×

NMB BANK
NIC ASIA

न्यायाधीश नियुक्तिको निर्णय कार्यान्वयनमा सकस

कामु प्रन्या कार्कीलाई पहिलो गाँसमै ढुंगा, साता बित्दा पनि आफ्नै निर्णय कार्यान्वयनमा असफल !

चैत २, २०७८

NTC
Premier Steels

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश गर्ने न्याय परिषद्को निर्णय एक साता बित्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

Muktinath Bank

गत फागुन २६ गते बसेको न्यायपरिषद् बैठकले मुख्य रजिस्ट्रार कुँवरलाई न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नै नेतृत्वमा बसेको बैठकको निर्णय कार्यान्वयन गर्न सकेका छैनन् । सिफारिश अनुसार कार्कीले कुँवरलाई न्यायाधीशमा नियुक्त गरिसक्नुपर्ने थियो ।


Advertisment
Nabil box
Kumari

सोही बैठकबाट उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय पनि भएको थियो । उक्त निर्णय भने कार्यान्वयन प्रक्रियामा गइसकेको छ ।

Vianet communication

संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने भएकाले संसदीय सुनुवाइ विशेष समितिले श्रेष्ठको सम्बन्धमा उजुरी आह्वान समेत गरिसकेको छ ।

तर कुँवरलाई न्यायाधीश बनाउने निर्णय कार्यान्वयन गर्न नसक्दा कामु प्रधानन्यायाधीश कार्कीलाई 'पहिलो गाँसमै ढुंगा' भनेसरह भएको छ ।

यसअघि सर्वोच्च अदालतका तत्कालीन मुख्य रजिस्ट्रारहरू नहकुल सुवेदी, नृपध्वज निरौलालाई उच्च अदालतको मुख्य न्यायाधीश र राजनप्रसाद भट्टराईलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय दुईदेखि तीन दिनभित्र कार्यान्वयनमा आइसकेको थियो ।

तर कुँवरको हकमा भने एक साता बितिसक्दा पनि निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन चाहेनन् ।

'सर्वोच्च अदालतको मुद्दाको विषयमा मात्र म बोल्न सक्छु, उहाँ (मुख्य रजिस्ट्रार), न्यायपरिषदको निर्णय तथा त्यसको कार्यान्वयनका विषयमा केही पनि बोल्न सक्दिनँ,' प्रवक्ता पौडेलले भने, 'त्यस विषयमा सर्वोच्च अदालतको प्रशासन हेर्ने रजिस्ट्रारले बोल्न सक्नुहुन्छ कि !'

न्यायाधीशमा सिफारिश भएका कुँवरले आज (चैत्र २ गते) सम्म पनि मुख्य रजिस्ट्रारकै रूपमा काम गरेका छन् ।

उनी प्रत्येक दिन सर्वोच्च अदालत आएर मुख्य रजिस्ट्रारको हैसियतले मुद्दाको पेशी व्यवस्थापनदेखि प्रशासनिक काम समेत गर्दै आएका छन् ।

सर्वोच्च अदालतको प्रशासन शाखा समेत हेर्ने सूचना अधिकारी देवेन्द्र ढकाल उक्त निर्णय कार्यान्वयनको प्रक्रियामै रहेको बताउँछन्।

'उहाँ (मुख्य रजिस्ट्रार)लाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्ति दिने प्रशासनिक प्रक्रिया अघि बढिसकेको छ,' ढकालले लोकान्तरसँग भने, 'त्यस विषयमा आजभोलिमा नै निर्णय हुनसक्छ ।'

विगतमा मुख्य रजिस्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिश गर्ने गरिए पनि आफूलाई न्यायाधीशमा मात्र सिफारिश गर्नु एक तह घटुवासरह भएको बुझाइमा कुँवर रहेको उनीनिकट कर्मचारीहरू बताउँछन् ।

'न्यायाधीश पद मात्र स्वीकार नगर्ने, बरु मुख्य रजिस्ट्रारकै रूपमा बस्ने उहाँको अडान छ,' कुँवरसँग नियमित संवादमा रहेका एक कर्मचारीले लोकान्तरसँग भने, 'न्याय परिषदले उक्त निर्णय सच्याएर जुनसुकै उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिश गरे पनि जान उहाँ तयार हुनुहुन्छ ।'

कुँवरको अडानले कामु प्रधानन्यायाधीश कार्की दबाबमा छन् । कुँवरले नियुक्ति नलिँदा वा निर्णय सच्याउनुपर्दा कार्कीका लागि पहिलो निर्णयमा नै असफलता हात लाग्ने खतरा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x