×

NIC ASIA

पहिले बाटो बिराएको स्वीकार्दै कमल थापाले भने- अब गल्ती गर्दिनँ

चैत २१, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् ।

सोमवार राप्रपा नेपाल रामेछाप जिल्ला समितिले मन्थलीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतमा जनमुखी हुन नसकेको र संगठनमुखी नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सत्ता केन्द्रित फोहरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने वाचा पनि गरेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

उनले राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको समेत स्पष्ट पारे । 

Vianet communication

नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनाउने खेलअनुसार काम भइरहेको भन्दै थापाले ठूला भनिने दलहरू मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए ।

भ्रष्टाचार ,बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला आएको भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे । 

धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्वतर्फ जानेमा समेत थापाको चिन्ता थियो । 

राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा सम्बर्द्धनवाद, सुशासन ,हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे । 

कार्यक्रममा पार्टीका उपाध्यक्ष लाक्पा तामाङ र महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल आगामी दिनमा मुलुकको बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । जिल्ला अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x