×

NIC ASIA

प्रदेश सभा स्थापना भएको चार वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सभाबाट ५४ वटा विधेयक पारित भएको छ । 

Muktinath Bank

सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा गइसकेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार प्रदेश सभाले संशोधनसहित ५९ वटा विधेयक पारित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६ वैशाख २६ गते प्रदेशको राजधानी ‘विराटनगर’ टुंग्याउन सफल भएका प्रदेश १ सभाले चार वर्ष बितिसक्दा पनि नाम भने दिन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

सात वटा प्रदेशमा सबै भन्दा पहिला राजधानी टुंग्याउने पनि प्रदेश १ नै हो । तर, नाम भने दिन नसक्दा चर्को आलोचना भइरहेको छ । 

Vianet communication

चार वर्षको अवधिमा तीन मुख्यमन्त्री पाएको प्रदेशले नामको विषयमा भने आलोचना मात्रै खेप्दै आएको छ । 

दुई मुख्यमन्त्रीले नामकरणको विषयमा छिटपुट रुपमा बोले पनि एक मुख्यमन्त्रीले भने नामकरणको ना पनि उच्चारण गर्न भ्याएनन् । 

संस्थापक मुख्यमन्त्री बनेका शेरधन राईले आफ्नो कार्यकालमा नामकरण गर्न नसकेको भन्दै पछुताउँदै गत भदौ १० गते मुख्यमन्त्रीबाट बिदा भए । उनीपछि मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यलाई प्रदेशको नामकरणको विषयमा सोच्ने फुर्सदै भएन । 

मुख्यमन्त्री बनेको एक हप्ता नपुग्दै उनी अल्पमतमा परे । अल्पमतमा परेका आचार्यलाई नामकरण भन्दा पनि सत्ता जोगाउनै ध्याउन्न थियो । यद्यपि उनले आफू नेतृत्वको सरकार भने जोगाउन सकेनन् । 

त्यसपछि मुख्यमन्त्री बनेका राजेन्द्र राईले प्रदेशको नामकरण पहिलो प्राथमिकता हुने बताएका थिए । उनी मुख्यमन्त्री बनेपछि पनि नामकरणको विषयले भने प्राथमिकता पाएको छैन । 

केही दिन अघि सामाजिक विकास मन्त्री जयराम यादवको संयोजकत्वमा प्रदेश नामकरणका लागि प्रदेश १ सरकारले समिति बनाएको छ । 

नामकरणको विषयमा छलफल अगाडि बढाउने तयारी थालिएको मन्त्री यादव बताउँछन् ।  मुख्यमन्त्री राईले अब चाँडै प्रदेश सभाको बैठक बोलाएर विधेयक निर्माणका साथै प्रदेशको नामकरण प्रक्रिया अघि बढाउने तयारी भइरहेको समेत बताए ।

आफ्ना पालामा नाम राख्न नसकेका तत्कालीन मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता  भीमप्रसाद आचार्य भने सरकारले नामको विषयमा पहिला आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताउँछन् । सरकारले नामकरणको विषयमा आफ्ना धारणा सार्वजनिक गरेपछि मात्रै एमाले बोल्नेसमेत उनले बताए । 

यस्तै प्रदेशले पारित गरेका ५४ वटा विधेयकमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ११, आन्तरिक मामिला तथा कानून मन्त्रालयले १३, आर्थिक मामिला तथा योजना मन्त्रालयले १३ वटा विधेयक ल्याएको थियो । 

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५, सामाजिक विकास मन्त्रालयले ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ल्याएको ५ वटा विधेयक प्रदेश सभाले पारित गरिसकेको छ । 

‘प्रदेश सभाले गर्नुपर्ने काम गरिरहेको छ, काम गरेको छैन भन्ने अवस्था छैन,’ सभामुख प्रदीण्पकुमार भण्डारीले भने । उनले प्रदेश सभाले सोचे जति काम गर्न भने नसकेको उनी स्वीकार्छन् । नामकरणको बिषय टुंग्याउन नसक्नु कमजोरी भएको उनले बताए । 

अहिले चालु हिउँदे तथा नवौं अधिवेशनको बैठक मंसिर १ गतेदेखि बस्न सकेको छैन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ गते प्रदेश सभाबाट विश्वासको मत लिएदेखि अर्को बैठक बस्न सकेको छैन । 

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भने पनि असोज २२ गतेबाट शुरू भएको हिउँदे अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेको छैन । 

मुख्यमन्त्री राईले भने सरकार संसदलाई बिजनेस दिन तयार रहेको बताउँदै आएका छन् । सभामुख र मुख्यमन्त्री फरक–फरक पार्टीका भएकाले पनि प्रदेश सभाको बैठक अन्योलमा परेको संसद सचिवालयकै एक कर्मचारी बताउँछन् । 

तत्कालीन मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले ल्याएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ हाल प्रदेश सभामा छ । 

प्रदेश सभाले कूल ५४ वटा कानून निर्माण गरे पनि ४८ वटा नियमावली मात्रै बनेको छ । बनेका नियमावलीमध्ये १८ वटा कृषिसम्बन्धी मात्रै छ । ३० वटा अन्य ऐनसँग सम्बन्धित नियमावली बनेको हो । तर, कार्यान्वयन भने हुन सकेको छैन ।

त्यसै गरी प्रदेशमा अहिलेसम्म एउटा मात्रै संरचना निर्माण भएको छ । संसद् भवन मात्रै प्रदेश सरकारले बनाएको छ, संसद् सचिवालयदेखि मन्त्रालयसम्मका सबै भवन संघीय सरकारकै हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x