×

NIC ASIA

पहिरोेले चुरे छियाछिया हुँदा जोखिममा बुटवल क्षेत्र

कात्तिक २०, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels
Marvel

बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैं देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिरोले छियाछिया पारेको छ । 

दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिरोहरुले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ । विशाल पहिरोको मुन्तिर देखिने बुटवल बजार निरीह छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष उपमहानगर–३ ज्योतिनगर क्षेत्रमा मात्रै करीब ७० हेक्टर क्षेत्रमा पहिरोे गएको छ । यो विशाल पहिरोे एकैचोटी गल्र्यामगुर्लुम गएन ।


Advertisment
Rupse Holidays
Nabil box

गत वर्षदेखि नै ससाना पहिरोहरू जान थालेको र यसपालि सामान्य वर्षा हुँदा पनि हिलो र लेदो झर्न थालेकाले पहिरोेमुनिको बस्ती सचेत भएर बसेको थियो । जसका कारण कुनै मानवीय क्षति हुन भने पाएन ।

Vianet communication

यो भीमकाय पहिरोको मुन्तिर अवस्थित शहरको भविष्य के होला ? के साँच्चै अहिलेको अवस्थामा देखिएको चुरेको पहिरोे वर्षातहरुमा थामिएला ? यी विषयमा अहिले बुटवल क्षेत्रमा छलफल हुन थालेका छन् । विकासोन्मुख शहरमा देखिएको यो जोखिमले स्थानीयमा चिन्ता जगाइदिएको छ ।

‘समयमै चुरेको पहिरोे नियन्त्रणका लागि पहल नगर्ने हो भने बुटवलको उत्तरी क्षेत्र पहिरोमा मिसिन सक्छ,’ चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम भन्छन्, ‘अब पनि ढिलाइ भयो भने ठूलो क्षति हुने खतरा छ, यसमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ ।’

अघिल्लो वर्षात्मा संकेत

बुटवल क्षेत्रमा चुरेको पहिरोे अहिले मात्रै आएको होइन । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर क्षेत्रमा विक्रम संवत् २०३३ सालबाटै पहिरोे देखिन थालेको थियो । विक्रम संवत् २०५५ सालमा वडा नम्बर ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरोे आयो । त्यसले लामो समयसम्म ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो । सरकारले सामान्य तटबन्ध लगायतका काम गरे पनि भरपर्दो व्यवस्था गरेन ।

त्यतिबेला स्थानीयलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरण समेत गरियो । पछि बिस्तारै पहिरोे थामियो र हरियाली भयो । विक्रम संवत् २०५५ देखि २०७१ सालसम्म आइपुग्दा पहिरोे गएको स्थानमा फेरि रुख बिरुवा हुर्किएपछि पहिरोे गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो । पहिरोे रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले । घरजग्गा किनबेच हुन थाल्यो । स्थानीयले मात्र होइन, स्थानीय सरकारले समेत पहिरोे बिर्सियो । 

अघिल्लो वर्ष साउन २८ गते बुटवल र पाल्पाको तिनाउ गाउँपालिका र बुटवल आसपासमा भीषण वर्षा भयो । करीब ५ घण्टा लामो वर्षाले तिनाउ गाउँंपालिकाको दोभान लगायतका क्षेत्रमा क्षति पुर्‍यायो । केही घर पनि पुरिए । रातिको समयमा भएको भारी वर्षाले तिनाउ नदीमा पनि भयंकर बाढी आयो । रातभर भएको भारी वर्षापछि बिहान उठ्दा बुटवलमाथिका चुरे पहाडमा साना–साना पहिरोका थुपै्र दृश्यहरू देखिए ।

स्थानीय केही मिडियाले चुरेमा आएका ससाना पहिरोले जोखिम निम्त्याएको समाचार पनि लेखे । केही अगुवाहरुले जोखिम हुनसक्ने ठानेर आवाज उठाएका पनि थिए । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका केही घरमा चुरेबाट बग्ने साना खोलाले ल्याएको गेग्रेटो नै पस्यो तर जिम्मेवार निकायले ध्यान पुर्‍याउन सकेन ।

यस वर्ष पनि चुरेमा पहिरोे खसिरह्यो । लामो र भारी वर्षा अनुुभव गरे पनि चुरेमा गएको पहिरोे बुटवलवासीले थाहै पाएनन् । एकैचोटी पहिरोे गएन । रुख बिरुवा र हरियालीका कारण भित्रभित्रै पहिरोे जाँदा पनि तलबाट देखिएन । गत भदौ १३ र १४ गते भएको भारी वर्षासँगै लेदो र हिलो बगेर घरहरु पुरिँदा पनि माथि जंगलमा पहिरोे देखिएको थिएन ।  यसलाई पनि बुटवलवासीले सामान्यरूपमा लिए । घर वरिपरि हिलो बग्दा पनि ज्योतिनगर क्षेत्रका वासिन्दा घर छाडेर भागेनन् । थोरै घरपरिवारमात्रै लेदो बग्न थालेपछि डरले घर छाडेका थिए । अधिकांशले जोखिम मोलेरै बसे । साना–साना पहिरोे खसेर मात्र हिलो बगेको महसुस गरियो । तर जब भारी वर्षा थामियो, २ दिनपछि मात्रै बजारमाथिको पहाडको दृश्य देखेर बुटवलवासी झसङ्ग भए । त्यतिबेलासम्म भारी वर्षा बन्द भइसकेको थियो । 

अहिले वर्षा बन्द भए पनि पहिरोे ठूलो भएकाले फेरि ढुंगामाटो खस्न सक्ने जोखिम भने कायमै छ । जुनसुकै समयमा खस्न सक्ने गरी ढुंगा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र अहिले पनि जोखिममा छ । ‘भर्खरै खस्छ कि जस्तो गरी ढुंगाहरू बसेकाले अझै ढुक्क हुन सकेका छैनौं, घर वरिपरि ढुंगा, माटो सहितको पहिरोले लथालिङ्ग अवस्था छ, भएको सम्पत्ति यही घर हो, १ महिना त डेरा भाडामा लिएर बस्यौं तर आफ्नो घरजस्तो नहुने भएपछि फेरि यहीँ फर्कियौं,’ पहिरोे प्रभावित तुलसा सुवेदी गुनासो गर्छन् ।

भदौ १३ गते रातभर पानी पर्‍यो । १४ गते बिहान एकाएक माटोको लेदो सहितको भेल आउन थालेपछि बुटवल उपहानगरपालिका–३ ज्योतिनगर बस्ने रमा पुन निकै आत्तिइन् तर पहिरोे घरभित्रै पस्ला भन्ने हेक्का उनलाई थिएन । शुरूमा सानो भेल बगे पनि बिस्तारै ठूला ढुंगा सहितको पहिरोे आउन थालेपछि पुनसहित उनका छिमेकीहरू हल्लाखल्ला गर्न थाले । बिहान ९ बजेपछि चुरे पहाडबाट ठूला–ठूला ढुंगासहित पहिरोे आयो ।

पुनसहित उनका छिमेकी हतार–हतार गरी बालबालिका लिएर बुटवल बहुमुखी क्याम्पसमा पुगे । त्यतिबेलासम्म ज्योतिनगरका एक दर्जन बढी परिवार क्याम्पसको प्राङ्गणमा आएर बसेका थिए ।
 
भदौ १४ गते गएको पहिरोले ज्योतिनगर मिलनपथ निवासी सीता मल्लको दुईतले घरको पहिलो तला पूरै पुरिएको छ । पहिरोका कारण घरमा बस्ने स्थिति नभएपछि १ महिना भाडामा बसेकी सीताले अहिले ५० हजार रुपैयाँ खर्च गरी घरभित्रको माटो सोहोर्ने र पहिरोले भत्काएको घर अगाडिको पर्खाल लगाउने काम गर्दै छिन् । 

‘स्थानीय सरकारले भाडामा बसेको रकम दिने भने पनि अहिलेसम्म दिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट भने राहतस्वरूप प्रतिपरिवार १५ हजार रुपैयाँ पाएका छौं,’ मल्ल भन्छिन्, ‘हामीलाई राहत होइन, पहिरोे नियन्त्रण भए पुग्छ ।’

विक्रम संवत् २०५५ सालको पहिरो समेत व्यहोरेकी मल्लसहित त्यहाँका स्थानीयलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो तर मल्ल त्यहाँ बसिनन् । ‘तामनगरमा पनि खोलाकै किनारमा हामीलाई १० धुर जग्गा दिइएको थियो तर यहाँ घर बनाएर बसिसकेकाले छोड्न मन लागेन,’ उनले भनिन् । सरकारले यहाँबाट बस्ती स्थानान्तरण गर्नुभन्दा पहिरोे नियन्त्रणका लागि योजना बनाउनुपर्ने उनको भनाइ छ ।

ज्योतिनगरकै कस्मिरा बानु पनि पहिरोेले भत्काएको घर अगाडिको पर्खाल र गेट बनाउने तयारी गर्दैछिन् । पहिरोेले घरमा बस्ने स्थिति नहुँदा डेढ महिना भाडाको घरमा बसेर १ हप्ताअघि फर्किएको बानुको परिवार पनि अहिले पुरिएको एकतले घरका कोठा सरसफाइ गर्दैछ ।

‘पहिरोले गर्दा घरै अगाडिका ३ वटा घर भत्किएकाले टोल नै सुनसान छ, जताततै पहिरोले ल्याएको माटो र ढुंगा मात्रै देख्दा मन खिन्न हुन्छ,’ उनले भनिन् ।

बुटवल उपमहानगरपालिका–२ पाखापानी क्षेत्रमा पनि पहिरोका दृश्यहरू त्यत्तिकै डरलाग्दा छन् । पहाडैभरि पहिरोे झरेका कारण पाखापानीका वासिन्दा वर्षातभरि रातिको समयमा घरै छाड्न बाध्य भए । यहाँ पनि गत वर्षदेखि पहिरोे देखिन थालेको हो । गत वर्ष देखिएका केही पहिरोका दृष्यहरू बढेर अहिले ठूलो भागमा क्षति पुगेको छ । कैयौंपटक पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन पुग्यो । डिभिजन सडक कार्यालय बुटवलले तारजालीमा ढुंगा भरेर खसेको पहिरोे सडकमा आउन नदिने गरी तटबन्ध त गरेको छ तर जोखिम कायमै छ भन्छन् वडाध्यक्ष रमेश नेपाल । 

पहिरोका कारण बुटवलको शिरमा रहेको सिद्धबाबा क्षेत्र पनि उत्तिकै जोखिममा छ । पानीका मूलसँगै बेलाबेलामा पहिरोे जाने र ढुंगा खस्ने हुँदा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ । वर्षा हुनेबित्तिकै पहिरोे जाने भएकाले यो क्षेत्रमा पर्ने बुटवल–पाल्पा सडक अवरुद्ध हुने गर्छ । यसको व्यवस्थापनका लागि सरकारले सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढाएको छ ।

किन गयो बुटवल क्षेत्रको चुरेमा पहिरोे ?

चुरमा पहिरोे जानुको खास कारण विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् तर मौसममा आएको परिवर्तन, मानवीय अतिक्रमण, सडक लगायतका पूर्वाधारका नाममा भएका चुरे क्षेत्रको विनास र विक्रम संवत् २०७२ सालमा आएको भूकम्पलाई नै कारण मानिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय एकाइ कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेत बताउँछन् ।
  
अघिल्लो र यस वर्ष छोटो समय तर भारी वर्षा चुरे क्षेत्रमा भयो । हुन त बुटवल क्षेत्र तुलनात्मकरूपमा धेरै पानी पर्ने क्षेत्र हो । दक्षिणतिरबाट जलवाष्प बोकेर आएको बादल वसन्तपुर र नुवाकोटका अग्ला डाँडामा ठोक्किँदा यहाँ पानी परिरहन्छ । पछिल्ला केही वर्षहरूमा धेरै पानी परेको महसूस नभए पनि यो क्षेत्र भौगोलिक हिसाबले बढी पानी पर्ने क्षेत्रको रूपमा लिइन्छ । मनसुन सक्रिय भएको बेला यहांँ ठूलो र धेरै पानी पर्ने सम्भावना सधैं रहन्छ । हिउँद वा प्रिमनसुनका बेला पनि अरु ठाउँको तुलनामा यहाँ पानी परिरहन्छ । ज्योतिनगरमाथिको चुरेमा ६ वटा पानीका मुहान समेत छन् । 

ती पानीका मुहान व्यवस्थित हुन नसक्नु, भारी वर्षा हुनु, बर्सेनि डढेलो लाग्नु र विक्रम संवत् २०७२ सालको भूकम्पले चर्किएका भूभागबाट पानी पस्नु  चुरेको पहिरोका कारण हुन् भन्छन् राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका जलाधार व्यवस्थापन अधिकृत विमल राउत ।

मानवीय अतिक्रमणका कारण पहिरोे गएको भनिए पनि चुरेका फेदीमा सडक बनेको स्थानमा पहिरोे नगएका कारण अतिक्रमण भन्न नमिल्ने उनको भनाइ छ ।
 
बुटवल क्षेत्रको चुरेमा पहिरोे गएपछि विज्ञहरूको टोलीले १ महिनाअघि यहाँ स्थलगत अध्ययन समेत गरेको छ । भूगर्भविद् डा. रञ्जन दाहाल सहितको टोलीले अध्ययन गरेर सरकारलाई प्रतिवेदन समेत बुझाइसकेको छ ।

‘त्यहाँको चुरेमा पानीका मूलहरू छन्, तिनको व्यवस्थापन पनि छैन र वर्षातमा परेको पानीको व्यवस्थापन पनि छैन, त्यसैले यति ठूलो पहिरोे निम्तिएको हो,’ डा. दाहाल भन्छन् । पहिरोे नियन्त्रणका नाममा परम्परागत तारजाली गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।

‘तटबन्ध र तारजालीले पहिरोे नियन्त्रण हुँदैन भन्ने कुरामा प्रस्ट हुनुपर्छ,’ उनले भने । यसपालि भारी वर्षा भएको र समयमै  पानीको व्यवस्थापन गर्न नसकेका कारण पहिरोे गएको उनको निष्कर्ष छ । 

विज्ञहरूका अनुसार बस्ती विकास वा विभिन्न नाममा चुरे अतिक्रमण हुने भएकाले पहिरोेको जोखिम रहन्छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय भूगोल विभागका सहायक प्राध्यापक डा. देवी पौडेल भन्छन्, ‘चुरेमा जंगल भरिएको हुनुपर्छ, उत्खनन् भएको हुनुहँुदैन । निरन्तर वृक्षरोपण गर्नुपर्छ ।’

चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमका अनुसार विक्रम संवत् २०५५ सालको पहिरोेपछि जाइका समूहले सो क्षेत्रमा सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन । चुरेको पहिरोे व्यवस्थापनका लागि गत वर्ष विष्णु पौडेल अर्थमन्त्री भएका समयमा ४ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो बजेटको आधा रकम गत वर्ष नै खर्च गरिए पनि बाँकी २ करोड यो वर्ष मात्रै हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् ।

त्यसो त उपमहानगरपालिकाले पहिरोे गएपछि त्यसको नियन्त्रण तथा माटो सोर्ने काममा मात्रै करीब ८० लाख रुपैयाँ खर्च भएको जनाएको छ तर पहिरोे नियन्त्रणकै लागि ठोस काम अझै हुन बाँकी छ ।

‘ज्योतिनगरको पहिरोे नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउँदैछौं, त्यसका लागि विज्ञको समूहले अध्ययन शुरू गरेको छ, अध्ययनपछि सुझावका आधारमा संघ र प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउँछौं,’ उपमहानगरपालिका प्रमुख सुवेदी भन्छन् ।

चुरे क्षेत्रमा पहिरोे नियन्त्रणका लागि सघाउ पुर्‍याउने वनस्पति रोप्ने, ठूला रुखहरू नम्बरिङ गरी हटाउने र पानीको निकासका लागि प्राविधिक खटाएर काम गर्ने योजना उपमहानगरको छ ।

चुरेमा गएको पहिरोे नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले भने कुनै योजना बनाएको छैन । नयाँ सरकार गठनपछि भागबण्डामै अल्मलिएको प्रदेश सरकारका मन्त्रालयहरू अझै लयमा फर्किन सकेका छैनन् । अधिकांश मन्त्रालय टुक्रिएपछि जिम्मेवारी बाँडफाँटसमेत हुन नसक्दा मन्त्रालयका कामले गति लिनसकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाटै भयानक पहिरोको दृश्य देखिँदा समेत ठोस योजना बन्न सकेको छैन । – भीष्मराज ओझा, निरा गौतम/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x