×

NIC ASIA

युट्युबको माध्यमबाट अपराध

हाँसीखुशी चलिरहेको एक परिवारमा युट्युबर पसेपछि...

पुस १६, २०७८

Prabhu Bank
NTC
सांकेतिक तस्वीर
Premier Steels

काठमाडौंकी रैथाने ३२ वर्षीया सविता (नाम परिर्वतन) एउटा प्राइभेट कार्यलयमा काम गर्छिन् । 

Muktinath Bank

विवाह भएकाे ७ वर्ष भयो । एक छोरा छन् । उनी नर्सरीमा पढ्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमै जन्मे/हुर्केकी, शिक्षित परिवारमा विवाह भएकी उनको घरमा श्रीमानसँगै सासूससुरा पनि छन् ।


Advertisment
Nabil box
Kumari

श्रीमानले समेत प्राइभेट सेक्टरमै जागिर गर्छन् । परिवार राम्रैसँग चलिरहेको थियो ।

Vianet communication

उनको नजिकै कान्छो ससुराको घर छ । कान्छो ससुराले समेत जागिर गर्छन् ।

अफिस पनि नजिक–नजिक भएकाले उनी कान्छो ससुरासँगै अफिससम्म जान्थिन् ।

यो सुखी र खुशी परिवारमा एक दिन युट्युबरको आँखा लाग्यो ।

युट्युबरहरू शिशिर अधिकारी, पिंकला कार्की र रोधन तामाङ लगायतले डलर कमाउने ध्याउन्नमा उनको ससुरा रामबहादुर (नाम परिर्वतन)को कान फुक्न थाले ।

‘तपाईंकी बुहारीको बानी ठीक छैन । कान्छो ससुरासँग लागेकी छ,’ भनेर चुक्ली लगाए ।

शुरूमा त उनले पत्याएनन् । कुरा लगाउने युट्युबरहरूलाई नै थर्काएर पठाए ।

तर, युट्युबरहरूले उनलाई कुरा लगाउन छाडेनन् । दिनदिनै पुगेर आज यसो गरी, हिजो यसो गरी भनेर सुनाउन थाले ।

गलत कुरालाई पनि पटक–पटक सुन्दा रामबहादुरलाई हो कि जस्तो लाग्न थाल्यो ।

उनले बुहारीका हरेक गतिविधिलाई शंकाको नजरले हेर्न थाले । उनलाई बुहारी गलत छिन् भन्ने नै लाग्न थाल्यो ।

युट्युबरहरू यही मौका कुरिरहेका थिए, उनीहरूलाई खोजेजस्तै भयो ।

त्यसपछि उनीहरूले ससुराको भिडियो लिए– के बोल्ने, कसरी बोल्ने सबैकुरा आफैं सिकाएर । 

‘मेरी बुहारी खत्तम छे । मेरो भाइसँग लागेकी छे’ भन्न लगाए । अझै सेन्सेसनल टाइटल राखेर युट्युबमा भिडियो अपलोड गरे ।

त्यसलाई दैनिक खबर युट्युब च्यानल चलाउने प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानल चलाउने शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानल चलाउने पिंकला कार्की र मोर्डन अनलाइन टीभी युट्युब च्यानल चलाउने रोधन तामाङले आफ्नो च्यानलमा भिडियो राखेर प्रचार गरे ।

उक्त भिडियोले एउटा खुशी र राम्रैसँग चलिरहेको परिवार तहसनहस भयो ।

परिवारका सदस्यहरूबीच नै एकअर्काको विश्वास रहेन भने सामाजिक प्रतिष्ठा पनि ध्वस्त भयो ।

श्रीमानले समेत शंका गर्न थालेपछि सविता एक्लो भइन् ।

यो कुरा गलत हो भनेर उनले जति चिच्याउँदा पनि पत्याउने कोही भएन ।

जिन्दगीबाट नै विरक्त भएकी सविता एक साथीको सल्लाहमा प्रहरीमा उजुरी दिन पुगिन् । 

‘हामीकहाँ आउँदा आफूले आत्महत्या गर्न २ पटक कोशिश गरेको बताउनुभएको थियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘हामिले काउन्सिलिङ गरेर सबै घटना बताउन सक्ने अवस्थामा ल्याएका थियौं ।’

आफ्नो जीवन तहसनहस बनाउने को हो सवितालाई पत्तो थिएन । युट्युब च्यानलको नाम भने पत्ता लगाएकी थिइन् ।

त्यसपछि उनले आफ्नो बारेमा भिडियो राख्ने युट्युब च्यानल र तिनका सञ्चालकलाई किटानी गरेर प्रहरीमा जाहेरी दिइन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले तत्काल घटनाको अनुसन्धान थाल्यो ।

ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गर्‍यो ।

ती महिलाको जाहेरीका आधारमा नै उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।

उनीहरूलाई प्रहरीले २१ दिन हिरासतमा राखेर अनुसन्धान गर्‍यो ।

त्यसपछि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो ।

कात्तिक २० गते उनीहरू जिल्ला अदालतबाट ५० हजार धरौटीमा रिहा भए । मुद्दा विचाराधीन नै छ ।

गलत खबर फैलाउने र पीडा दिनेहरू अनुसन्धानको दायरामा त तानिए, तर सविताले गुमाएको सामाजिक जीवन फर्किएको छैन ।

उनी अहिले पनि अलग्गै बस्दै आएकी छन् । परिवारले अझै विश्वास गरिसकेका छैनन् ।

युट्युबरलाई छुटाउन मन्त्रीदेखि व्यापारीसम्मको फोन

साइबर ब्यूरोले उनीहरूलाई पक्राउ गरेपछि ब्यूरोमा प्रहरी अधिकारी, घरानियाँ व्यापारीदेखि मन्त्रीसम्मको फोन आएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

‘एकजना बहालवाला एसपी आउनुभएको थियो । एकजना व्यापारीले त दिनसम्म प्रेसर दिनुभयो । सांसद र मन्त्रीसम्मबाट दबाब  आयो’, अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीले भने, ‘हामीले त्यसलाई बेवास्ता गरेर अनुसन्धान अघि बढायौं र दोषीलाई कानूनी दायरामा ल्यायौं ।’ 

नाम चलेका कलाकार पनि उनीहरूलाई छुटाउन भन्दै आएको ब्यूरोका अधिकारीहरूले बताए ।

‘प्रदीप भण्डारी र शिशिर अधिकारीलाई छुटाउन राति १० बजे नाम चलेका कलाकारहरू पनि आउनुभएको थियो’, ती अधिकारीले भने, ‘उहाँहरूले पनि आफूले सके जति प्रेसर दिनुभएको थियो ।’

गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवैले व्यक्तिगत गोपनियता र सामाजिक प्रतिष्ठामा खलल पुर्‍याउने युट्युबरहरूलाई पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएकाले कसैको दबाबलाई पनि वास्ता नगरी अनुसन्धान हुँदै आएको ब्यूरोले जनाएको छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x