साउन १८, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय लाजिमपाटका कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई ३० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको छ। सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको ट...
काठमाडाैं | मंसिर ५, २०७८
जुरी नेपालले नेपाल बार एशोसियसनले राखेका मागहरू अविलम्ब सम्बोधन गर्न माग गरेको छ ।
आइतवार प्रेस विज्ञप्ति जारी गर्दै जुरी नेपालले बारको मागलाई सम्बोधन गर्न न्यायिक नेतृत्व असफल भएकाले न्यायालयमा निरन्तर गतिरोधको अवस्था सिर्जना हुनु दुःखद भएको जनाएको हो ।
‘न्यायपालिकाको नेतृत्वकर्ताको हैसियतले प्रधानन्यायधीशले वर्तमान दुर्भाग्यपूर्ण स्थितिको जिम्मेवारी लिएर नेपाल बार एशोसियसनको मागलाई अबिलम्ब सम्बोधन गरी सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समिति एवं त्यसपूर्वका विभिन्न समिति/आयोगहरूले दिएका सिफारिससमेतको आधारमा न्यायपालिकाको समष्टिगत (होलिस्टिक) सुधारका लागि मार्गप्रशस्त गर्न न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
यस्तै जुरी नेपालले प्रधानन्यायधीशको राजीनामा माग गर्दै बार एशोसिएशनले सर्वोच्च अदालत परिसरमा गर्दै आएको शान्तिपूर्ण धर्नामा नेपाल प्रहरीले अनुचित शक्ति प्रयोग गरेको र अवाञ्छित व्यक्तिहरूले आन्दोलनरत कानून व्यवसायीहरूलाई धम्क्याएकोमा भत्र्सना पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘घटनाहरूको स्वतन्त्र छानविन गरी दोषीमाथि यथोचित कानूनी कारवाही गर्न, त्यस्ता घटनाहरू पुनः दोहोरिन नदिन तथा शान्तिपूर्ण धर्ना तथा प्रदर्शनलाई दमन गर्न हतियारसहितका प्रहरी बलको अनुचित परिचालन रोक्नका लागि पनि नेपाल सरकारसँग जुरी–नेपाल माग गर्दछ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय लाजिमपाटका कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई ३० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको छ। सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको ट...
सशस्त्र प्रहरीले ४२६ जना इन्स्पेक्टरको सरुवा गरेको छ । हिजो (मंगलवार) सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो । को–कहाँ पुगे ?
६ लाख रुपैयाँ घुस तथा स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका उपसचिव प्रमोद नेपालले आफ्नो करीयरमा दाग लागे पनि सफाइ पाउने दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसच...
त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा १८ पटक प्रश्नपत्र मात्र सार्नेलाई उत्तीर्ण गराउने परीक्षक तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष अदालतले सफाइ दिएको छ । प्रमाणहरू अनदेखा गर...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसा...
सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ ग...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...