मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
प्यूठानमा शुक्रवार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये एकै परिवारका तीन जना परेका छन् ।
नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति बसन्त खड्का, उनकी श्रीमती बसन्ती र छोरी एलिसाको पनि मृत्यु भएको छ । खड्काका एक छोरा भने जन्तमा सहभागी थिएनन् ।
कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले दुर्घटनापछि गाउँ शोकमा डुबेको बताए । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
‘हाम्रो पार्टीको गाउँपालिका उपसभापतिसहित उहाँको परिवार दुर्घटनामा पर्यो,’ गौमुखी गाउँपालिका अध्यक्षसमेत रहेका गिरीले लोकान्तरसँग भने, ‘यस्तो बज्रपात आइलाग्यो हामीलाई आइलाग्यो ।’
गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा दुलही रिमा जिसी, दुलाहा दानबहादुर खड्कासहित अन्य घाइतेको थप उपचारको लागि बुटवल ल्याइएको छ ।
प्यूठानमा केही वर्ष अगाडि जन्ती बोकेको बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो । अहिले फेरि जन्ती बोकेको गाडी दुर्घटनाले त्यो घटनालाई सम्झाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...