×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

एमालेभित्र वरिष्ठ उपाध्यक्ष र महासचिवमा यी नेताबीच टक्कर, विष्णुलाई शंकरको नयाँ प्रस्ताव

मंसिर १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन अर्थात् बन्द सत्रको दोस्रो दिन आइतवार महाधिवेशनकै निर्णायक दिन हो ।

Muktinath Bank

आइतवारको बन्दसत्रले एमालेको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीको चयन गर्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्ने प्रयास गरिरहेको एमालेको बन्दसत्रको हलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने सर्वाधिकार दिएको छ । 


Advertisment
Nabil box
Kumari

सोहीअनुसार ओलीले बन्दसत्रमा पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय निकायमा २५ जनाका दरले ७५ जनाको नाम प्रस्तावको गृहकार्यमा जुटेका छन् । 

Vianet communication
Laxmi Bank

ओलीले केही दिन अघिदेखि नै केन्द्रीय नेतृत्वमा ल्याउने व्यक्तिबारे छलफल थालेका थिए । शनिवार पनि बिहानैदेखि ओली नेताहरूसँगको छलफलमा रहेका छन् । 

सोही कारण बिहान १० बजे बोलाइएको बन्दसत्र साढे ५ घण्टा ढिलो शुरू भयो । आइतवारको बन्दसत्रमा ओलीले सबैभन्दा पहिले केन्द्रीय निकायहरू अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगका अध्यक्ष, सचिव र सदस्यहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका ओली निकट स्रोतले बताएको छ । 

ओलीले प्रस्ताव गरेको नाम बन्दसत्रको हलले सर्वसहमतिमा पारित गरेमा ओलीले प्रस्ताव गरेको नाम नै आयोगका सदस्यहरू निर्वाचित भएको घोषणा हुनेछ । 

त्यसपछि ओलीले केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलमा प्रस्ताव गर्ने उनी निकट एक नेताले बताए । एमालेले केन्द्रीय सदस्य चयनका लागि विभिन्न क्लस्टर छुट्याएको छ । ओलीले सोही क्लस्टर अनुसार केन्द्रीय सदस्यको नाम वाचन गर्नेछन् । 

केन्द्रीय सदस्यको नाम हलले अनुमोदन गरेपछि मात्रै केन्द्रीय पदाधिकारीमा सहमतिका लागि नेताहरूसँग निर्णायक छलफल गर्ने तयारी ओलीले गरेको उनी निकट स्रोतले बताएको छ । केही नेताहरूले ओलीले प्रस्ताव गरेको नाममा असन्तुष्टि राखेर निर्वाचनको माग गरेमा हलमा उसको पक्षमा रहेका प्रतिनिधिलाई हात उठाउन लगाएर उनको पक्षको मत समेत देखाइदिने तयारी एमाले संस्थापन पक्षले गरेको बुझिएको छ । 

बन्दसत्रको हलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने र ओलीलाई सर्वाधिकारसम्पन्न अध्यक्ष बनाउनुपर्ने पक्षमा ठूलो मात्रामा प्रतिनिधिको संख्या छ । यही बलमा ओलीले निर्वाचन माग गर्नेको पक्षमा प्रतिनिधि नै नरहेको बन्दसत्रको हलमा नै प्रमाणित गराइदिने तयारी समेत गरेका छन् । 

बन्दसत्रका सहभागी एक प्रतिनिधि भन्छन्, ‘तल्लो तहको अधिवेशन र प्रतिनिधि चयनमा सहमति भनेर प्रतिनिधि चयन गरेर ल्याएर महाधिवेशनमा भोट हाल्न लगाइयो भने कसैले पनि भोट हाल्दैन । अहिले एकताको महाधिवेशन आवश्यक छ । सबै अधिकार अध्यक्षलाई दिइएको छ । उहाँले अधिकार प्रयोग गर्नुहुन्छ ।’

एमालेले महाधिवेशनबाट १९ जना पदाधिकारी निर्वाचित गर्दैछ । पदाधिकारी नै एमालेको केन्द्रीय सचिवालय हो । 

केन्द्रीय सचिवालयमा विभिन्न पदमा समेटिनका लागि एमालेको शीर्ष नेतृत्व तहमा जुँगाको लडाइँ चलिरहेको छ । विशेषगरी वरिष्ठ उपाध्यक्ष र महासचिव को बन्ने भन्नेमा टुंलो लाग्न सकेको छैन । 

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेका छन् । त्यसमध्ये पोखरेललाई वरिष्ठ उपाध्यक्ष र नेम्वाङलाई उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका छन् । एमालेले राजकीय जिम्मेवारी पाएको अवस्थामा नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएर ओलीले फकाइरहेको स्रोतले बताएको छ । 

नेम्वाङले भने निर्वाचन हुने अवस्थामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने ओलीलाई बताएको स्रोत बताउँछ । 

नेम्वाङ निर्वाचनमा आउँदा वरिष्ठ उपाध्यक्ष हारिने डरमा पोखरेल छन् ।

त्यसबाहेक महासचिव पदमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । उनीहरू दुवै जना नेतालाई आपसमा सहमति गरेर आउन ओलीले भनेको स्रोतले बतायो । 

पौडेल र पोखरेलले आपसमा एक चरणको छलफल पनि गरिसकेका छन् । छलफलमा पोखरेले अहिले आफू महासचिव बन्ने र पौडेललाई उपाध्यक्ष बन्न सुझाव दिएका स्रोत बताउँछ । 

‘पोखेरेलले पौडेललाई अहिले महासचिव बन्न सघाउनुहोस्, ११ औं महाधिवेशनमा अध्यक्ष बन्न सहयोग गर्छु भन्ने प्रस्ताव गर्नुभएको रहेछ । पौडेलले त्यसमा सहमति जनाएका छैनन्,’ उनीहरू निकट स्रोतले बतायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x