×

NIC ASIA

कांग्रेस महाधिवेशन

कांग्रेस पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न दुवै समूहलाई सकस, को–को बन्दैछन् उम्मेदवार ?

मंसिर २३, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन हुन एकदिन मात्रै बाँकी छ  । 

शुक्रवार दिउँसो एक बजे कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा सजाइएको विशेष मञ्चबाट कांग्रेसको चौधौं महाधिवेशन विधिवत उद्घाटन गर्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशन उद्घाटनको अघिल्लो दिन आज महाधिवेशनबाट पार्टीको हाइ–कमाण्डमा पुग्न चाहने नेताहरू चाहेको पदअनुसार प्यानलमा पर्न दौडधूप र रस्साकस्सीमा छन् ।


Advertisment
Rupse Holidays
Nabil box

भोलि अर्थात् मंसिर २४ गते महाधिवेशन उद्घाटन हुनेछ र लगत्तै २५ गते उम्मेदवारी दर्ता गर्नुपर्छ । 

Vianet communication

भोलि महाधिवेशन उद्घाटनमा व्यस्त हुने भएकाले नेताहरू आजै आ–आफ्नो प्यानल तयार पार्ने अन्तिम कसरतमा छन् ।

देउवालाई दबाब

कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनबाट पुनः पार्टी नेतृत्वमा दोहोरिने तयारीमा छन् । तर, उनले निर्वाचनमा सहभागी हुन आफ्नो तर्फको पदाधिकारीसहितको प्यानल भने बनाउन सकेका छैनन् । 

देउवा पक्षबाट उपसभापति पदका लागि विजय गच्छदार, गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्काले उम्मेदवारी दाबी गरेका छन् । 

कांग्रेसको विधानअनुसार दुईजना उपसभापति हुने व्यवस्था छ । तर, देउवाले कसलाई उपसभापतिको उम्मेदवार बनाउने टुंगो लगाउन सकेका छैनन् ।

उपसभापतिको दाबी गरिरहेका नेताहरू देउवाका पुराना सहयोगी हुन् । 

देउवाले मूल पार्टीबाट छुट्टिएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा गोपालमान श्रेष्ठ उपसभापति थिए भने विजय गच्छादरले पनि देउवालाई सहयोग गर्दै आएका छन् । 

पूर्णबहादुर खड्का कांग्रेसका वर्तमान महामन्त्री हुन् । देउवा नेतृत्वको वर्तमान सरकार गठन र सञ्चालनमा खड्काले सहयोग गरिरहेका छन् । 

देउवा यी तीनै नेतालाई चिढ्याउने पक्षमा छैनन् । 

उनीहरूलाई समेट्नकै लागि देउवाले महाधिवेशनको अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विधान संशोधन गर्न लागेका छन् । 

विधान संशोधनबाट एक उपसभापति र दुई उपमहामन्त्री थप्ने देउवाको तयारी छ । विधान संशोधन गरेर तीन उपसभापति बनाउँदा अहिले दाबी गरिरहेका तीनैजना नेतालाई देउवाले समेट्न सक्छन् । 

त्यसबाहेक, देउवाका लागि सबैभन्दा चुनौतीपूर्ण विषय बनेको छ, महामन्त्री पद । महामन्त्री पदमा देउवा पक्षकै ६ जनाले दाबी गरेका छन् । 

कांग्रेसको विधान अनुसार दुईजना महामन्त्री हुने व्यवस्था छ । 

गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँण, सञ्चारमन्त्री रहेका नेता ज्ञानेन्द्र कार्कीले महामन्त्रीको दाबी गरेका छन् । 

अहिले सहमहामन्त्री रहेका र कांग्रेसमा निरन्तर देउवाको पक्षमा रहेका डा. प्रकाशशरण महत पनि महामन्त्रीको आकांक्षी हुन् । त्यसैगरी, केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्माले पनि महामन्त्रीको दाबी गरेका छन् । 

कांग्रेसको प्रवक्ता रहेका शर्माले त महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेर आक्रामक प्रचारसमेत गरिरहेका छन् । 

गृहमन्त्री खाणले कांग्रेसको महामन्त्री हुँदा गृहमन्त्री पद समेत छाडिदिने बताएका छन् । महामन्त्रीमा उम्मेदवार तय गर्नका लागि देउवालाई फलामको च्युरा चपाउनु जत्तिकै कठिन भइरहेको छ ।

संस्थापनइतरको सकस

चौधौं महाधिवेशनबाट देउवालाई जसरी पनि विस्थापित गर्ने उद्घोष गरेको संस्थापनइतर पौडल–कोइराला खेमालाई भने सभापतिको उम्मेदवार टुंगो लगाउनकै लागि माहाभारत परिरहेको छ ।

सभापतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले दाबी गरिरहेका छन् । 

संस्थापनइतर खेमाबाट सभापतिका लागि साझा उम्मेदवार बनाउने बताउँदै आएको यो समूहले सभापतिको उम्मेदवार छान्न पटक–पटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।

पछिल्लो समय शशांक कोइरालाले भने सहमतिमा बाधक नबन्ने भन्दै सभापतिको उम्मेदवार बन्ने दाबी छाडेका छन् । 

प्रकाशमान सिंहले उम्मेदवारीको दाबी नछाड्ने र रामचन्द्र पौडेल र शेखर कोइराला प्रकाशमानको नाममा सहमत हुन नसक्दा उम्मेदवार छान्न उनीहरूलाई सकस भइरहेको छ ।

सभापतिको उम्मेदवार टुंगो लाग्न नसक्दा संस्थापनइतरले अरू पदाधिकारीको उम्मेदवार पनि छान्न सकेको छैन ।

संस्थापनइतर समूहमा रामचन्द्र पौडेल साझा उम्मेदवार भएको अवस्थामा शशांक, प्रकाशमान र शेखर उपसभापतिका उम्मेदवार हुन् । 

तर, शेखर कोइराला साझा उम्मेदवार बनेको अवस्थामा भने शशांक, प्रकाशमान र चन्द्र भण्डारी उपसभापतिका दाबेदार हुनसक्छन् । 

त्यसबाहेक, संस्थापनइतर समूहकै महेश आचार्यले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेर प्रचार थालिसकेका छन् । 

संस्थापनइतर समूहमा महामन्त्री पदका लागि गगन थापा, मिनेन्द्र रिजाल र धनराज गुरूङले दाबी गरेका छन् । थापा यसअघि १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यसबेला उनी पराजित भएका थिए ।

वर्तमान सरकारमा रक्षामन्त्री रहेका रिजाल अहिले पार्टीमा केन्द्रीय सदस्य छन् । गुरूङ पनि केन्द्रीय सदस्य हुन् । 

सिटौला फ्याक्टर     

कांग्रेसभित्र तेस्रो धारको रूपमा आफूलाई उभ्याउँदै आएका नेता कृष्णप्रसाद सिटौला महाधिवेशनबाट पार्टीको वर्चश्व बढाउने योजनामा छन् ।

प्रतिनिधि चयनमा धेरै ठाउँमा संस्थापन पक्षसँग सहकार्य गरेको सिटौला समूहले महाधिवेशनमा पनि सभापति देउवासँग बार्गेनिङ गरिरहेको छ । 

सिटौलाले उपसभापतिको दाबी गरेका छन् भने आफू पक्षका नेता प्रदीप पौडेललाई महामन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

संस्थापन  पक्षबाट उपसभापति र महामन्त्री दुवै नपाउने अवस्थामा सिटौलाले आफू उपसभापति र पौडेललाई सहमहामन्त्रीको उम्मेदवार बनाउने र केही केन्द्रीय सदस्य संस्थापनको प्यानलमा समेट्ने प्रयास गरिरहेका छन् । 

सिटौलाको प्रस्तावमा देउवा भने सकारात्मक देखिएका छैनन् ।

यो दुवै विकल्पमा देउवा राजी नभए सिटौला आफैँ सभापतिको उम्मेदवार बनेर महामन्त्रीमा प्रदीप पौडेलसहितको प्यानल बनाएर चुनावमा जाने तयारीमा छन् ।

त्यसबाहेक, सिटौलाले संस्थापनइतर समूहसँग पनि समन्वय गरिरहेका छन् ।

रामचन्द्र पौडेल आफैँ सिटौलानिवास पुगेर महाधिवेशनमा सहकार्यको प्रस्ताव गरेका थिए । त्यसबेला सिटौलाले पौडेलसँग सहकार्यको ठोस प्रस्ताव मागेका थिए । 

रामचन्द्र पौडेलले आफ्नै समूहमा सहमति बनाउन नसकेकाले सिटौलालाई स्पष्ट जवाफ दिन सकेका थिएनन् । 

र, विमलेन्द्र निधि...

वर्तमान उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी घोषणा गरेर लामो समयदेखि तयारीमा छन् । यद्यपि उनी प्यानलसहित लड्छन् कि सभापतिमा मात्र उम्मेदवारी दिन्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x