×

NMB BANK
NIC ASIA

सरावगी एमालेमा गएको एक साता नबित्दै जसपाले भित्र्यायो वीरगञ्ज महानगरका मेयर उम्मेदवार

चैत ७, २०७८

NTC
Premier Steels

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गएको एक साता नबित्दै जसपाले मेयरका उम्मेदवारलाई पार्टी प्रवेश गराएको छ ।

Muktinath Bank

अघिल्लोपटक तत्कालीन राजपाबाट उम्मेदवारी दिएर दोस्रो स्थानमा मत प्राप्त गरेका राजेशमान सिंह जसपा प्रवेश गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरावगी १९ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुँदा सिंहले १२ हजार १ सय ६५, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३०५ मत प्राप्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

जसपा विभाजनका क्रममा लोसपा रोजेका सिंह केही समयअघि मेयरको उम्मेदवार बन्ने गरी एमालेसँग नजिकिएका थिए ।

Vianet communication

एमालेले बहालवाला मेयर सरावगीलाई नै भित्र्याएर मेयरको उम्मेदवार बनाउने भएपछि सिंह जसपा प्रवेश गरेका हुन् ।

सिंह जसपा प्रवेश गरेको तस्वीर राख्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी स्थानीय तह निर्वाचनमा जसपाले क्लिन स्वीप गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

'वीरगञ्जमा जसपा प्रवेशको लहर । स्थापित नेता राजेशमान सिंहलगायत हजारौं जना लोसपा, माओवादी आदि पार्टी परित्याग गरी जसपा प्रवेश । आगामी स्थानीय निर्वाचन जसपाले क्लिन स्विप गर्ने आंकलन र अपेक्षा,' बाबुरामले ट्विट गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x