×

NMB BANK
NIC ASIA

गौर नरसंहार मच्चाउने धम्की

आफ्नै अभिव्यक्तिले निशानामा मन्त्री यादव, सीके राउत भन्छन्– तत्काल बर्खास्त गरियोस्

माघ ६, २०७८

NTC
Premier Steels

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित उनका कार्यकर्तालाई लक्षित गर्दै हिंसात्मक चेतावनी दिएपछि मन्त्री यादवको  तीव्र आलोचना शुरू भएको छ ।

Muktinath Bank

माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनमत पार्टीले अहिले तराई–मधेशका विभिन्न जिल्लामा किसानका विविध माग राखेर आन्दोलन गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसक्रममा हिजो बुधबार उक्त कार्यक्रममा सहभागी हुन पुगेकी मन्त्री यादवलाई जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलनका आन्दोलनकारीहरूले कालो झण्डा देखाउँदै अवरोध सिर्जना गरेका थिए ।

Vianet communication

ठूल्ठूला लाठीमा कालो झण्डा राखेर प्रदर्शन गरिएको थियो ।

तर बलिदानी दिवसको अवसरमा अभिव्यक्ति दिने बेला मन्त्री यादवले राउतसहित उनका नेता तथा कार्यकर्ताहरूलाई सामूहिक नरसंहार गर्न सकिने चेतावनी दिएकी थिइन् ।

गौर राइस मिलमा भएको नरसंहार तत्कालीन मधेशी जनअधिकार फोरमले गरेको दाबी गर्दै राउत र उनका कार्यकर्ताको पनि त्यही हाल हुने चेतावनी यादवले दिएकी थिइन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा भने थिइन् (भावानुवाद):

यो गौर(रौतहट)ऐतिहासिक जिल्ला हो । यहाँको राइस मिलको अहिले जीवित इतिहास छ। आज बलिदानी दिवसको दिन हामी हिंसा गर्दैनौं । लाठी भाटा देखाए यहाँको मान्छे पनि लाठी चलाउन जान्छन् । तपाईंको लाठी र भाटालाई तोडेर यहीँ बन्द गराइदिन सकिन्छ । गाई र भैंसीको दूध खाएका छौ भने सिंहदरबारमा भेटौं । डाक्टर साहेबले अमेरिकामा घाँसपात खाएका होलान् । हाम्रो शरीरमा गाई र भैंसीको दूधले रगत बनेको छ । डाक्टर साहेबलाई भन्न चाहन्छु, हामीसँग नजुध्नुस् । तपाईंलाई घेराबन्दी गरेर मारी दिइन्छ ।

२०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीच झडप हुँदा २८ जनाको मृत्यु भएको थियो। मारिनेमा अधिकांश माओवादीका कार्यकर्ताहरू थिए ।

फोरम कार्यकर्ताले माओवादी कार्यकर्तामाथि सांघातिक हमला गरेका थिए । एउटा सार्वजनिक कार्यक्रममा मन्त्री जस्तो पदमा आसीन भएको व्यक्तिले हिंसात्मक चेतावनी दिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्रीको उक्त अभिव्यक्तिप्रति जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि आपत्ति जनाएका छन् । यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनको माग छ ।

यस विषयमा लोकान्तरलाई प्रतिक्रिया दिएका राउतले भने–

यो एउटा साधारण व्यक्तिले दिएको अभिव्यक्ति होइन, संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सार्वजनिकरूपमा दिएको अभिव्यक्ति हो। त्यो पनि उक्त पार्टीको नेतृत्वको उपस्थितिमा भनिएको अभिव्यक्ति हो । उनको अभिव्यक्ति रौतहटको गौर नरसंहारको स्वीकारोक्ति पनि हो कि हामी सबैले मिलेर २८ जनाको हत्या गरेका थियौं भन्ने । उक्त घटनाका फरार अभियुक्तहरूलाई तत्काल पक्राउ गर्ने तयारी सरकारले गर्नुपर्छ । आपराधिक हिंसात्मक घटनालाई बढावा दिने मन्त्री यादवलाई नेपाल सरकारले तत्काल बर्खास्त गरेर कानूनीरूपमा मुद्दा चलाउनु पर्छ ।

उनको अभिव्यक्तिलाई हामीहरूले किसान आन्दोलनको विरोधमा पनि लिएका छौं। किसान आन्दोलनलाई दबाउने उद्देश्यले नेतृत्वमाथि पनि सिधा प्रहार गरिएको छ । किसान आन्दोलनकारीहरू त्यसप्रति सचेत हुनुपर्छ ।

तर, मन्त्री यादवले आफूले राउतलाई मारिदिने, वा गौर नरसंहार जस्तै नरसंहार मच्चाउने धम्की दिने कुनै शब्द नै प्रयोग नगरेको बताइन् ।

'बरु उनका कार्यकर्ताहरूले हाम्रा कार्यकर्ताका मोटरसाइकल तोडफोड गरेका थिए । हामीले आयोजना गरेको बलिदानी दिवसको कार्यक्रममा अवरोध गरेका थिए,' मन्त्री यादवले लोकान्तरसँग भनिन्, 'मैले उनको वा उनका कार्यकर्ताको हत्या गर्ने भनेर कहीँ पनि भनेकै छैन ।'

हिंसात्मक राजनीति गर्न चाहँदैनौं भनेर आफूले भनेको उनले बताइन् ।

'रासायनिक मलको आपूर्तिलाई लिएर आन्दोलन गरिरहेको हो भने उहाँ पनि त डाक्टर नै हो, मलको कस्तो अभाव छ भन्ने कुराको त ज्ञान होला नि' भनेर भनेको उनले जिकिर गरिन् ।

'तपाईं डाक्टर हो भने रिसर्च गर्नुस् कि मलको कारखाना कसरी खोल्न सकिन्छ, सरकारले भारतसँग मल खरिद गर्नका लागि एमओयू गरेको छ । केही दिनमै मल अभाव अन्त्य हुन्छ भनेर भनेको थिएँ,' उनले थपिन् ।

गौर राइस मिलको प्रसंगमा बोले पनि नरसंहार गरिदिने भनेर धम्की नदिएको उनको जिकिर छ।

'यही गौरको राइस मिलमा मधेश आन्दोलनको महान क्रान्ति भएको थियो । उक्त आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संरक्षण गर्दै बाँकी उपलब्धिका लागि संघर्ष गर्दै जाने भनेको थिएँ,' उनले भनिन् ।

 'मैले बोल्दै नबोलेको कुरालाई लिएर ममाथि झुटो तथा कपोलकल्पित आरोप लगाइएको छ,' उनले लोकान्तरसँग भनिन् ।

अहिले जस्तो दाबी गरे पनि मन्त्रीले बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x