×
Bajaj Top
Khukuri
FONEPAY

केन्द्रीय सदस्य महर्जनको निधनमा विवेकशीलद्वारा दु:ख व्यक्त

काठमाडाैं | कात्तिक २, २०७८

NTC
TVS INSIDE

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको उक्त पार्टीले जनाएको छ ।

Sanima Bank
morang Auto yamaha

पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो।

२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय थिए।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

गत स्थानीय तहको निर्वाचनमा उनले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गरेका थिए ।

२०७२ सालको महा-भूकम्पपछि उनले पाटनमा नेवा: वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेका थिए, जसको चौतर्फी प्रशंसा भएको थियो।

नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।

'महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति हो। विवेकशील साझा पार्टी उहाँको निधनले परेको चोट सहन गर्ने शक्ति मिलोस् भन्ने कामना सहित शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

स्थानीय तहको चुनावको मिति घोषणालाई लिएर राष्ट्रिय रूपमा बहस भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीव...

माघ १३, २०७८

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखि...

माघ १३, २०७८

कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले माघ २१ गते प्रदेशसभा दिवसका रूपमा मनाउन साताव्याप...

माघ १३, २०७८

अबदेखि कर्णाली प्रदेशसभा  खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवाल...

माघ १३, २०७८

नेपाली कांग्रेसले भोलि शुक्रवार दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गर्दै बैठकबारे जानकारी गराएका छन् । बैठकको एजेन्डामा केन्...

माघ १३, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् ।  उनले जारी गरेको सन्देशमा विजयीहरुको...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...