×

NMB BANK
NIC ASIA

स्थानीय चुनावको चटारो

स्थानीय निर्वाचन : बुटवलको विरासत जोगाउन एमालेले मेयरमा कसलाई सार्ला अगाडि ?

माघ २६, २०७८

NTC
तस्वीर क्रमशः गोपाल राना, बाबुराम भट्टराई, शिवराज सुवेदी र तेजेन्द्र केसी
Premier Steels

स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो ।

Muktinath Bank

सधैं नेकपा एमालेको ‘दबदबा’ रहेको बुटवलमा आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा एमालेले कसलाई अगाडि सार्ला भनेर बहस र चर्चा शुरू भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै एमालेसहित प्रमुख दलमा मुख्य पद मेयरका लागि उम्मेदवारका आकांक्षीले आन्तरिक रूपमा लबिङ शुरू गरेका छन् ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र (रूपन्देहीको २ नम्बर क्षेत्र) मा पर्छ । साविक पश्चिमाञ्चलको प्रमुख व्यापारिक, आर्थिक केन्द्र तथा प्रदेश मुकाम बुटवल राजनीतिको उर्वर भूमि हो । जसले गर्दा अब बुटवलमा मेयरको उम्मेदवारमा एमालेले कसलाई अगाडि सार्ला भन्ने बढी चासो देखिएको छ ।

Vianet communication

चिया चौतारीदेखि चोकचोकमा अब बुटवलको नेतृत्वमा को आउला ? एमालेले कसलाई उम्मेदवार बनाउला ? यस्तै चर्चा बहसको विषय बन्न थालिसकेको छ । 

नेता माधवकुमार नेपाल पार्टीबाट अलग भएपछि बुटवलमा एमालेभित्र गुटगत राजनीतिक कम छ । बुटवललाई एमालेले आफ्नो ‘किल्ला’ भनिरहन्छ । 

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

यस पटक पनि कांग्रेस–माओवादी सहितका सत्तापक्षीय दलको गठबन्धन हुने अवस्था देखिन्छ । त्यसैले एमालेलाई विगतको विरासत जोगाउने गरी लोकप्रिय उम्मेदवार छनौट गर्नुपर्ने चुनौती छ । 

यसपटक पनि एमाले आफ्नो पकड कायम गर्न चाहन्छ । मेयर सुवेदीले गत निर्वाचनमा २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्व कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो । 

उपप्रमुखमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन् । १९ वटा वडा रहेको बुटवलका १५ वडामा एमालेले वडाध्यक्षमा पनि जीत निकालेको थियो ।

२०५६ सालको तत्कालीन स्थानीय निकायको निर्वाचनमा पनि बुटवलमा एमालेको तर्फबाट मेयरमा भोजप्रसाद श्रेष्ठ र उपमेयरमा विमलबहादुर शाक्य निर्वाचित भएका थिए । श्रेष्ठ अहिले प्रदेश सांसद छन् भने, शाक्य अहिले सक्रिय राजनीतिमा छैनन् ।

आगामी स्थानीय तह निर्वाचनमा बुटवलको नेतृत्वका लागि एमालेमा मुख्यगरी ३ जना मात्र प्रमुख दाबेदार देखिन्छन् । 

आकांक्षी आधा दर्जन भए पनि एमाले युवा नेता गोपाल राना, हालका मेयर शिवराज सुवेदी र अर्का नेता बाबुराम भट्टराई मध्येबाट १ जनाले मेयरको टिकट पाउने निश्चितजस्तै रहेको एमाले जिल्ला नेताहरू बताउँछन् । पार्टीले वितरण गर्ने टिकट लिन यी ३ नेता कम्मर कसेर लाग्नेछन् ।

मेयरको आकांक्षीमा उपमेयर आचार्य, एमाले रूपन्देहीका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र केसी र एमाले केन्द्रीय सदस्य तथा जिफन्टका उपाध्यक्ष कमल गौतम पनि रहेका छन् ।

यसअघि पनि मेयर उम्मेदवारको चर्चामा रहेर अन्तिम समयमा टिकट वितरण गर्दा सुवेदीले पाएपछि पछाडि हट्नुपरेकाले राना बढी चर्चामा छन् । राना निवर्तमान जिल्ला उपसचिव पनि हुन् । २ कार्यकाल युवा इन्चार्ज, उद्योग व्यवसाय विभागको २ कार्यकाल अनुभव बटुेलका राना आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् । आफूले रूपन्देहीमा पर्यटनको आधार बसालेको उनले बताए ।

यसपटक आफू स्वतः बुटवलको मेयरको उम्मेदवार रहेको राना बताउँछन् । उनी पार्टीमा सबै तहका कार्यकर्तासँग भिजेका पनि छन् । उनी भन्छन्, ‘बुटवलको विकास गर्न मसँग साँचो भिजन छ । आगामी निर्वाचनमा बुटवलको नेतृत्वका लागि तयार छु ।’

बहालवाला मेयर सुवेदी पनि नेतृत्वमा पुनः दोहोरिन चाहन्छन् । एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष सुवेदीले अहिले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न नेतृत्वमा दोहोरिन चाहेको उनीनिकट नेताहरू बताउँछन् तर उनी आफू अहिले नै पुनः मेयरमा दोहोरिन चाहेको विषयमा बोलेका छैनन् ।

मजदुर आन्दोलनबाट राजनीतिक यात्रा शुरू गरेका सुवेदी हालै सम्पन्न एमालेको महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य बनेका छन् ।

अर्का आकांक्षी बाबुराम भट्टराईले अब बुटवलको नेतृत्वका लागि पार्टीले आफूलाई अगाडि सार्नुपर्ने बताए । सरल शैलीका नेता भट्टराई स्वास्थ्य पृष्ठभूमिका नेता हुन् । उनी एमाले जिल्ला कमिटी हुँदै अहिले प्रदेश सदस्य छन् । 

नेपाल औषधि व्यवसायी संघको निवर्तमान केन्द्रीय अध्यक्ष, एमाले केन्द्रीय स्वास्थ्य विभागको पूर्व सदस्य पनि हुन् उनी । बुटवललाई नमूना शहर र एमालेको संगठनलाई थप सुदृढ बनाउने भट्टराई बताउँछन् । युवा जोश–जाँगर बोकेका र भिजन भएका नेतामा पनि पर्छन् भट्टराई ।

बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल विक्रम संवत् २०१६ सालमा नगरपालिका बनेको थियो । बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचनमा लगातार भारी मतका साथ निर्वाचित भएर ‘ह्याट्रिक’ गरेका छन् ।

पौडेलले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका नेता तथा हाल जसपा नेता डा. बाबुराम भट्टराई भारी मतका साथ पराजित गरेपछि बुटवल साँच्चै एमालेको ‘गढ’ रहेछ भनेर देशभर चर्चा भएको थियो । 

एमाले रूपन्देहीका युवा नेता देवराज पोखरेलले एमालेबाट जितेका मेयर/उपमेयर कुनै पनि नेतालाई दोहोर्‍याउन नहुने बताउँछन् । ‘एमालेले देशभरका मेयर नदोहोर्‍याउने नीति बनाउनुपर्छ । राम्रो काम गर्ने ‘अपग्रेट’ हुने, काम गर्न नसक्नेले मैदान खाली गर्ने । जसले गर्दा पार्टीभित्र असन्तुष्टि पनि हुँदैन,’ पोखरेल भन्छन् । एमाले रूपन्देहीका अध्यक्ष केसीले पार्टीले आफूलाई उपमहानगरको मेयरमा अगाडि सारे नेतृत्व लिन तयार रहेको बताए ।

शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासमा पौडेलले रूपन्देहीलाई धेरै अगाडि बढाएका छन् । बुटवलका भौतिक पूर्वाधार लोभलाग्दा र आकर्षक छन् तर बुटवल–बेलहिया सडक समयमै निर्माण नहुँदा राजमार्ग धुलाम्मे छ । जसको असर बुटवलका जनप्रतिनिधिले भोगेका छन् ।

बुटवल पहाडी जिल्लाको बसाइँसराइको केन्द्र हो । बुटवलको जनसंख्या झण्डै २ लाख छ । सबै पार्टीले बुटवलको चुनावलाई विशेष महत्त्व दिन्छन् । एमाले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथ लागिपरेको छ भने अन्य पार्टीहरू एमालेको ‘किल्ला’ तोड्न चाहन्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x