×

NMB BANK
NIC ASIA

सूचना आयोगले प्रधानमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन [संक्षिप्त विवरणसहित]

माघ १८, २०७८

NTC
Sarbottam
तस्वीरः रासस
Premier Steels
Marvel

राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही संलग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम व्यवस्थापिका संसद्मा पेश गर्नका लागि मंगलवार प्रधानमन्त्री देउवा समक्ष पेश गरिएको हो ।

Muktinath Bank

सोही अवसरमा प्रधानमन्त्री देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउँदै आयोगको क्षमता विकास गर्नुपर्ने, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनामा संवेदनशील हुनुपर्नेमा जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै संवैधानिक रुपमा व्यवस्था भएको महत्त्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागिपरेको र वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को अवधिका आयोगबाट भएका काम कारवाही समेटिएको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

साथै उनले आयोगका तर्फबाट राखिएका सुझावका बारेमा पनि उल्लेख गरेका थिए । आयोगका सचिव भागिरथ पाण्डेयले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम नै आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरिएको प्रस्ट पारे । 

Vianet communication
Laxmi Bank

उक्त कार्यक्रममा आयोगका आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति थियो । 

आयोगमा यस अवधिमा सूचनाको हकसम्बन्धी ऐनको दफा १० बमोजिम सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भनी ७५३ वटा पुनरावेदन प्राप्त भएका थिए । 

त्यसरी प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित थिए भने शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित ४ प्रतिशत, कानून, न्याय र प्रशासनसँग सम्बन्धित ४ प्रतिशत रहेका थिए ।

यसरी प्राप्त पुनरावेदन आयोगले ९८.७ प्रतिशत फर्छ्योट गरेको प्रतिवेदनमा उल्लेख छ । आयोगले सूचनाको हकको संरक्षण संवर्द्धन तथा प्रचलनका लागि आयोगले ६ वटा जिल्ला क्रमशः कैलाली, सिन्धुपाल्चोक, पर्सा, कञ्चनपुर, दार्चुला र डोटीमा जिल्लास्तरीय सूचनाको हकसम्बन्धी अन्तक्रिया  कार्यक्रम सम्पन्न गरेको छ । 

पाँचवटा स्थानीय तह क्रमशः शङ्खरापुर नगरपालिका काठमाडौं, नमोबुद्ध नगरपालिका काभ्रे, थाँक्रे गाउँपालिका धादिङ, निजगढ नगरपालिका बारा र सुनापति गाउँपालिका रामेछापमा स्थानीय तहस्तरीय सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी सार्वजनिक निकायका प्रमुख, सूचना अधिकारी, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारण गरी ६९५ जनालाई सूचनाको हक कार्यान्वयनका विविध पक्षका बारेमा प्रशिक्षण प्रदान गर्नुका साथै अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको थियो । 

यस्तो छ प्रतिवेदनको संक्षिप्त विवरण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x