×
Bajaj Top
Khukuri
FONEPAY

मोबाइल नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू हुने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधवार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैध रूपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अवैध रूपमा नेपालमा आयात मोबाइल फोन बन्द हुने बताए । उनले अवैध रूपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए ।

सरकार आफ्नो दायित्वबाट पछि नहट्ने उनले बताए । उनले भने, ‘अवैध रूपमा आयात हुने मोबाइल फोन रोक्ने एमडीएमएसबारे वितरक संघमार्फत हिजो मात्रै थाहा पाएँ । यो विषयमा थाहा पाउने बित्तिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु तर विदेशबाट वैधानिक रूपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ । नेपालको अर्थतन्त्र रेमिट्यान्समार्फत चलाइरहेको छ । नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन् । यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेहरूलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरूमाथि अन्याय हुन्छ । एउटा ल्याउन दिएमा एउटाबाट अर्को एउटा हुँदै धेरै हुने समस्या उत्पन्न भएको छ । यसरी अहिले ३० प्रतिशतसम्म मोबाइल फोन अवैध रूपमा आयात हुने गरेको छ । यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रूपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए । उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताए । उनले मोबाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।

उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए । अर्थमन्त्री शर्माले भने, ‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ । नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ । अब व्यवसायीले आयात पनि गरेर पनि बेच्ने र उत्पादनमा पनि लगानीको शुरूआत गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले पनि आयात मात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक छ । त्यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्नुपर्छ । सबै व्यवसायी क्षेत्र उत्पादनको क्षेत्रमा लाग्दा त्यहीबाट अर्थतन्त्र सुधार हुनसक्छ ।’
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

सामान्यतया व्यापारमा कमी आयो र औद्योगिक उत्पादन घट्यो भने आर्थिक मन्दीको लक्षण हुन्छ । कतिपय अवस्थामा कुल गार्हस्थ्य उत्पादन दुई वर्षसम्म लगातार घट्यो भने पनि मन्दीको संकेत हुन्छ ।  नेपालमा सन २०२०/०२१ र...

माघ १०, २०७८

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा व...

माघ १०, २०७८

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा २ गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा २ गुणा लगानी बढाउन आग्रह ग...

माघ ९, २०७८

नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले तयारी बिना नै सवारी तथा यातायातका साधनहरूमा सवारी प्रदुषण  मापदण्ड  युरो ६ लागू गरिए त्यसले समस्या निम्तने जनाएको छ ।  आइतवार पत्रकार सम्...

माघ १०, २०७८

आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै ...

माघ १०, २०७८

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् ।  सोमवार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शर्मा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...