फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
माघ २७, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गठबन्धनमा रहेका दलहरूको चर्को आलोचना भएको छ ।
विशेषगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विषयलाई लिएर सत्ता सहयात्री दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी (एस) पार्टीको भूमिकाका विषयमा कांग्रेसको बैठकमा छलफल भएको हो ।
कांग्रेसको १४औं महाधिवेशनपछि गठन भएको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बिहीवार पार्टी कार्यालय सानेपामा बसेको थियो । बैठकमा बोल्ने नेताहरूले गठबन्धनमा रहेका दलहरूले दोहोरो चरित्र देखाएको बताएका थिए ।
बिहीवारको बैठकमा नेताहरू बलबहादुर केसी, विजयकुमार गच्छदार, रमेश रिजाल, शशांक कोइराला, उमा रेग्मी, आनन्द ढुंगाना, डा. रामशरण महत, नारायण खड्का, सुनिलबहादुर थापा र जितछिरिङ लामाले आफ्ना कुरा राखेका थिए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, म्याद सकिएका भातृ संगठन, एमसीसी लगायतको विषयमा छलफल भएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
बैठकमा सभापति शेरबहादुर देउवाले नेता डा. रामशरण महतलाई एमसीसीबारे आफ्ना कुरा राख्न आग्रह गरेका डा. शशांक कोइरालाले बताए ।
एमसीसीको सन्दर्भमा पार्टी सभापति देउवा एकलौटीरूपमा अघि बढेको पार्टीभित्रै आरोप लागेपछि उनले कार्यसम्पादन समितिको बैठकमा एमसीसीबारे छलफल गराएका हुन् ।
शुरूमा देउवाले एमसीसीबारे गठबन्धनमा भइरहेको छलफल बैठकलाई जानकारी गराएर डा. महतलाई बोल्न समय दिएका थिए ।
महतले एमसीसीबारे आफ्नो भनाई राखेपछि बैठकले एमसीसी पारित गर्ने निष्कर्ष निकालेको छ । गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको डा. शशांक कोइरालाले बताए ।
‘बैठकमा एमसीसीको बारेमा विस्तृतमा छलफल भएको छ । बैठकमा बोल्ने सबैजसो नेताले एमसीसी अगाडि बढाउनुपर्ने बताएका थिए तर सबैले गठबन्धनमा रहेका दलहरूको भूमिकाको बारेमा प्रश्न उठाएका छन्,’ नेता बलबहादुर केसीले भने ।
‘सरकारमा पनि रहने र सरकारले अघि बढाउन खोजेको विषयमा असहयोग पनि गर्ने यो दोहोरो चरित्र भयो भन्ने कुरा बैठकमा आएको छ,’ उनले भने, ‘सरकारमा भएका कारण दलहरू नैतिक हिसाबले बन्देजमा छन् । उनीहरूको भूमिका पनि सोही अनुसार हुनुपर्छ भन्ने मत बैठकमा प्रकट भएको छ ।’
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि एमसीसी संसदमा लैजानुपर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । ‘संसद नै सर्वोच्च निकाय हो । एमसीसीको बारेमा नियोजित प्रचार गरेर जनतामा भ्रम छरिएको विषय संसदमा छलफल हुन पायो भने यो विषय के रहेछ भन्ने थप स्पष्ट हुन्छ । एमसीसी संसदमा लैजान कि आपत्ति ?’ महतले भने ।
सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा लैजान रोक्न नमिल्नेबारे कांग्रेसको बैठकमा छलफल भएको महतले बताए ।
कांग्रेसको बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने नेताहरूले बताएका छन् । ‘पार्टी सभापतिले सबैभन्दा पहिला आफ्नै पार्टीलाई एकजुट बनाएर लैजानुपर्यो । स्थानीय तहको चुनाव जित्न सक्ने हैसियतको बनाउनुपर्यो भन्ने कुरा बैठकमा राखेको छु,’ केसीले भने, ‘आज बोल्ने सबैजसो नेताले चुनावमा गठबन्धन गर्न नहुने विचार राखेका थिए ।’
बैठकमा बोल्ने नेताहरूले भातृ संघसंस्थालाई नेताको खल्तीबाट नचलाउन भनेका छन् । विगतमा नेताको रुचि अनुसारको व्यक्ति भातृ संघसंस्थाको नेतृत्वमा ल्याउँदा ती संस्था बिग्रिएका र आगामी दिनमा त्यसो नगर्न पनि पार्टी नेतृत्वलाई कांग्रेस नेताहरूले सुझाव दिएका छन् ।
‘नेपाल विद्यार्थी संघ (नेविसंघ) अहिले भताभुङ्ग अवस्थामा छ । हिजोको शैलीमा भातृ संगठन चलायो भने कांग्रेस शून्यमा पुग्छ । नेतृत्वले त्यसमा ध्यान दिनुपर्छ भन्ने कुरा बैठकमा आएको छ,’ केसीले भने ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा सबै नेताले बोल्न नभ्याएको कारण बैठक शुक्रवार पनि बस्ने प्रवक्ता महतले जानकारी दिए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...