×

NMB BANK
NIC ASIA

सफलता

युवाको प्रेरणा विमला : गाउँमा हुर्किएकी चेली पहिलो प्रयासमै कानून उपसचिव

माघ १५, २०७८

NTC
Premier Steels

गन्तव्य पहिचान नगरी भौतारिएका युवाका लागि आदर्श पात्र हुन् विमला पौड्याल । पौड्याल नेपाल कानून आयोग नयाँ बानेश्वर, काठमाडौंमा उपसचिव पदमा कार्यरत छिन् ।

Muktinath Bank

कानून समूहबाट राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदमा खुला प्रतिस्पर्धाबाट आउने महिला हालसम्म धेरै कम छन् । त्यसमध्ये पर्छिन् विमला । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमला निजामती सेवामा ढिलो प्रवेश गरिन् तर छिटो छलाङ मारिन् । प्राध्यापन पेशाबाट निजामतीतर्फ लाग्ने गरी सोच बदलेर २०६८ सालदेखि लोकसेवा तयारीमा जुटेकी विमला ९ वर्षमै खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा पुगेकी छन् ।


Advertisment
Nabil box
Kumari

‘सफलताका लागि निरन्तर र नियमित रूपमा संघर्ष र मेहनत आवश्यक पर्छ,’ उपसचिव पौड्याल भन्छिन्, ‘इच्छाशक्तिका साथ समय व्यवस्थापन गरेर निरन्तर अध्ययन गर्नेलाई निजामती सेवा प्रवेशमा गाह्रो छैन ।’

Vianet communication

उपसचिव विमलाको व्यक्तित्व अग्लिँदो छ । उनले एउटा अब्बल र इमान्दार राष्ट्रसेवक कर्मचारीको रूपमा आफ्नो परिचय बनाएकी छन् । 

गुल्मीको मालिका गाउँपालिका–८ (साविक मरभुङ गाविस) मा विक्रम संवत् २०३७ सालमा सामान्य परिवारमा जन्मिएकी विमला विद्यालय तहदेखि नै पढाइमा अब्बल थिइन् । उनी सधैं प्रथम श्रेणीमा उत्तीर्ण हुन्थिन् । २०५३ सालमा उनले गाउँको सामुदायिक स्कूल मालिका माविबाट तत्कालीन एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । विद्यालयबाट ५ जना प्रथम श्रेणीमा उत्तीर्ण भएकामा छात्रातर्फ ‘फस्ट डिभिजन’ ल्याउने विमला मात्र थिइन् । 

उनले अंग्रेजी मूल विषय लिएर उच्च शिक्षा अध्ययन शुरू गरिन् । आईए रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासबाट उत्तीर्ण गरिन् । स्नातक तर्फको पढाइ अगाडि बढाउँदा उनले अध्ययनसँगै अध्यापन शुरू गरिन् ।

तम्घासको अर्जुन बोर्डिङ स्कूलमा पढाउँदै उनले आफ्नो पढाइलाई अगाडि बढाइन् । बीए पनि ‘रेगुलर’ उत्तीर्ण गरेपछि उनको विवाह भयो गुल्मीको मदाने गाउँपालिका (साविक न्यालपोखरी गाविस) का नारायणसेन वलीसँग ।

वली नेपाल टेलिकम काठमाडौंमा जागिरे थिए । विमला पनि विवाहपछि काठमाडौं गइन् । विमलाको नयाँ घर पनि उदाहरणीय पर्‍यो, पढाइको महत्त्व बुझेको । घरपरिवारसँगै बसेर एमए पढिन् । राम्रो अंक ल्याएर उत्तीर्ण भइन् । त्यहीँ बेला उनको छोरा जन्मियो ।

छोरो हुर्काउँदै उनले बाँकी रहेको ‘थेसिस’ र १ वर्षे बीएड पूरा गरिन् । त्यसपछि उनको प्राध्यापन यात्रा शुरू भयो । बुढानिलकण्ठ कलेजदेखि विभिन्न ‘प्लस टु’ र स्कूलमा पढाउन थालिन् उनी । फेरि उनलाई कानून विषय पढ्ने रूचि बढ्यो । एलएलबीमा भर्ना गरिन् । 

घरपरिवार र आफन्तले जतिखेरै दौडधुप गरिराख्नुपर्ने शिक्षण पेशा चुनौतीपूर्ण मानेका थिए । धेरै समय दौडधूप गर्नुभन्दा निजामती सेवातर्फ लाग्न उनलाई आफन्तले आग्रह गरे । आफन्तहरू पनि परराष्ट्र र स्वास्थ्य सेवामा थिए ।

पढाउन हिँडिरहनुपर्ने चुनौतीपूर्ण पेशाभन्दा सरकारी अधिकृत बन्नुपर्छ भनेर धेरैले सुझाएपछि विमलाको मनस्थिति पनि निजामतीतर्फ मोडियो ।

सबैको आग्रह र सल्लाहअनुसार विमला आफू पनि निष्कर्षमा पुगिन् – अब निजामतीतर्फ लाग्छु । छोरा पनि स्कूल जाने भइसकेका थिए । परराष्ट्र सेवातर्फ लाग्ने भनेर २०६८ सालबाट शाखा अधिकृतको तयारी थालिन् । खुलातर्फ ‘प्री–टेस्ट’ हुने भएकाले त्यो विज्ञापन उनको लागि छुटिसकेको थियो । समावेशी (महिला) तर्फ आवेदन भनिन् ।

पढाइ शुरू गरेको ४–५ महिना मात्र भएकाले शुरूमा नाम निकाल्न सकिनन् । अर्को वर्ष खुलेका सबै विज्ञापनमा आवेदन भरिन् । नेपाल आयल निगममा पाँचौ तहमा नाम निकालिन् । २ वर्ष आयल निगममा जागिरसँगै एलएलबीको पढाइ पनि पूरा गरिन् ।

फेरि उनले फड्को मार्ने क्रम शुरू भयो । न्याय सेवातर्फ २०७२ सालमा शाखा अधिकृत र न्याय सेवा र प्रशासन सेवा दुवैमा नाम निकालिन् । न्याय समूहमा छनौट भइन् । 

उनको पहिलो ‘पोस्टिङ’ उच्च अदालत बुटवलमा भयो । ५ महिना बुटवलमा काम गरिन् । त्यसपछि सर्वोच्च अदालतमा काज सरुवा भयो । सर्वोच्च अदालतको इजालसमा बसेर २ वर्ष अधिकृतको रूपमा काम गरिन् । त्यो बेला आफूले १५० भन्दा बढी फैसला लेखेको विमला सुनाउँछिन् ।

सर्वोच्चमा कार्यरत रहँदा उनले फरक–फरक न्यायाधीशसँग काम गर्ने अवसर पाउँदा धेरै अनुभव पनि बटुलिन् ।  

२०७७ सालमा उपसचिव पदका लागि न्याय, सरकारी वकिल र कानून समूहमा एकसाथ लोकसेवा लडेकी विमला ३ वटै समूहमा एकसाथ नाम निकाल्न सफल भइन् । कानून समूहमा १ मात्र सीट थियो, त्यहीँ कानून समूहको १ मात्र सीटमा उनले नाम निकालिन् । भन्छिन्, ‘कानून समूहमा १ पदका लागि ११ जनाले लिखित परीक्षामा नाम निकालेका थिए । अन्तिममा अन्तर्वार्तापछि म नै छनौट भएँ ।’

उनले कहिल्यै पनि आरक्षण सीट उपयोग गर्नुपरेन । कानून उपसचिवको रूपमा उनको पहिलो ‘पोस्टिङ’ लुम्बिनी प्रदेशसभा सचिवालयमा भयो । बुटवलमा रहँदा उनले कानून उपसचिवसँगै सहप्रवक्ता र सूचना अधिकारीको रूपमा काम गरिन् । प्रदेश सभासँगै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कानून महाशाखा प्रमुखको रूपमा पनि काम गरिन् उनले ।

झण्डै १ वर्ष प्रदेश सभामा काम गरेकी विमलाको हालै कानून आयोगमा सरूवा भएको छ । अहिले नेपाल कानून आयोगमा उपसचिवको हैसियतमा रहेर काम गरिरहेकी छन् । 

सहसचिव प्रथम श्रेणीमा आन्तरिकबाट प्रतिस्पर्धा गर्न उनको योग्यता अझै पुग्दैन । त्यसका लागि उपसचिव भएको ५ वर्ष पुग्नुपर्छ । लोकसेवाले सहसचिवमा कानून र न्याय समूहतर्फ खुला विज्ञापन एकदमै कम गर्छ । 

तैपनि उनी सहसचिवको तयारीमा छिन् । उनी सहसचिवसँगै नेपाल सरकारको मुख्यसचिव बन्ने लक्ष्यका साथ अगाडि बढेकी छन् । त्यसै न्याय सेवाबाट उच्च अदालतको न्यायाधीश बन्ने बाटो पनि विमलाका लागि खुला छ । 

यसबीचमै उनले कानून संकायबाट स्नातकोत्तर (एलएलएम) उत्तीर्ण मात्र गरिनन्, ‘ब्याच टप’ भइन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एलएलएम स्न २०१६–२०१८ को ‘ब्याच टप’ गरेकी हुन् उनले । ‘पीयू टपर’ विमला ‘गोल्ड मेडल’ पाउने तयारीमा छिन् । 

निरन्तरको लगाव, कर्मप्रतिको झुकाव, सकारात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एकपछि अर्काे सफलता मिल्दै जाने विमलाको अनुभवले बताउँछ । उनी लप्पन–छप्पन जान्दिनन् । जनताको काम हुनुपर्छ, राष्ट्रलाई ठग्नुहुन्न भन्ने मान्यता बोकेकी छन् उनले ।

‘जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ, त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाव, मेहनत र दृढता आवश्यक पर्छ,’ विमला भन्छिन् ।
 
विवाहित महिलालाई सफल बनाउन पतिको महत्त्वपूर्ण भूमिका हुने मान्यता विमलाको छ । उनी आफूले पाएको सफलताको पहिलो जस आफ्ना पति र घरपरिवारलाई दिन्छिन् । विमलाले भनिन्, ‘श्रीमान् र घरपरिवारले मनैदेखि सपोर्ट गर्नुभयो । गाउँमा हुर्किएकी चेली सबै क्षेत्रको अनुभव बटुल्दै ‘सरकारी अफिसर’ बनें ।’

उमेरले ४० टेकेकी विमला भन्छिन्, ‘सरकारी सेवामा किन जाँदैछु भन्ने कुरामा भ्रममा नपरी राष्ट्र सेवामा जाँदैछु भन्ने बुझाइ हुनुपर्छ । सरकारी सेवामा निहीत गुण हुन्छन्, त्यसैमा सन्तुष्टि लिनेछु भन्ने प्रस्ट हुनुपर्छ । कडा प्रतिस्पर्धा हुन्छ भनेर डराउने होइन । १ सीट भए भइहाल्यो, त्यो मेरो लागि हो भनेर मेहनतका साथ तयारी गरे सफल भइन्छ ।’ त्यसको लागि समय व्यवस्थापन महत्त्वपूर्ण हुने उनको भनाइ छ । विमलाको परिवार अहिले काठमाडौंमा बस्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x