×

NMB BANK
NIC ASIA

कोभिड-१९ को विनाशकारी प्रभावहरू रोक्न दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी अत्यावश्यक

मंसिर २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण एसियाका सरकारहरूले कोभिड-१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको कुरा युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनले पुष्टि गरेको छ ।

Muktinath Bank

दक्षिण एसियामा बालबालिकाका लागि अवसरहरू  पुन: उत्पन्न गर्ने नामक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले पारेको असमान प्रभावमाथि प्रकाश पारेको छ । प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवाहरूलाई प्रगतिको अवस्थामा फर्काउन नसकेमा कोभिड-१९ महामारीको विनाशकारी प्रभावहरू दशकौँसम्म रहिरहने बताएको छ । मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदुषण जस्ता जलवायुसम्बन्धी जोखिमहरूले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीभन्दा अघि ठूलो युवा जनसङ्ख्याले विकासलाई थप गति दिएकोले र बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेकोले दक्षिण एसिया विश्वको सबैभन्दा द्रुत वृद्धि हुने क्षेत्रहरूमध्ये एक थियो । बितेको २५ बर्षमा बाल मृत्युदर आधाभन्दा बढी घटेको छ साथै पुड्कोपनाबाट पीडित बालबालिकाको सङ्ख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको छ । माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको छ र १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या घटेको छ । त्यसका साथै, ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ ।


Advertisment
Nabil box
Kumari

"हाम्रो क्षेत्रले हालैका दशकहरूमा बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू अहिले जोखिममा छन्," दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया-एडजेईले भन्नुभयो । “यदि हामी तत्काल ठोस कदम चाल्न असफल भयौँ भने, कोभिड-१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकहरूमा महसुस हुनेछ । तर तत्काल कार्य गर्‍यौँ भने, हामीले अवसरहरूको पुन: प्राप्ति मात्र नभई दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौँ ।”

Vianet communication
Laxmi Bank

प्रतिवेदनले आधारभूत स्वास्थ्य र खोप सेवाहरू पूर्ण रूपमा पुनर्स्थापना गर्ने र विद्यार्थीहरूलाई उनीहरूले छुट्टाएका सिकाइहरू प्राप्त गर्न मद्दत गर्ने जस्ता तत्कालका प्राथमिकताहरू पहिचान गर्दछ । प्रतिवेदनले, महामारीका कारण हामीले सिकेका पाठहरू र यो परिस्थितिले हाम्रो लागि खोलेका अवसरहरूको रूपरेखा पनि प्रदान गर्दछ । यी सिकाइहरूलाई सबै बालबालिकाको हितका लागि प्रयोग गर्न सकिन्छ ।

यी सिकाइहरूमा कोभिड-१९ सँग जुध्न विस्तार गरिएको र सुधारिएको कोल्ड चेन र अक्सिजन जस्ता पूर्वाधारहरू मार्फत सुदृढ गरिएको सार्वजनिक स्वास्थ्य प्रणालीहरू समावेश छन् । अन्य अवसरहरूमा, मानसिक स्वास्थ्यबारे बढ्दो सार्वजनिक रूपमा छलफलहरू समावेश छन् जसले थप सेवाहरूको आवश्यकतामाथि प्रकाश पार्न र माँग बढाउन मद्दत गर्दछ । साथै, यो क्षेत्रमा अवस्थित गहिरो डिजिटल दूरीको पहिचान गरेर त्यो खाडललाई पुर्ने अवसरहरूको बढ्दो मान्यतालाई बुझ्न पनि सहयोग गर्दछ ।

युनिसेफका अनुसार, बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै, यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीको लागि पनि तयारी अवस्थामा रहनु पर्छ।

"दक्षिण एसियाको ३० प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण खोप लगाएका छन् र नयाँ प्रकारका भाइरसहरू देखा परेसँगै परिवारहरू असुरक्षित छन्," जर्ज लारिया-अड्जेईले भन्नुभयो । "विश्वभरका सरकारहरूले कोभिड-१९ को खोपहरूमा निष्पक्ष र समान पहुँच सुनिश्चित गर्नुपर्दछ । जबसम्म यो महामारी सबैका लागि समाप्त हुँदैन, तब सम्म यो कसैको लागि समाप्त हुँदैन ।”

"हाम्रो भविष्य, हाम्रो अधिकार, हाम्रो आवाज" शीर्षकको युवा वक्तब्यमा बालबालिकामा महामारीको असमान प्रभाव बारे उल्लेख गरिएको थियो । उक्त वक्तब्य ८ वटा दक्षिण एसियाली देशहरूका झण्डै ५०० युवाहरूलाई समावेश गरेर सञ्चालन भएको व्यापक भर्चुअल परामर्शको परिणाम हो ।

“कोभिड-१९ को महामारीले हाम्रो अवस्थालाई झनै नराम्रो बनाएको छ । हाम्रा विद्यालयहरू प्रायः एकै पटक महिनौँसम्म बन्द भएका छन् । हामीमध्ये धेरै बालबालिका अब कहिल्यै विद्यालय नफर्कन पनि सक्छौँ," युनिसेफ, सार्क (SAARC) र वरिष्ठ सरकारी अधिकारीहरूसँग साझा गरिएको वक्तब्यमा उल्लेखित छ । "तपाईंका प्रयासहरूले हामी दक्षिण एसियाका युवाहरूको जीवन परिवर्तन गर्न सक्छ ।"  

प्रतिवेदनले बालबालिकाको प्रगतिलाई पहिलेकै अवस्थामा पुर्‍याउन र दक्षिण एसियाका प्रत्येक बालबालिकाको राम्रो भविष्य निर्माण गर्न आवश्यक पर्ने मुख्य कार्यहरूको रूपरेखा प्रस्तुत गरेको छ, तीमध्ये निम्न कुराहरू छन् :

  1. बाल-संवेदनशील सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा, विशेष गरी सबैभन्दा जोखिममा रहेका बालबालिका र तिनीहरूका परिवारहरूका लागि लगानी विस्तार गर्ने ।
  2. सिकाइमा पुगेको हानिलाई सम्बोधन गर्दै, यो क्षेत्रमा भएको डिजिटल दूरीलाई कम गर्दै र प्रत्येक बालबालिकाको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालयहरूमा व्यक्तिगत रूपमा सिकाइलाई पुनः सुरु गर्ने ।
  3. बालबालिकालाई घातक तर उपचार गर्न सकिने रोगहरूबाट जोगाउन र दक्षिण एसियाको बाल पोषण सङ्कटलाई उल्टाउन एकीकृत राष्ट्रिय स्वास्थ्य र पोषण प्रणालीलाई बलियो बनाउने ।
  4. बालबालिकालाई बेवास्ता हुनुबाट र दुर्व्यवहारबाट जोगाउने र सबै बालबालिका र युवाहरूको मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने ।
  5. बालबालिकाका लागि मुख्य सेवाहरूमा जलवायु अनुकूलन र लचिलोपनमा बढ्दो लगानीको माध्यमबाट बालबालिकालाई जलवायु परिवर्तनबाट जोगाउन तत्काल कार्य गर्ने ।

२०२० मा, कोभिड-१९ सँग जोडिएका अवरोधहरूले अनुमानित २२८,००० थप बाल मृत्युहरू निम्त्याएको र अघिल्लो वर्षको तुलनामा लगभग १९ लाख बढेर ५३ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट बन्चित भएको अनुमान गरिएको छ । २०२० मा थप ३८ लाख ५० हजार बालबालिका ख्याउटेपनबाट ग्रस्त भएको मानिन्छ ।

अन्य क्षेत्रको तुलनामा दक्षिण एसियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द रहेका थिए । इन्टरनेटमा जोडिन नसकेका र उपकरण खरिद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका र उनीहरूका शिक्षकहरूलाई कक्षाकोठाको पढाई बाट, सिकाइका अवसरहरूमा चिन्ताजनक असमानताहरू निम्त्याउन सक्ने सम्भावना भएको, दूर शिक्षा प्रणालिमा परीणत गर्न बाध्य पारिएको थियो । परिणाम स्वरूप, दुर्गम क्षेत्रका गरिब बालबालिका, किशोरीहरू र अपाङ्गता भएका विद्यार्थीहरू सिकाइका अवसरहरूमा असमान रूपमा प्रभावित भएका छन् ।

"वर्तमान सङ्कटले सबै बालबालिकाका आवश्यकताहरू पूरा गर्नका लागि एउटा बलियो र अनुकूल स्वास्थ्य, शिक्षा र सुरक्षा प्रणालीहरू निर्माण गर्ने एउटा अनुपम अवसर प्रस्तुत गर्दछ," जर्ज लारिया-अड्जेईले भन्नुभयो । "युनिसेफले दक्षिण एसियाका सरकारहरू, व्यवसाय, नागरिक समाज र बालबालिकासँग नजिकबाट काम गर्ने क्रमलाई जारी राख्नेछ, साथै हरेक बालबालिकासम्म पुग्ने कुरा सुनिश्चित गर्नेछ ।"

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x