×

NMB BANK
NIC ASIA

दबाबमा गठबन्धन

गठबन्धनमा निर्वाचन केन्द्रित छलफल, आजै फेरि बैठक बसेर टुंगो लगाउने

माघ १५, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । अपरान्ह ४ बजे फेरि बस्ने गरी गठबन्धनको बैठक स्थगित भएको हो । 

Muktinath Bank

नेताहरूको व्यस्तताको कारण बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको बैठकमा स्थानीय तहको निर्वाचनको बारेमा विस्तृतमा छलफलको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

‘बैठकमा निर्वाचनकै विषयमा केन्द्रित रहेर छलफल भयो । तर, छलफल अन्तिम निष्कर्षमा पुगिसकेको छैन । ४ बजे फेरि बसेर टुंगो लगाउँछौं,’ भुसालले भने । 

Vianet communication

स्थानीय तहको निर्वाचन सार्ने पक्षका रहेको गठबन्धनका नेताहरू पुनः वैशाखमै निर्वाचन गर्ने पक्षमा फर्किएका छन् । 

विशेषगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कारण निर्वाचन सार्न लागिएको भनेर सबैतिर आलोचना भएपछि नेताहरू वैशाखमै निर्वाचन गर्ने पक्ष देखिएका छन् । 

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि जुनसुकै अवस्थामा वैशाखमै निर्वाचन गर्नुपर्ने मत बलियो छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले त्यसलाई नकार्न सक्ने अवस्थामा छैनन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि वैशाखमै चुनाव गराउनुपर्ने माग गरिरहेको छ ।

संसदका दुई ठूला दलहरू वैशाखमै स्थानीय तहको  निर्वाचन गर्नुपर्ने पक्षमा भएपछि गठबन्धनलाई पनि दबाब परेको छ । 

निर्वाचन आयोगले पनि वैशाखमै चुनाव गनुपर्ने भनेर दबाब दिइरहेको छ । आयोगले एकै तहमा निर्वाचन गर्दा वैशाख १४ र दुई चरणमा निर्वाचन गर्दा वैशाख १४ र २२ को मिति प्रस्ताव गरेको छ । 

निर्वाचन सम्पन्न गराउन १२० दिनको समय चाहिने भएकाले चाँडो मिति घोषणा गर्न आयोगले सरकारलाई दबाब दिइरहेको छ । 

स्थानीय तह निर्वाचन ऐन अनुसार आगामी जेठ ५ गते अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x