×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री देउवासहित सरकारी टोली बाढी प्रभावित क्षेत्रमा, राहत दिने आश्वासन

कात्तिक ४, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिरोले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘बाढी प्रभावितको स्वास्थ्य उपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाईंहरूले प्रभावितलाई चुस्त रूपमा सेवा दिनुहोला ।’ 


Advertisment
Nabil box
Kumari

बिहीवार बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री देउवाले बाढी प्रभावित क्षेत्रका व्यक्तिको उद्धार र राहातका लागि निर्देशन दिए ।

Vianet communication

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आले एवं पूर्व मन्त्रीहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।

प्रधानमन्त्री सहितको टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल आइपुगेको छ । 

प्रधानमन्त्री सहितको टोली बिहीवार बिहान काठमाडौंबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो । 

प्रधानमन्त्री देउवासँगै निरीक्षणमा आएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आलेले बाढी–पहिरोमा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताए । उनले भने, ‘बाढी–पहिरो पीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ ।’

मन्त्री आलेले बाढी–पहिरोले अवरुद्ध भएका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गरे ।

डोटीमा मात्रै बाढी–पहिरोका कारण १४ जनाको ज्यान गइसकेको तथा १ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिरोले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा २ वटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेश गरेका थिए ।

बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर टोली बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ । टोलीले बझाङमा बाढी–पहिरोले गरेको क्षतिका विषयमा अनुगमन तथा निरीक्षण गरी बैतडी र डोटीको सीमा क्षेत्र ढुंगाड जाने कार्यक्रम रहेको र ढुंगाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ । 

बिहीवारै टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, बह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिका बारेमा निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x