असार २०, २०७९
प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्...
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण शुरू भएको छ ।
सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विक्रम संवत् २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
विभागको पश्चिम सेक्टर कार्यालयका इन्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरू गरेको जानकारी दिए । ‘११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैं डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,’ उनले भने, ‘विक्रम संवत् २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’
विक्रम संवत् २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा १ जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । ५ वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो ।
पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण शुरू गरेको छ ।
गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए ।
प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्...
रूपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक सोमवार पक्राउ परेका छन् । लुम्बिनी इलाका प्रहरी कार्यालयले भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेही हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ...
बाजुराको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्व...
भारतको एक गाउँमा स्थानीय सरकारले खाल्डो नपुरेपछि त्यहाँका स्थानीयले नौलो शैलीमा विरोध जनाए । उनीहरूले सडकको बीचमा बनेको खाल्डोलाई पर्यटकीय जस्तो क्षेत्र बनाएर व्यंग्य गरे । उनीहरूले व्यंग्यात्म...
एसिया प्रशान्त क्षेत्रको नागरिक उड्डयन प्राधिकरण महानिर्देशकहरूको सम्मेलन (डीजीसीए)मा नेपाल सहभागी भएको छ। सोमवारदेखि दक्षिण कोरियामा शुरू भएको उक्त पाँच दिने सम्मेलनमा नेपालको उड्डयन प्राधिकरणसमेत सहभागी भएको ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगम...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...