असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
पुस २३, २०७८
दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई एकपटक पत्रकारले सोधेछन्- 'नेताजी,तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?' उनले सहजै जवाफ दिएछन्, 'मेरो दिमागमा हरदम मसँग असहमति राख्नेहरूको चेहरा र उनीहरूको विचार नाचिरहन्छ । सोच्छु, यिनीहरूलाई के गरेर सहमत गराउने ? सम्झाएर, बुझाएर या उनीहरूका कुरा मानेर ।'
यसलाई शायद उच्च राजनीतिक संस्कार र चरित्र मानिन्छ । सबै नेता मण्डेला बन्न सक्दैनन्, तर राजनीतिमा सक्रिय व्यक्ति अझ लोकतान्त्रिक राजनीतिमा विश्वास राख्ने व्यक्तिमा मण्डेलाको केही अंश हुनैपर्छ । तर विडम्बना नै मान्नुपर्छ, नेपालको राजनीतिमा यस्तो चिज खोजेर पनि पाइन छाडेको छ । व्यक्तिगत महत्त्वाकांक्षा, संकीर्णता, सत्तालोलुप प्रवृत्ति र अवसरवादको अधिकतम अभ्यास हुने समाजको रूपमा नेपाली समाज चिनिन थालेको छ ।
सह-अस्तित्वमा विश्वास र सहकारी भावना विलुप्त हुँदै जान थालेको छ । षड्यन्त्र, तिकडम, छलछाम र विवेकशून्यता हावी हुँदै गएको छ । यसले समाजमा द्वन्द बढाएको छ । अराजकता र तनाव थपिदिएको छ । यस बाटोबाट नेपाली समाज कुन दिशातर्फ अग्रसर हुन्छ भन्ने चिन्ता समेत बढेको छ ।
नेपालको राजनीतिमा नेपाली कांग्रेस सर्वाधिक पुरानो लोकतान्त्रिक पार्टी हो । यसले अंगिकार गरेको दर्शन, सिद्धान्त र विचारले आजसम्म नेपाली समाजलाई डोहोर्याएको छ । त्यति मात्र होइन, बारम्बारका राजनीतिक संघर्षहरूमा नेतृत्व प्रदान गरेको छ ।
भिन्न दर्शन तथा सिद्धान्तमा विश्वास गर्ने समूह वा राजनीतिक दलहरू समेतलाई साथ लिएर ठूल्ठूला परिवर्तनहरू सम्भव तुल्याएको छ । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र समेत स्थापना गरेको छ । यो चानचुने सफलता होइन ।
यस ऐतिहासिक कार्यमा नेतृत्व प्रदान गर्ने जननायक बीपीलगायत हाम्रा आदरणीय नेताहरू सम्मानित तथा प्रातः स्मरणीय हुनुहुन्छ । उहाँहरूमा संकल्प, दृढ इच्छाशक्ति र कसिलो एकता नभएको भए यति धेरै परिवर्तन सम्भव नै थिएन ।
उहाँहरूको कार्ययोजना, संगठन र संघर्षले नै राजनीतिक गन्तव्य भेट्टाएको हो । यसमा एउटा प्रश्न सँगसँगै जोडिएर आउने हुनाले अब त्यस विषयमा थोरै चर्चा गरौं ।
आजसम्म भएका ठूल्ठूला संघर्षको परिणामस्वरूप स्थापना र पुनःस्थापना भएको लोकतान्त्रिक राजनीतिक प्रणाली नै हाम्रो गन्तव्य हो त ? कि नेपाली जनताको जीवनलाई सुखद् बनाउँदै नेपालको भौतिक विकास समेत सम्पन्न गरी राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई चुल्याउनु हाम्रो गन्तव्य हो ? आज गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।
के हामीले स्थापना गरेको राजनीतिक प्रणाली सुरक्षित भइसक्यो ? के नेपालले अन्तर्राष्ट्रिय स्तरको पर्याप्त भौतिक विकास गरिसक्यो ? के नेपाली जनताको जीवनमा समृद्धि आइसक्यो ? के नेपालको प्रतिष्ठा चुलिइसक्यो ? यी प्रश्नहरूको सकारात्मक उत्तर हामीसँग छैन । नेपालका कम्युनिस्ट पार्टीहरू वर्तमान राजनीतिक प्रणालीमार्फत अर्थात् यसैलाई माध्यम बनाएर आफ्नो गन्तव्यमा पुग्न खोजिरहेका छन् ।
राजाको स्थान खोजिरहेको शक्ति क्रियाशील छ । यसको अर्थ मौजुदा प्रणाली सुरक्षित छैन । र, अर्को कुरा नेपाली कांग्रेसले आफ्नो संगठनलाई जरैदेखि मजबुत बनाउनै बाँकी छ ।
स्थानीय चुनाव निकट भविष्यमा छ । आमचुनाव आउँदैछ । यस्तो घडीमा पार्टीभित्र एकता चाहिन्छ कि चाहिँदैन ? अनि एकता कसको पहलकदमीबाट हुन्छ ? जित्नेको कि हार्ने को ? चौधौं महाधिवेशनको परिणाम जसरी र जस्तो आयो, निर्वाचन प्रणाली नबदल्ने हो भने पार्टीको आन्तरिक जीवनमा सुधार असम्भव नै देखिन्छ ।
यही प्रणालीबाट चयन हुने नेतृत्वले समय सापेक्ष पार्टी रुपान्तरणको मुद्दालाई सार्थक तुल्याउन सक्दैन । यसमा लामो बहस गर्न सकिए पनि परिणाममा कसैले प्रश्न उठाएको छैन । तर महाधिवेशनको परिणामपछि पार्टीको मूल नेता हिँड्न खोजेको बाटो ठीक छ त ? आज गम्भीर प्रश्न उठेको छ ।
चौधौं महाधिवेशनपछि पनि पुरानै नेतृत्वले निरन्तरता पाएकाले के अब पार्टीको कार्यशैली फेरिँदैन त ? पार्टीका आमसाथीहरूको चाहना र राष्ट्रको आवश्यकता मुताविक पार्टीमा रुपान्तरण हुँदैन त ? हाम्रा अगाडि यस्ता अनगिन्ती प्रश्नहरूको ठूलो चाङ खडा भएको छ । यसले समुचित उत्तर खोजेको छ ।
कांग्रेसलाई चौधौं महाधिवेशनपछि दह्रोसँग उभ्याउने संकल्पलाई सार्थक बनाउन आजैबाट पार्टीले क्रियाशीलता बढाउनु पर्ने आवश्यकता छ । पार्टीलाई उभ्याएर मात्र नपुग्ने अवस्था छ । गत आमचुनावबाट थला परेको पार्टीलाई राम्रोसँग हिँडाउनु छ र अझ दौडाउनु पनि छ । नत्र राजनीति जितिँदैन । पार्टीको महाधिवेशनमा नेताहरूले आफ्नो पक्षमा नतिजा निकालेर मात्र पुग्दैन । स्थानीय र आमचुनावमा पार्टीको पक्षमा नतिजा कसरी निकाल्ने भनेर आजैबाट गृहकार्य थाल्नुपर्छ ।
यो विषय सोच्ने बेलामा महाधिवेशनमा झण्डै आधा मत ल्याउने समूहलाई निस्तेज पारेर पुगिन्छ कहाँ ? लोकतन्त्रले असहमतलाई पनि आफूसँगै राख्ने र सँगसँगै हिँडाउने कार्यदिशा अंगाल्न सकेन भने त्यो लोकतन्त्र वास्तविक लोकतन्त्र नै रहँदैन ।
संसदमा चाहिँ भिन्न सिद्धान्त भएका दलहरूसँग सहकार्य गरेर अघि बढेको पार्टीले आफ्नो दलभित्र एकता कायम गर्न सकेन भने मतदाताको विश्वास जित्नेगरी आमचुनावको सामना कसरी गर्छ ? घरझगडा कायम राखेर विपक्षीसँग कुन शक्तिले लड्ने ? तसर्थ कांग्रेस सभापतिले यतिबेला आफ्ना भनिएका वा ठानिएकाहरूबाट घेरिएर होइन, एक्लै बसेर सोच्नुपर्छ ।
पार्टीभित्र र बाहिर कुनै कदम चाल्दा वा निर्णय लिँदा दश पटक सोच्नुपर्छ । पार्टीको मूल नेता सबै सदस्यहरूको अभिभावक पनि हो । संरक्षक र मार्गदर्शक पनि हो । उसले लिने निर्णय सबै साथीहरूका निम्ति उत्साहजनक हुनुपर्छ । अन्यथा पार्टीको हित हुँदैन ।
चौधौं महाधिवेशनपछिको शुरूआतले नकारात्मक सन्देश दिएको छ । यसलाई तुरुन्तै सच्याएर अघि बढ्ने अग्रसरता सभापतिले लिनुपर्दछ ।
आफ्ना सबै प्रतिस्पर्धीहरूलाई सँगै राख्ने सभापतिले मूल प्रतिस्पर्धीलाई किनारामा धकेल्नु पर्ने उद्देश्य र कारण के हो बुझ्न सकिएन । यस्तो निरर्थक तथा चरम गुटगत मानसिकताले पार्टी चल्दैन । लोकतन्त्रमा आफूलाई मत नहाल्ने नागरिकलाई समेत राज्यले विभेद गर्दैन भन्ने कुरा बेलायत बसेर आउनुभएका सभापतिलाई भन्दा अरूलाई बढी थाहा हुने कुरै भएन । तसर्थ पार्टीमा द्वन्द्व गहिरिन नदिने हो भने बेलैमा ध्यान पुर्याउन आवश्यक छ ।
यसमा पनि फेरि मण्डेलाकै भनाई स्मरण गर्नुपर्ने हुन्छ । उनले भनेका छन्, 'चुनाव जित्ने व्यक्तिसँग हार्ने व्यक्तिलाई अपहेलना गर्ने अधिकार हुँदैन भने हार्ने व्यक्तिसँग जित्ने व्यक्तिलाई असहयोग गर्ने सुविधा हुँदैन । यसमा पहिलो हात जित्ने व्यक्तिले नै बढाउनुपर्छ र यो हेक्का राख्नुपर्छ कि अपहेलना शुरू भयो भने असहयोगको ढोका पनि खुल्छ ।'
तसर्थ बल सभापतिको कोर्टमा छ । समयले दर्शाउँदै लानेछ । कांग्रेस सभापतिसँग आफ्नो र पार्टीको इतिहास रच्ने ऐतिहासिक अवसर छ । यसको सदुपयोग गर्न जान्ने र सक्ने हो भने लोकतन्त्र, पार्टी र आउने पुस्ताको भविष्यलाई सुरक्षित तुल्याउन सकिन्छ, अन्यथा इतिहासको कालो गर्तले हामीलाई पर्खिरहेको छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...