×

NMB BANK
NIC ASIA

अर्थतन्त्र सवलीकरणमा गगन थापाको चासो : निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने प्रतिबद्धता

चैत २२, २०७८

NTC
Premier Steels

अर्थतन्त्र संकटमा परिरहेको विश्लेषण भइरहेको समयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरोकारवाला निकायहरूसँगको छलफललाई तीव्रता दिएका छन् । 

Muktinath Bank

महामन्त्री थापाले सोमवारमात्रै पनि नियार्तमूलक उद्योगलाई संरक्षण गर्नका लागि निर्यात व्यवसायीहरूसँग छलफल गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलका क्रममा महामन्त्री थापाले सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यात मूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

मुलुकमा व्यापार घाटा बढिरहेको बेला थापाले स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिरहेको बताए ।

Vianet communication

फेडेरेसन अफ नेपाल एक्सपर्ट एसोसिएसनका अध्यक्ष पवन कुमार गोल्यानले सोमवार महामन्त्री थापालाई नीतिगत सुधार गनुपर्ने विषयमा लिखित अनुरोध पेश गरेका थिए । एसोसिएसनको सुझाव ग्रहण गर्दै थापाले कांग्रेसले स्वदेशी उद्योग संरक्षणको नीति लिने प्रतिवद्धता व्यक्त गरे ।

सरकार निर्माणको क्रममा रहेकाले मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउन कांग्रेसले पहल गर्ने बताए । 

‘स्वदेशमा उत्पादन गर्न सकिने वस्तुको सूची तयार गरेर निर्यात निरुत्साहित गर्नुपर्ने छ,’ थापाले सुझाव ग्रहण गर्दै भने, ‘सरोकारवालासँग छलफल गरेर नीतिगत निर्णय गर्न पहल गर्छौं ।’ 

थापाले आगामी बजेटमा राख्नुपर्ने विषयको बारेमा विभिन्न पक्षसँग छलफल तथा सुझाव लिने काम गरिरहेका छन् । 

नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनको घोषणा पत्र तयार गर्ने जिम्मेवारी पाएका थापाले कांग्रेसले लिने नीतिको बारेमा पनि व्यवसायीसँग सुझाव लिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिले मन्त्री विहीन छ । व्यवसायीहरुले कांग्रेसका महामन्त्री थापालाई आयात प्रतिस्थापन गर्न आगामी वर्षको बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने विषयको बारेमा समेत लिखित सुझाव दिएका छन्

निर्यात व्यवसायीहरुले निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने नीति बनाउन माग गरेका छन् । 

निर्यातजन्य उद्योगको विकास गरी निर्यातलाई प्रवद्र्धन गर्ने नीति ल्याउन आग्रह एसोसिएसनका अध्यक्ष गोल्यानले आग्रह गरे । 

स्वदेशमा उपलब्ध कच्चा पदार्थ लाई प्रयोग गरी उत्पादन गरेको वस्तुको अपेक्षित रुपमा निकासी हुन नसकेको बताउँदै सुधार ल्याउन सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष गोल्यानले माग गरे । 

स्वदेशमा उत्पादनको वृद्धि गरी त्यसको पहुँच विदेशी बजारमा पुर्‍याउन साना तथा ठूला निर्यातजन्य उद्योगले सघाउ पुर्‍याएको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले महामन्त्री थापा समक्ष बुझाएको माग पत्रमा सरकारले जैविक कृषि उपजलाई प्राथमिकता दिने नीति अवलम्वन गर्नुपर्ने, उच्च दरमा आयात महसुल तथा एन्टी डम्पिङ करको व्यवस्था गर्नुपर्ने, दुर्गम स्थानमा उत्पादन भएको कृषि उपज तथा वन पैदावारमा ढुवानी अनुदानको व्यवस्था गर्नुपर्ने, बजारीकरणको व्यवस्था गर्न माग गरेका छन् । 

जडिबुटी उद्योग स्थापना गर्न प्रोत्साहित गर्न उद्योगीले माग गरेका छन् । त्यसैगरी, शीत भण्डारको स्थापना गर्नुपर्ने, सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रदान गर्ने व्यवस्था हुनुपर्ने, अनुदान नगदको रुपमा नदिई वस्तुको रुपमा नै दिने व्यवस्था गर्नुपर्ने, निर्यातमा उपयुक्त रुपमा अनुदान दिनुपर्ने, नेपाली पहिचानको ट्रेडमार्क दर्ता गर्नुपर्ने, नेपाल जडिबुटी विकास बोर्ड गठन गनुपर्ने माग अघि सारेका छन् । 

स्वदेशमा भएको उत्पादन लाई प्रवद्र्धन गर्नको लागि विदेशी उत्पादन भन्दा स्वदेशी उत्पादन २० प्रतिशत सम्म महङ्गो भएपनि खरिद गर्ने बानी बसाल्नुपर्ने,  नेपालमा सञ्चालित संस्थागत बजार, सुपरमार्केट, मिनी मार्केटहरू, भाटभटेनी जस्ता सुपरस्टोरहरूले अनिवार्य रुपमा बिक्रीका लागि राखिएका सामानमा कम्तिमा २० प्रतिशत सामान नेपाली उत्पादन भएको हुनुपर्ने विषयमा नीतिगत व्यवस्था गर्न अनुरोध गरेका छन् । 

त्यसैगरी, सरकारबाट हुने खरिदमा अनिवार्य रुपमा नेपाली उत्पादन उपलब्ध भएसम्म खरिदको ५० प्रतिशत सम्म स्वदेशी नै खरिद गर्नुपर्ने, सैनिक, पुलिस, एपिएफ, निजामती कर्मचारीहरुले प्रयोग गरिने पोशाक र खानेकुराहरु स्वदेशी उपलव्ध भएसम्म अनिवार्य रुपमा स्वदेशी नै खरिद गरिनु पर्ने एसोसिएसनको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x