×

NMB BANK
NIC ASIA

माओवादी विवाद

माओवादी बैठकमा नारायणकाजी : अध्यक्षले नै 'छाडेर जाऊ' भनेपछि सम्बन्ध गम्भीर मोडमा

फागुन २०, २०७८

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो साढे २ दशक लामो सम्बन्ध गम्भीर मोडमा पुगेको बताएका छन् ।

Muktinath Bank

राष्ट्रिय सभागृहमा शुक्रवार बसेको पार्टी केन्द्रीय समिति बैठकमा लिखित धारणा प्रस्तुत गर्दै श्रेष्ठले पार्टीभित्र दलाल पूँजीपतिहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति मौलाएको आरोप पनि लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टीमा नोकरशाही, पूँजीपति तथा दलालहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति बढेको छ,’ बैठकमा श्रेष्ठले भने, ‘नेतृत्व नै चरम व्यक्तिवादी बनेको छ ।’


Advertisment
Nabil box
Kumari

नेता श्रेष्ठले अध्यक्षले नै आफूलाई पार्टी छाड्न भनेको गुनासो समेत गरेका छन् । प्रचण्ड र आफ्नो २०५३ देखिकै सम्बन्ध गम्भीर मोडमा पुगेको उनको भनाइ थियो ।

Vianet communication

प्रचण्डले एमसीसीका सम्बन्धमा धारणा सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा ‘कसैलाई पार्टी छाड्न मन लागे नरोक्ने’ अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको सो अभिव्यक्तिपछि श्रेष्ठ पक्षधर नेताहरू असन्तुष्ट छन् ।

एमसीसी अनुमोदनका सम्बन्धमा समेत फरक धारणा राख्दै आएको समूहको नेतृत्व गर्दै बैठकमा श्रेष्ठले लिखित धारणा पेश गरेका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले भने व्याख्यात्मक घोषणासहित एमसीसी एमसीसी पारित गर्ने पार्टीको निर्णयलाई अनुमोदन गर्दै चुनावमा केन्द्रित हुन प्रस्ताव गरेका थिए ।

एमसीसी पारित भएपछि वर्तमान सत्ता गठबन्धन चुनावसम्मै जाने पक्का भएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x