×

NMB BANK
NIC ASIA

१० सहसचिव सरूवा, को कहाँ ?

फागुन २५, २०७८

NTC
Premier Steels

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सह-सचिवहरूको सरुवा गरेको छ ।

Muktinath Bank

कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयको २२ गतेको निर्णयअनुसार जेनेरल इन्जिनियरिङ समूहका ५ जना, वन समूहका २ जना र प्रशासन समूहका ३ जना सहसचिवहरूको सरुवा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त समूहमा, अतिरिक्त समूहमा रहेका शंकर पण्डित र कृष्णकुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेश प्रदेशमा सरुवा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने वन तथा वातावरण मन्त्रालयका दुर्गाबहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

Vianet communication

अतिरिक्त समूहका शम्भु कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव विष्टले बताए। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गणेशराज वस्तीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा सरुवा गरिएको छ  भने उनको ठाउँमा अतिरिक्तका प्रेमदत्त भट्टलाई पठाइएको छ ।

मन्त्रालयले वन तथा वातावरण मन्त्रालयका सहसचिव नन्दलाल रायलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय–मधेश प्रदेशको सचिवमा पठाएको छ भने त्यहाँकी सचिव विन्दुकुमारी मिश्रलाई संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा तानिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x