×

NMB BANK
NIC ASIA

स्पेनिस ला लिगा : बिल्बाओ र ग्रानाडाको बराबरी

मंसिर ११, २०७८

NTC
Premier Steels

स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओ र ग्रानाडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

Muktinath Bank

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बिल्बाओले शुरूआती अग्रता लिएको थियो । १०औं मिनेटमा राउल गार्सियाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउलले इकर मुनियनको पासमा गोल गरेका थिए । बिल्बाओको अग्रतापछि जोसिएको ग्रानाडाले २५औं मिनेटमा बराबरी गोल फर्कायो । डार्विन माचिसले जर्ज मोलिनाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ३४औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई २–१ को अग्रता दिलाए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि ७६औं मिनेटमा बिल्बाओले ग्रानाडाको आत्मघाती गोल सहयोगमा खेल बराबरीमा सकेको थियो । बल रोक्ने क्रममा ग्रानाडाका गोलरक्षक लुइस म्याक्सिमियानोको प्रहार आफ्नै पोस्टमा छिरेको थियो ।

Vianet communication

६३ प्रतिशत बल पोसेसन राखे पनि बिल्बाओले दोस्रो हाफमा थप गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा इनिगो मार्टिनेज रातो कार्ड पाउँदै बाहिरिएपछि बिल्बाओले १० खेलाडीमा खेल सकेको थियो । ग्रानाडाका जर्ज मोलिना ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै १४ खेल सकेको बिल्बाओ २० अंकसहित आठौं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको ग्रानाडा १६औं स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनमार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x