×

NMB BANK
NIC ASIA

स्थानीय तहको विकासमा ‘तिलोत्तमा मोडल’ !

फागुन २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel
  • विष्णुप्रसाद अर्याल

मुलुक संघीय संरचनामा गैसकेपछि पहिलोपटक वि.सं. २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय सरकारहरूले पहिलो कार्यकाल पूरा गरेर आउँदो वैशाख ३० का लागि दोस्रो निर्वाचनको मिति तोकिएको छ ।

Muktinath Bank

यसअघि केन्द्रीकृत शासकीय व्यवस्थामा रहेका स्थानीय निकायले संघीय संरचनाअनुसार स्थानीय सरकारको रूपमा काम गर्न थालेको पाँच वर्ष भयो । तर, यसअघि पनि केही हदसम्म नगरपालिकाहरूले स्थानीय स्वायत्त शासन ऐनअनुसार साविकका गाविसहरू भन्दा बढी अधिकार प्राप्त गरेका थिए । नगरपालिकाहरूलाई अहिलेको जस्तो अधिकार प्राप्त नभए पनि गाविसहरूलाई भन्दा धेरै अधिकार थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ संविधानअनुसार शासकीय व्यवस्थामा आएको परिवर्तनले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जस्तै अधिकार प्राप्त भयो । 


Advertisment
Nabil box
Kumari

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारका काम, कर्तव्य र अधिकारलाई स्पष्ट पारेको छ । स्थानीय तहले व्यवस्थापिकाको रूपमा कानून निर्माण गर्छन्, कार्यपालिकाको रूपमा सरकार चलाउँछन् भने न्यायपालिकाको रूपमा न्यायिक समितिमार्फत् न्यायिक निरूपण गर्छन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार स्थानीय तहले कार्य सम्पादन गर्दै आएका छन् । 

Vianet communication
Laxmi Bank

वास्तवमा स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । जनताको सुख, दुःखमा साथ दिने सरकारको रूपमा स्थानीय तहलाई लिने गरिन्छ । नागरिकलाई परिवर्तनको अनुभूति दिलाउने भनेकै स्थानीय सरकारहरू हुन् । त्यसैले स्थानीय सरकारलाई संघीयताको आधार स्तम्भको रूपमा लिने गरिन्छ । 

लेखक विष्णुप्रसाद अर्याल

अहिले मुलुक स्थानीय चुनावको माहोलमा छ । राजनीतिक दल तथा नेताहरू आ—आफ्ना एजेण्डा लिएर जनतामाझ गैरहेका छन् । पाँच वर्षको अवधिमा केही अपवादबाहेक धेरैजसो स्थानीय तहले राम्रो काम गरेका छन् ।

संघीय र प्रदेश सरकारका नीति, कार्यक्रम, बजेट, आयोजनाहरू समेत स्थानीय सरकारमार्फत् कार्यान्वय हुने भएकाले आमजनताहरू संघीय र प्रदेश सरकारले के गर्दैछ भन्ने कुराप्रति खास सरोकार राख्दैनन् । काम हुँदाको जस वा काम नहुँदाको अपजस स्थानीय सरकारलाई नै दिने गर्छन् । यसैले स्थानीय सरकार आफैंमा निकै महत्त्वपूर्ण, जिम्मेवार र संवेदनशील एवं जनतासँग प्रत्यक्ष जोडिएको सरकार हो । 

स्थानीय सरकारको नेतृत्वले चाहने हो भने परिवर्तन पनि सम्भव छ । सबै अधिकार प्राप्त भएकाले स्थानीय सरकारको नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन सम्भव छ । 

हामीकहाँ विकास भन्दा भौतिक पूर्वाधारलाई मात्र लिने गलत परम्परा छ । भौतिक पूर्वाधार विकासको काम गर्न ठूलो बजेट चाहिन्छ । तर, सामाजिक विकासका काम गर्न थोरै बजेट भए पनि सम्भव छ ।

स्थानीय सरकारले नीतिगत निर्णय, स्थानीय कानून निर्माण गर्दा पनि परिवर्तन आउँछ भन्ने कुराको उदाहरण रूपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रस्तुत गरेको छ । गत वर्ष मुलुकभरी नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामध्ये सर्वोत्कृष्ट हुन सफल तिलोत्तमा नगरपालिकाले पाँच वर्षमा गरेका प्रमुख कार्यहरूलाई यो आलेखमा समावेश गरिएको छ । 

तिलोत्तमा नगरपालिकाले गरेका यी कामहरू अन्य पालिकाका लागि सिकाइ समेत हुने र अब आउने नयाँ नेतृत्वले समेत आफ्नो एजेन्डा बनाउन सक्ने भएकाले तिलोत्तमाका असल अभ्यासलाई उजागर गर्न खोजिएको हो । 

तिलोत्तमा नगरपालिका स्थानीय सरकार गठन भएपश्चात मुलुकमै चर्चामा रह्यो । लामो समयदेखि स्थानीय जनप्रतिनिधि नहुँदा रोकिएका कामहरूले गति लिएपछि एक प्रकारले विकासको ठूलो लहर आयो । 

पाँच वर्षमा तिलोत्तमाले के गर्‍यो ? 

नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको माध्यमबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित रहेर २०७१ सालमा स्थापना भएको तिलोत्तमा नगरपालिका २०७३ सालमा स्थानीय सरकारको रूपमा कायम भएको हो ।

साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, मधवलिया, टिकुलिगढ र गंगोलिया गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा २०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले २०७४ असार २१ गते पदभार ग्रहण गरी कार्य प्रारम्भ गरेका थिए ।

नेकपा एमालेका तर्फबाट नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जना वडाध्यक्ष र नेपाली कांग्रेसबाट ४ जना वडाध्यक्ष निर्वाचित भएका थिए । २७ सदस्यीय कार्यपालिकामा नेकपा एमालेका तर्फबाट २४ जना, नेपाली कांग्रेसका तर्फबाट ४ जना सदस्य छन् । ९० जनाको नगर सभामा नेकपा एमालेको तर्फबाट ६९ जना, नेपाली कांग्रेसका तर्फबाट १५ जना र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट ५ जनाले प्रतिनिधित्व गरेका छन् ।

जनप्रतिनिधिले गरे वाचाअनुसारको काम 

निर्वाचनका बेला जनतासामु गरेको वाचाअनुसार नगर प्रमुख वासुदेव घिमिरेले नगरका मुख्य सडकलाई स्तरीय ग्राभेल गर्ने निर्णयमा हस्ताक्षर गरी आफ्नो कार्यभार शुरू गरेका थिए । 

त्यसयता चुनावमा जनाएको प्रतिबद्धता र घोषणापत्रअनुसार यस नगरका जनप्रतिनिधिहरूले कार्य सम्पादन गरी तिलोत्तमालाई मुलुककै एउटा नमूना नगरको रूपमा विकास गर्नुभएको छ । 

नयाँ नगरपालिका भएकोले मानवीय तथा भौतिक स्रोत–साधनको कमीलगायतका तमाम समस्या र चुनौतीबाट माथि उठेर जनप्रतिनिधिहरूले यसबीचमा जति काम गर्नुभयो, ती कामले नगरवासीको परिवर्तनप्रतिको तीव्र चाहनालाई सम्बोधन गर्न सकेको देखिन्छ । 

'समृद्ध नगर : खुसी नगरवासी'को चाहानालाई पूरा गराउने क्रममा जनप्रतिनिधि आइसकेपछि यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरू भैसकेका छन् भने कतिपय हुने क्रममा छन् । 

लोकतन्त्रलाई सामाजिक जीवनपद्धतिका रूपमा स्थापित गर्दै शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरवासीले गर्न सकून् भन्नेमा जनप्रतिनिधिहरू  सधैँ प्रयत्नशील रहँदै आउनुभएको छ । नगरमा योजनाबद्ध र प्राथमिकताका आधारमा विकास निर्माणका काम हुँदै आएका छन् । 

यहाँका जनप्रतिनिधि, कर्मचारीहरूले ‘मालिक होइन, सेवक हौं’ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रलाई आफ्नो मार्गदर्शनका रूपमा ग्रहण गरेका छन् । 

तिलोत्तमा नगरपालिकाले चलाएका विभिन्न अभियान, विकास निर्माण तथा नीतिगत निर्णय; देशभित्रका विभिन्न कार्यक्रम तथा मञ्चहरूमा नगर सरकारको प्रभावशाली उपस्थिति एवं प्रस्तुतिले राष्ट्रिय स्तरमा तिलोत्तमाको पहिचान, विश्वास र आकर्षण बढेको छ । नगर सरकारको विकास प्रयासमा प्रदेश सरकार, संघीय सरकार, विकास साझेदारहरूको साथ र सद्भाव वृद्धि भएको छ ।

‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर; सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोचका साथ ५ वर्षको आवधिक र १५ वर्षको रणनीतिक योजना निर्माण गरेर यहाँ भौतिक तथा सामाजिक विकासका कामहरू योजनाबद्ध रूपमा अघि बढेका छन् ।

कानून बनाउने, लगानी सम्मेलन गर्ने पहिलो पालिका 

तिलोत्तमा नगरपालिका स्थानीय कानून निर्माण गर्ने नेपालको पहिलो स्थानीय तह हो ।

नगरबाट सम्पादन हुने कामलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने क्रममा हालसम्म १०९ नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी भएका छन् । यस अवधिमा तिलोत्तमा नगरपालिकाले काठमाडौंबाहिर पहिलोपटक ऐतिहासिक तिलोत्तमा लगानी सम्मेलन गर्न सफल भएको छ । 

लगानी सम्मेलनमा १६ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएकोमा विभिन्न परियोजनाहरू कार्यान्वयनको चरणमा अघि बढेका छन् । 

शिक्षामा उल्लेख्य सुधार, बालमैत्री नगरपालिका  

जनप्रतिनिधि आइसकेपछि तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन अघि बढाइएका कार्यक्रमबाट आशालाग्दो नतिजा आउन थालेको छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि हुँदा विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

शुरूका दिनहरूमा नगरपालिकाको आर्थिक स्रोतबाट बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रूपैयाँ बराबरको दिवा खाजाको व्यवस्था गरिएकोमा हाल दिवा खाजा संघीय सरकारको कार्यक्रममा समावेश भएको छ । 

तिलोत्तमाले शुरू गरेको कार्यक्रम संघीय सरकारको कार्यक्रममा पर्नुले यहाँका जनप्रतिनिधहरूले असल अभ्यास गरेको तथ्यलाई पुष्टि गरेको छ । 

यहाँका सबै सामुदायिक विद्यालयहरूमा एकै प्रकारको रंगरोगन गरी चिटिक्क पारिएको छ । विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ भने दरबन्दी कम रहेका विद्यालयमा अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरिएको छ । 

नगर प्रमुख वासुदेव घिमिरेले आफूले जनप्रतिनिधिको रूपमा प्राप्त गर्ने रकमबाट नगर प्रमुख छात्रवृत्ति कोष स्थापना गरी हरेक वर्ष सबै सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएका छन् ।  सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएकोमा हाल यो कार्यक्रम संघीय सरकारको कार्यक्रममा परेको छ । 

नगरपालिकाबाट अनुदान प्राप्त गरेसँगै यहाँका सामुदायिक विद्यालयले बस सञ्चालन गरेका छन् ।  सबै विद्यालयमा स्तरीय बाल विकास कक्षा व्यवस्थापन गरिएको छ । सामुदायिक विद्यालयमा विद्यालय–नर्स कार्यक्रम सञ्चालन गरिएपछि विद्यार्थीको प्राथमिक उपचार विद्यालयमै हुने गरेको छ । 

नगरपालिकाले सामुदायिक विद्यालयको भवन, शौचालय, फूलबारी, खानेपानी, सूचना प्रविधि, कम्पाउन्ड लगायत पूर्वाधार निर्माण, शिक्षकहरूलाई तालिम, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणलगायतका क्षेत्रमा ठूलो रकम लगानी गरिसकेको छ । 

वर्षौंदेखि न्यून विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्दै लामो समयदेखि हुन नसकेको शिक्षक दरबन्दी मिलान गरिएको छ । 

वडा नं. १४ मा सिटी कलेज सञ्चालनका लागि भवन निर्माण भएको छ भने सम्बन्धनका लागि सीटीईभीटीसँग पहल भैरहेको छ । नगरलाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । 

शैक्षिक सुधारका कार्यक्रमहरूले तिलोत्तमाको शिक्षा प्रणालीमा व्यापक सुधार आएको छ । सामुदायिक र संस्थागत विद्यालयबीचको दूरी समान गर्ने जनप्रनिधिहिरूको सपना साकार हुँदै गएको छ । 

सबै वडामा स्वास्थ्य संस्था, दुई नगर अस्पताल निर्माणको क्रममा, मुलुककै पहिलो कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका 

सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई स्थापित गराउन हरेक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना भएका छन् । 

कोरोना महामारी नियन्त्रणमा निकै प्रभावकारी काम गरेर प्रशंसा बटुलेको यस नगरपालिकाले लकडाउनको बेला नगरवासीलाई राहत वितरण, क्वारेन्टाइन, आइसोलेसन सेन्टर व्यवस्थापन गर्दै हाल वडा नं. ९ केवलानीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ ।  १२ वर्षमाथिका सबै नगरवासीलाई कोरोना विरुद्धको खोप लगाउने तिलोत्तमा मुलुककै पहिलो स्थानी तह बनेको छ । 

सेमराबजार स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी र बीपी ग्राममा कम्तिमा १५ बेडको अस्पताल निर्माण गर्ने योजनाअनुरूप आनन्दवन र बीपी ग्राममा भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सेमराबजार स्वास्थ्य चौकीलाई जग्गाको स्वामित्व प्राप्त भएको छ । 

नगरवासीले रक्तसञ्चार सेवा केन्द्रबाट रगत लिएमा वार्षिक २५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ । 

नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता, गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्याल्सियम चक्कीको साथै गर्भवती र सुनौलो हजार दिनका बालबालिकाको पोषणमा सुधार ल्याउन सुत्केरीसँग उप–मेयर कार्यक्रम सञ्चालन गरिएको छ । 

आन्तरिक स्रोतमा चिकित्सक नियुक्त गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको छ भने सबै स्वास्थ्य संस्थामा सुविधासम्पन्न वातानुकूलित खोप केन्द्र निर्माण कार्य अघि बढेको छ । ७० वर्षमाथिका नगरवासीलाई घर–घरमै पुगी स्वास्थ्य परीक्षण गर्नुको साथै औषधि वितरण गरिएको छ । 

किसानलाई अनुदानै अनुदान, जग्गा बाँझो राख्न नपाइने नीति 

कृषिको लागत घटाइ कृषि कार्यमा नयाँ पुस्तालाई समेत आकर्षित गर्ने नीतिअनुरूप नगरपालिकाले कृषि उत्पादकत्व वृद्धिका लागि बिउबिजन, कृषि औजार, फलफूलका बिरुवामा अनुदान दिँदै आएको छ । 

तरकारी खेती अवलोकन गर्दै नगरप्रमुख वासुदेव घिमिरे

अनुदानलाई साना किसानको पहुँचमा पुर्‍याउन दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दूधमा रु १ रूपैंयाँ अनुदान दिने गरिएको छ । 

पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको छ । गौशालामा थप पूर्वाधार निर्माण गर्दै सामुदायिक वनहरूलाई तारबार गर्न आर्थिक सहयोग गरिएपछि छाडा चौपायाको व्यवस्थापन हुँदा किसानलाई ठूलो राहत मिलेको छ । पशु सेवा केन्द्रको विस्तार गरिनुका साथै नगरपालिकाले आन्तरिक स्रोतमा कृषि तथा पशु प्राविधिकहरू नियुक्त गरेर किसानलाई सेवा दिँदै आएको छ । 

प्राकृतिक विपत्तिबाट कृषि उपज तथा पशुपालन व्यवसायमा हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न बनाइएको ‘बाली संरक्षण कोष’ले किसानलाई राहत मिलेको छ । कृषियोग्य जमिनको खण्डीकरण रोक्न भू–उपयोग योजना कार्यान्वयन गर्दै भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरी करार खेती, सहकारी खेती र सामूहिक खेती गर्न नगरवासीलाई उत्प्रेरित गरिएको छ । 

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नगरपालिकाको नीतिले वर्षौंदेखि बाँझो रहेका जग्गामा खेती गर्ने संस्कारको विकास भएको छ । 

भौतिक पूर्वाधारमा उल्लेख्य फड्को 

जनप्रतिनिधि आउँदा नगरपालिकाको आफ्नो भवन थिएन । भाडाको घरमा नगरपालिका चलेको थियो ।

प्रशासनिक भवन कहाँ बनाउने भन्ने अन्यौल थियो । तर, नगरपालिकाको नेतृत्वले सर्वसम्मत निर्णय गरी वडा नं. ६ को कुञ्जलापुरमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । वन बाटिकामा नगरपालिकालाई नियमित आम्दानी हुने गरी होटल समेत सञ्चालन गर्नेगरी बहुउद्देश्यीय भ्युटावर निर्माण गरिएको छ । केवलानीमा निर्माण गरिएको अतिथि गृह तथा सभाहलमा हाल अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ । 

साविकका गाविस कार्यालय रहेका वडा कार्यालयहरू व्यवस्थित बनाइएको छ भने अन्य सबै वडामा सेवाग्राहीमैत्री नयाँ वडा कार्यालय भवन बनाइएको छ । कुञ्ज पार्क, तिलोत्तमा पार्क, हरियाली पार्क, बेबरी पार्क, वन बाटिका, बाउन्नकोटी लगायतका थुप्रै साना–ठूला पार्कहरूलाई व्यवस्थित बनाइएको छ । 

जनप्रतिनिधि आएपछि नगरमा खानेपानी तथा सिञ्चाइ बोरिङ, घाट तथा किरियापुत्री घर, विद्युत् पोल, ह्युम पाइप, ढल निकास तथा नाली निर्माण, सामुदायिक भवन, खेलमैदान, कबर्डहल, सार्वजनिक शौचालयहरू नयाँ निर्माण तथा पुराना संरचनाहरू स्तरोन्नति भएका छन् । यो अवधिमा ५ सय किलोमिटर नयाँ तथा पुरानो सडक कालोपत्रे गरिएको छ ।

सोही अनुपातमा सडक ग्राभेल गरिएको छ । खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनि ल्याउने काम पनि भएको छ । तिलोत्तमा रिङ्ग रोड निर्माण तथा स्तरोन्नतिको कार्य अघि बढेको छ । 

व्यावसायिक सीप विकास तालिम सञ्चालन गरिएपछि कयौं नगरवासी साना तथा मझौला व्यवसाय शुरू गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुभएको छ । काम गर्ने चाहना भएकाहरूलाई विनाधितो ऋण दिइएको छ । साना उद्योग स्थापनालाई प्रवद्र्धन गर्न वडा नं. १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण अघि बढेको छ । 

मुलुककै पहिलो पूर्ण सरसफाइउन्मुख पालिका 

नगरपालिकाले प्राथमिकता दिएको ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ अभियानले नगरलाई सफा बनाएको छ ।

जनप्रतिनिधि आएसँगै यहाँ शुरू भएको सरसफाइ अभियानले तिलोत्तमालाई मुलुककै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन सफल भएको छ । हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाइ अभियानमा नगर प्रमुख, उपप्रमुख आफैं सहभागी हुँदै आएका छन् भने टोल विकास संस्थामार्फत समुदायमा आधारित नियमित सरसफाइ हुँदै आएको छ ।

घर, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, सार्वजनिक निकायबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्ने संयन्त्रको विकास गरिएको छ । 

योगीकुटी–कोटिहवा सिक्सलेन सडक र बुद्ध सर्किटमा समुदायसँग मिलेर हरियाली प्रवद्र्धन गरिएसँगै नगरको मुहार नै फेरिएको छ । वास सहकारीसँगको सहकार्यमा सुखौरा खोलाको उकास क्षेत्रमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रममामार्फत् बालबालिकालाई माइ पकेट : माइ फस्र्ट डष्टबिनमा अभ्यस्त बनाउने अभियान चलाइएको छ ।

यो अवधारणाले आजका बालबालिका भोलि ठूलो हुँदा फोहोर जथाभावी नफाली तोकिएको ठाउँमा मात्र फाल्नेछन्, जसले नगर अझै सफा हुनेछ ।  

नगरमा उद्यमशीलताको विकासका लागि विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको छ । कोरोना महामारीका क्रममा नगरपालिका, युएनडीपी र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारीसँगको सहकार्यमा आलु बिउ वृद्धि कार्यक्रम सञ्चालन गरी नगरलाई आलुमा आत्मनिर्भर बनाइएको छ । 

नगर प्रमुख दायित्व युवा उद्यमी परिचालन कोष स्थापना गरी युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाले युवाहरूको साहस, सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलताको उच्च मूल्यांकन गदै शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पूँजीको रूपमा लिएको छ । 

नगरमा पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामहरू भैरहेका छन् । हरेक वडामा एउटा पार्क बनाउने गरी काम भैरहेको छ ।

सिक्सलेन सडकमा बुद्धमूर्ति राखिएको छ, वडा नं. १३ को सेमरीमा सेमरीमा होमस्टे सञ्चालनमा आएको छ । 

डिजिटलमैत्री नगरपालिका 

नगरपालिकामा सूचना, सञ्चार र प्रविधिमा उल्लेख्य काम भएका छन् । यसबाट नगरवासीले घरबाटै कर भुक्तानीदेखि सिफारिश लिनेसम्मका काम गर्न मिल्छ । नगरले विपद् पूर्वतयारी, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण लगायतका विषयहरूलाई समेटी विपद् प्रतिकार्य योजना निर्माण गरेको छ । 

विपद् पीडितलाई तत्काल राहत दिन ‘नगर प्रमुख विपद् व्यवस्थापन कोष’ स्थापना गरिएको छ । आगलागीका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न दमकल सेवा सञ्चालनमा ल्याइएको छ । 

नगरपालिकाले एकल महिलाको नाममा सञ्चालित व्यवसाय कर र सम्पत्ति करमा १५ प्रतिशत छुट उपलब्ध गराइएको छ ।

लैङ्गिकमैत्री नगरपालिका घोषणा कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गरिएको छ । मधेशी, पिछडा वर्ग, अल्पसंख्यक, मुस्लिम समुदाय, दलित, आदिबासी जनजाति, तेस्रोलिङ्गीलगायत विकासको मूलप्रवाहमा आउन नसकेका वर्ग समुदाय र क्षेत्रलाई नगरको विकासको मूल प्रवाहमा ल्याउन सामाजिक सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । 

न्यायिक समितिले प्रभावकारी कार्यसम्पादन गर्दा निमुखा, विपन्न, तल्लो तहका नगरवासीको न्यायमा पहुँच स्थापित भएको छ । सानातिना वादविवाद, झै–झगडा मेलमिलापकर्ताहरूले मिलाउने अभ्यास शुरू गरिएको छ । 

नगरपालिका घोषणा हुनुपूर्वका पुराना घरहरू नक्सा प्रक्रियामा नआइरहेको सन्दर्भमा जनप्रतिनिधिहरूको आगमनपछि वडावडामा शिविर चलाएर पुराना घरहरूलाई नक्सा प्रक्रियामा ल्याइएको छ । घरनक्सा पासलाई अनलाइन सिस्टममा लगिएपछि नगरवासीलाई सेवा लिन सहज भएको छ । 

नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको सार्वजनिक यातायातका साधनहरू अटो, ईरिक्सा, रिक्साको व्यवस्थापनका लागि कार्यविधि निर्माण भएको छ । वडा नं. १४ मा प्रादेशिक स्तरको बस टर्मिनल बनाउन डीपीआर निर्माण भएको छ । सोही वडामा अटोजोनको प्रस्ताव गरिएको छ । 

नगर खेलकूद विकास समितिले खेलकुदका कामहरूलाई प्रभावकारी रूपमा अघि बढाउँदा नयाँ–नयाँ खेलाडीहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । सबै वडाका खेलकुद मैदानहरू स्तरीय बन्दै गएका छन् । 

नीतिगत निर्णय र अभियानले ल्याएको परिवर्तन 

राष्ट्रिय स्तरमा तिलोत्तमालाई परिचित गराउन नीतिगत निर्णयहरूले समेत काम गरेका छन् । जन्मदिनमा कम्तिमा एउटा बिरुवा रोप्न नगरवासीलाई गरिएको आह्वानले हरियाली प्रवद्र्धनमा टेवा पुगेको छ ।

सार्वजनिक महत्त्वका कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध गरिएसँगै नगरमा पुष्पखेती फस्टाउँदै गएको छ । सार्वजनिक महत्त्वका कार्यक्रमहरू तोकिएकै समयमा शुरू गर्नुपर्ने निर्देशिकाले नगरवासीमा समयको महत्त्वलाई बुझाएको छ । 

नगरका मुख्य सडकहरूको राइट अफ वे निर्धारण गरिएसँगै सडक फराकिला हुने आधार निर्माण भएको छ । नगरले गरेका निर्णय कार्यान्वयन गर्न नगर प्रहरी परिचालन गरिएको छ । 

नगरको वस्तुगत विवरण संकलन गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण गर्न जग्गा नापचाँज, तारबार समेतका काम भएका छन् । 

नगरको स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाइएको छ भने एकीकृत बस्ती विकासको लागि ल्यान्ड पुलिङको अवधारणा ल्याइएको छ । उपभोक्ता अधिकार सुनिश्चितताका लागि निरन्तर बजार अनुगमन गरिएको छ । 

नदीजन्य पैदावारको अवैध उत्खननमा रोक्न नियमित अनुगमन गरिँदा यसबाट आन्तरिक आयमा उल्लेख्य वृद्धि भएको छ । 

प्रमुख प्रशासनिक कार्यालय परिसरमै बैंकको काउन्टर स्थापना गरी नगरपालिका कार्यालयलाई क्यासलेस बनाइएको छ ।

नगरको गान र लोगो निर्माण गरी नगरवासीलाई आफ्नो नगरप्रतिको एकताबद्ध गराइएको छ । यो नगरले आफ्नै स्रोतमा प्रदेशकै पहिलोपटक ट्राफिक लाइट व्यवस्थापन समेत गरेको छ । 

सामाजिक परिचालनको माध्यमबाट नगरको सर्वाङ्गीर्ण विकासमा टेवा पुर्‍याउन सबै वडाहरूमा गरी कुल १८९ वटा टोल विकास संस्था गठन गरिएको छ । 

टोल विकास संस्थामार्फत विकास निर्माण, जनसहभागिता, सरसफाइ, हरियाली प्रवर्द्धनलगायत नगरका हरेक अभियानहरूमा नगरवासी परिचालन हुनेगरी संयन्त्र निर्माण गरिएको छ ।

रूपन्देहीकै मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई समृद्ध र मुलुकमै नमूना बनाउन जनप्रतिनिधि, कर्मचारीहरू दत्तचित्त भएर लाग्नुभएको छ ।

यसमा सम्पूर्ण राजनीतिक दल, टोल विकास संस्था, संघ–संस्था, निजी तथा सहकारी क्षेत्र, क्लब, विद्यालय, आमा समूह, सञ्चारकर्मीलगायत सबै नगरवासीको सद्भाव, सहभागिता र सहयोग छ ।

(लेखक तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेका स्वकीय सचिव हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x