×

NIC ASIA

सीमित ठेकेदारलाई लक्षित गरी आह्वान गरिएको लुम्बिनी अस्पतालको टेन्डर रद्द

चैत १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गर्न गरिएको टेन्डर आह्वान रद्द भएको छ । ५ अर्ब रूपैयाँमा बन्न लागेको सुविधासम्पन्न अस्पताल भवनको टेन्डर रद्द भएको हो । 

Muktinath Bank

प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका इन्जिनियर गिरीराज पौडेलले सार्वजनिक खरिद ऐनको दफा २६ अनुसार टेन्डर रद्द गर्नुपर्ने अवस्था आएको लोकान्तरलाई जानकारी दिए । ‘अरू कुरा पछि गरौँला अहिले तपाईं टेन्डर रद्द भएको मात्र बुझ्नुहोस्,’ इन्जिनियर पौडेलले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश गौरवको आयोजनाअन्तर्गत बन्न लागेको अस्पतालको सुविधासम्पन्न भवनका लागि सीमित कम्पनीले मात्र सहभागी हुन पाउने गरी टेन्डर गरिएपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

लोकान्तरले चैत ९ गते ‘५ अर्बको अस्पताल भवन ठेक्कामा अनियमितताको गन्ध, सीमित ठेकेदारलाई लक्षित गरी टेन्डर !’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

Vianet communication

प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले रसुवा कन्सट्रक्सन र शर्मा एण्ड कम्पनीलाई ठेक्का दिलाउने गरी टेन्डर आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका थिए । 

गत फागुन ८ गते पूर्वाधार प्राधिकरणले टेन्डर आह्वान गरेको थियो । प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार एक हजार २०० शय्याको १० तले अस्पताल भवनको माथि हेलिप्याडसमेत रहनेछ । हेलिप्याडबाट सीधै इमर्जेन्सीमा झर्ने लिफ्टसमेत बन्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x