×

NMB BANK
NIC ASIA

नेप्से परिसूचक आज पनि ओरालो यात्रामा

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ । 

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अङ्कले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ मा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर रु तीन अर्ब ७८ करोड ९७ लाख  नौ हजार ३३१ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३४ अर्ब बराबर पुगेको छ । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य १९.५१ अङ्कले बढेको छ । व्यापार ४३.१६, विकास बैंक ७०.८७, जलविद्युत् २७.४८, वित्त २.०३, निर्जीवन बीमा १५६.८४, उत्पादन २९.१, लघुवित्त ५१.४१, जीवन बीमा २३.२६, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४९ अङ्कले ओरालो लागेको छ । 

Vianet communication
Laxmi Bank

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ५७ लाख १३ हजार ७३६ बराबरको कारोबार भयो ।

यस्तै महालक्ष्मी विकास बैंक रु १६ करोड २१ लाख ८४ हजार ७१०, सिभिल बैंक रु १४ करोड ७९ लाख १८ हजार ८३६, साना किसान बैंक रु १० करोड चार लाख ९७ हजार ७१० र नबिल बैंक रु १० करोड एक लाख ६७ हजार ३७६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
 
त्यस्तै मानुषी लघुवित्त ६.९३, साना किसान विकास बैंक ५.०८, कर्णाली डेभलपमेन्ट बैंक ४.९५, कुमारी बैंकको ऋणपत्र ४.४१ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x