×

NIC ASIA

एमाले जिल्ला अधिवेशन

राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता– ओली

पुस २३, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता भएको बताएका छन् । चार वर्षअघिको जनमतका आधारमा निर्वाचित प्रतिनिधिले छान्ने नतिजा आजको यथार्थ नभएको उनले दाबी गरे । 

६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनको नतिजा एमालेका लागि प्रतिकूल आउन सक्ने बताएका हुन् । राष्ट्रिय सभा निर्वाचन र यसपछिका निर्वाचनमा पनि एमाले गठबन्धन नबनाई एक्लै लड्ने उनले उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्टिय सभाको निर्वाचन आइरहेको छ, १२ गते मतदान हुन्छ, त्यसको परिणाम प्रतिकूल आउन सक्छ । किनकि आजको जनमत होइन, कुनै यथार्थ जनमत होइन । ४ वर्षअघि ल्याएको जनमतको विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न व्यक्तिलाई व्यवस्थापन गर्न भनेर सीट बाँडेका थियौं । तीनलाई आधार बनाएर, हिजो हाम्रो आधारमा जितेकाहरू नै मतदाता हुँदैछन्,’ ओलीले भने । 


Advertisment
Rupse Holidays
Nabil box

कांग्रेस नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई अपवित्र र प्रतिगामी गठबन्धन भन्दै ओलीले आगामी निर्वाचनमा एक्लाएक्लै लड्न चुनौती दिए । ‘अहिले पनि हामी एक्लै अरूभन्दा माथि छौं, ५० प्रतिशत चाहिने भएकोले नतिजा हाम्रो पक्षमा नआउन सक्छ । सम्पूर्ण शक्ति मिलेकोले हाम्रो लागि प्रतिकूल परिणाम आउन सक्छ । तर यो आजको जनादेश, जनमत र यथार्थ होइन ।’ 

Vianet communication

एमालेलाई संसदीय निर्वाचनमा नोक्सान गर्नेको अन्तिम किस्ता भएको र आगामी निर्वाचनमा एक्लै जित्ने दाबी ओलीले गरे । ‘जनतामा जाँदा उनीहरूसँग त्यो हैसियत रहँदैन । जो जति कमजाेर छ, त्यो बलिया गरी कराइरहेको छ । जो कमजोर छ, उसलाई गठबन्धन चाहिएको छ,’ ओलीले भने, ‘एमाले एक्लै चुनौतीको सामना गर्न तयार छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x