×

NMB BANK
NIC ASIA

सरकारका प्रवक्ताको दाबी- संविधानले तोकेअनुसार नै तीनै तहको निर्वाचन गर्छौं

माघ १२, २०७८

NTC
Premier Steels

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार संविधानले व्यवस्था गरेअनुसार नै तीनै तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका छन् । 

Muktinath Bank

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले आवधिक निर्वाचनको सिद्धान्त र महत्त्वका बारेमा सरकार पूर्ण रुपमा जानकार रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय निर्वाचनको व्यवस्था गर्नेछ र त्यसअनुसार स्थानीय तहको निर्वाचन गर्नेछ । हाम्रो संविधान र कानूनमा केही अन्तरद्वन्द्व देखिएको छ । केही द्विविधा ल्याएको छ,’ मन्त्री कार्कीले भने, ‘संविधान र कानूनसँग बाझिएका व्यवस्था संविधान नै मान्यता प्राप्त हुने भएकाले संविधान बमोजिम कानूनलाई मिलाएर अघि बढाउने सल्लाह छ । यसबारेमा छलफल चलिरहेको छ ।’


Advertisment
Nabil box
Kumari

केही दिनअघि प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानूनविदहरूसँग परामर्श भएको र त्यहाँ प्राप्त सुझावअनुसार नै अघि बढिने मन्त्री कार्कीले बताए । 

Vianet communication

‘अहिलेको सरकारले लोकतन्त्रका मूल मर्महरू संविधानको भावना र स्पिरिटअनुसार मुलुकलाई अगाडि बढाउँछ,’ मन्त्री कार्कीले भने, ‘संविधानले व्यवस्था गरेअनुसार नै तीनै तहको निर्वाचन सम्पन्न गर्नेछौं । जनताको सार्वभौमिक अधिकार अक्षुण राख्दै समयमा निर्वाचन हुनेछ ।’ 

सिंहदरबारको अधिकार, सेवा र सुविधा स्थानीय तहमै पुर्‍याउने परिकल्पना संविधानले गरेको र त्यसलाई अझै प्रभावकारी बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको दाबी समेत उनले गरेका छन् ।

प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेका कारण निर्वाचनको बारेमा संसदमा छलफल हुन नपाएको कार्कीको भनाइ छ । 

‘प्रतिपक्ष दलले संसद अवरोध गरेका कारण निर्वाचनको बारेमा संसदमा छलफल हुन पाएन । संसद नियमित गराउने दायित्व सरकारको मात्रै होइन, प्रमुख प्रतिपक्ष दलको पनि हो,’ मन्त्री कार्कीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x