेको जागिरको पनि भरथेग थियो ।

नजिककाहरूले त्यो सहकारी राम्रै भएको बताउँदै आएका थिए । पैसा राखेको २ वर्षसम्म ठीकै भयो । 

२ वर्ष अगाडिदेखि समस्या आएपछि उनलाई निद्रा पर्नै छाडेको छ ।

समय–समयमा पैसा माग्न जान्थिन्, तर आश्वासन मात्र लिएर फर्किन्थिन् । ४ दिनअगाडि मात्रै पनि छोरीको कलेजको शुल्क तिर्नका लागि पैसा आवश्यक परेकाले छोरी नै लिएर सहकारीको कार्यालयमा पुगेकी थिइन् ।

दशैं आएकाले सञ्चालकले ब्याज बापतको पैसाबाट १० हजार रुपैयाँ दिने बताएपछि टोकन लिएर फर्किइन् ।

हिजो लाइनमा बस्दा पालो आएन । तर आज बिहानै उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सञ्चालक तामाङलाई पक्राउ गरेको सुनिन् ।

***

सहकारीको गेटअगाडि १०/१५ जना ६० कटेका पुरुष र महिलाहरू पनि थिए । उनीहरूले जनही ५ देखि २० लाखसम्म सहकारीमा डुबाएका रहेछन् ।

सोल्टी मोड घर भएका एक जनाले भने, ‘हामी सबै नेपाल बैंकका जागिरे हौं । पेन्सनपछिको पैसा फाइनान्समा राखेका थियौं, सबै डुब्यो ।’

नेपाल बैंकबाट रिटायर्ड भएका ४० जनाले ५ देखि २० लाखसम्मका दरले पैसा सिभिल सहकारीमा राखेको उनले बताए ।

६ करोडभन्दा बढी पैसा त नेपाल बैंकका रिटायर्ड कर्मचारीहरूको मात्र रहेको उनले बताए ।

हिजो (सोमवार) मात्रै पनि इच्छाराजले दशैंको समयमा सबैलाई खर्च चाहिन्छ, १० हजारका दरले दिन्छु भन्दै ५ सय जनालाई पैसा दिएको अर्का एक पुरुषले लोकान्तरलाई बताए ।

‘३ वर्षदेखि समस्या छ भन्ने हामीलाई पनि थाहा छ । उस (इच्छाराज तामाङ)ले कतिपयको पैसा फिर्ता पनि दिएको छ । हामीलाई पनि दिन्छु भन्दै थियो,’ ती पुरुषले भने, ‘यसपालि सबैलाई दशैंमा खर्च गर्नुपर्ने छ । सम्पत्ति बिक्री गरेर पैसा ल्याएको छु, सदस्य सबैलाई १० हजारका दरले फ्ल्याटमा बाँड्दैछु भनेको थियो ।’

समस्या समाधान गर्नका लागि २ वर्ष अगाडि इच्छाराजले ७३ जनाको समिति समेत गठन गरेका थिए । जसमा उनका व्यक्ति र पीडितहरू पनि थिए । त्यो समितिले केही व्यक्तिको ४ अर्ब फिर्ता गराएको थियो । उनको समग्रमा १२ अर्ब रुपैयाँ ऋण थियो । अब ८ अर्ब बाँकी रहेको समितिका एक सदस्यले नाम नबताउने शर्तमा लोकान्तरसँग भने ।

केही सीमित व्यक्तिले आफ्नो मात्रै पैसा उठाउनका लागि ७० करोड मात्रै रहेको भन्दै सीआईबीमा उजुरी दिएको उनले बताए ।

पछिल्लो समयमा सहकारीका ३ हजार सदस्यमध्ये २२ सदस्य मात्रै सक्रिय थिए । उनीहरूलाई इच्छाराजले सम्पत्ति बेचेर पैसा फिर्ता गर्ने बताउँदै आएका थिए । 

‘मेरो प्रोपटी तपाईँहरू कसैले किन्न सक्नुहुन्छ भने किन्नुहोस् । त्यसबाट तपाईंहरूको पैसा फिर्ता पनि हुन्छ, हिजो मात्रै भनेका थिए,’ एक पीडितले लोकान्तरसँग भने, ‘हामीले हिजो मात्रै पनि धेरै पैसा जम्मा गर्नेसँग सल्लाह गरेका थियौं ।’

इच्छाराजले सहकारीको सम्पत्ति लिलामीका लागि पीडित र उनका मानिसहरू समेतको बोर्ड गठन गर्न समेत आग्रह गरेका थिए ।

३ वर्षदेखि वार्षिकोत्सव नगरेकाले बोर्ड नभएको भन्दै प्रदेशको सहकारी बोर्डले ताकेता समेत गर्दै आएको थियो ।

सहकारीका सञ्चालक तथा पूर्व सांसद इच्छाराज तामाङलाई सीआईबीको टोलीले बैंकिङ कसूरका सम्बन्धमा अनुसन्धानका लागि सोमवार पक्राउ गरेको थियो ।

७० करोड ८७ लाख १३ हजार रुपैयाँ ठगी गरेको भन्दै १ सय ३७ जनाले दिएको उजुरीका आधारमा तामाङसहित १२ जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ । भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा...

मंसिर ९, २०८०

सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...

कात्तिक ११, २०८०

काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...

कात्तिक २९, २०८०

सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो ।  सा...

कात्तिक ९, २०८०

व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...

मंसिर ३, २०८०

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x