×

NMB BANK
NIC ASIA

ऋणको भुमरीमा राष्ट्रिय ध्वजाबाहक

एयर बसको किस्ता ३ वर्षदेखि ठप्प, ऋण तिर्न निगमसँग छैन कुनै योजना

चैत २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

​नेपाल वायुसेवा निगमले एयरबसको जहाज किन्दा लिएको ऋणको किस्ता ३ वर्षदेखि ठप्प छ ।

Muktinath Bank

निगमले हरेक ३/३ महिनामा ऋणको किस्ता तिर्नुपर्ने भए पनि चैत २०७५ गतेपछि १ किस्ता पनि बुझाएको छैन । निगमले चैतमा बुझाउनुपर्ने यस्तो किस्ता १२औं हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमले ऋण तिर्न नसकेपछि ब्याजलाई पुँजीकरण गर्दै जाँदा ३२ अर्ब रुपैयाँ ऋणको भारी बढेर करीब ४७ अर्ब रुपैयाँ पुगेको छ । निगमले समयमा नै ऋणको किस्ता तिर्न नसक्दा ब्याजकै कारण मात्रै निगमलाई १५ अर्ब रुपैयाँको भारी थप भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

निगमले तिर्नुपर्ने ऋणबारे ऋणदाता निकाय कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले अर्थ मन्त्रालयमार्फत दबाब पनि दिन थालेको भए पनि ऋण तिर्न कुनै योजना बनाएको छैन ।

Vianet communication
Laxmi Bank

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दबाब बढाइरहेको बताउँछन् । 

अध्यक्ष अधिकारी ऋणको किस्ता घटाउन नसकेको भए पनि राम्रोसँग सञ्चालन गर्ने लयमा निगम गएको दाबी गर्छन् । हालसम्म कर्मचारीलाई तलबभत्ता खुवाउन समस्या नभएको अधिकारीको भनाइ छ । 

अधिकारी भन्छन्, ‘निगमले लिएको ऋणको ब्याजदर नै महंगो छ । यस्तो महंगो ब्याज विश्वकै कुनै पनि वायुसेवाले तिर्नु नपर्ने र नेपाली वायुसेवालाई मात्रै चर्को ब्याजदरमा ऋण दिइएको छ ।’

निगमले ऋणको ब्याज घटाउन पनि आग्रह गरेको छ । ऋणदाताले पनि महंगो ब्याज पाइन्छ भन्दैमा तिर्ने आधार नै नबनाई हतारहतार गरेर ऋण दिएको र पछिल्लो समय अवस्था असहज हुँदा किस्ता रोकिएको उनले बताए । निगमले ऋण तिर्ने योजना बनाउँदै गरेकाले अबको केही महिनापछि नियमित किस्ता तिर्ने आधार हुने दाबी अधिकारीले गरेका छन् । 

निगमका अनुसार साउदी अरेबिया उडान शुरू भएपछि आम्दानीको स्रोत बढ्छ, त्यसपछि ऋणको किस्ता पनि घटाउन सकिन्छ भन्ने हो । निगमले १५ अप्रिलबाट साउदी अरबको उडान शुरू गर्दैछ । निगमले शुरूमा साताको २ वटा र केही समयमा हरेक हप्ता ३ वटा उडान गर्ने गरी योजना बनाइरहेको छ ।

निगमले ऋणको किस्ता घटाउने विषयमा अहिले नै कुनै ठोस योजना तय नभएको अधिकारीले बताए । उनका अनुसार किस्ता घटाउने र नियमित गर्ने विषयमा पर्यटन मन्त्रालयमार्फत आवश्यक समन्वय गरिदिन आग्रह गरिएको छ । हालसम्म ठोस कदम यही नै हुन्छ भनेर अहिले नै भन्न नसकिने निगमका कार्यकारी अध्यक्ष अधिकारको भनाइ छ ।

सञ्चालक समितिबाट निर्णय गराएर ऋण असुली गर्ने तयारीमा ऋणदाता

वायुसेवा निगमले लामो समयदेखि ऋणको सावा–ब्याज नतिरेको र योजना समेत पेश गर्न नसकेपछि सञ्चालक समितिबाटै निर्णय गरेर असुलीको उपाय अपनाउने तयारीमा ऋणदाता छन् । 

निगमलाई जहाज किन्नमा २२ अर्ब रुपैयाँ लगानी गरेको कर्मचारी सञ्चयकोषलाई मात्रै तिर्नुपर्ने रकम अहिले करीब ३० अर्ब रुपैयाँ पुगेको छ । १२ अर्ब रुपैयाँ लगानी गरेको नागरिक लगानी कोषलाई तिर्नुपर्ने रकम पनि १७ अर्ब रुपैयाँ पुगिसकेको छ । यो रकम उठाउन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ३ महिनाअघि नै अर्थ मन्त्रालयलाई गुहारिसकेका छन् ।

अर्थले अहिलेको अवस्थामा निगमको ऋण तिर्न लगानी गर्न नसक्ने र सरकारले सहयोग गर्न नसक्ने भन्दै पन्छियो । अर्थ मन्त्रालय पन्छिएपछि ऋणदातालाई आफ्नो ऋण उठाउनुपर्ने तनाब बढेको छ ।

वायुसेवा निगमको सम्पत्ति लिलामी गरेर ऋण उठाउने कि सरकारकै सहयोगको अपेक्षा गर्नेमा भने अझै ऋणदाताले निर्णय गरिसकेका छैनन् । सरकार जमानी बसेर लगानी भएको यस्तो ऋण उठाउन सरकारले नै पहल गरिदिनुपर्ने भन्दै दुवै ऋणदाता सरकारकै सहयोगको अपेक्षामा पनि छन् ।

निगमबाट ऋण उठाउन कर्मचारी सञ्चय कोषले असुली कार्यविधि संशोधन नै गरिसकेको छ । अब सञ्चालक समितिबाट निर्णय गरेरै अगाडि बढ्ने विषयमा आवश्यक पहल भइरहेको कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जितेन्द्र धितालले बताए । उनका अनुसार निगमले ऋण नतिर्दा कोषको ब्यालेन्स सिट नै बिग्रन्छ ।

महालेखा परीक्षकले पनि ऋण असुली नगरेको विषयमा प्रश्न उठाइरहेको छ । सरकारले असारसम्ममा कुनै व्यवस्था गर्ने अपेक्षा पनि गरिएको धितालले बताए ।

 ऋण असुलीको उपाय तत्काल नआए सरकार र नागरिक लगानी कोषसँग समन्वय गरेर कर्मचारी सञ्चय कोषले संयुक्त निर्णय गर्न सक्ने जानकारी पनि धितालले दिए । ऋण असुली गर्ने विषयमा आफूहरू गम्भीर भएको र कुनै निर्णय गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले पनि निगमले ऋण तिर्ने योजना पेश नगरेको र किस्ता पनि ३ वर्षदेखि नआएको विषयमा गम्भीर छलफल भइरहेको बताए । उनका अनुसार निगमले साउदी अरेबियामा उडान शुरू भएपछि किस्ता नियमित तिर्ने प्रतिबद्धता दिएको छ तर ऋणको किस्ता आउने विषयमा भने भरपर्दो आधार निगमले पेश गर्न नसकेको पनि सिलवालले जानकारी दिए ।

टायर पड्किएको जहाज अझै अलपत्र, ४ दिनपछि यात्रुको उद्धार

निगमको जहाज थाइल्यान्डमा उड्नै लाग्दा २ वटा टायर एकैपटक पड्किएर शुक्रवारदेखि उतै थन्किएको छ ।

निगमको एक न्यारोबडी जहाज शुक्रवार साँझ काठमाडौं उड्ने क्रममा धावन मार्गमा गुड्दै गर्दा २ वटा टायर पड्किएको छ ।

टायर फेरेर तुरुन्तै यात्रुलाई काठमाडौं ल्याउने भनेर निगमले पर्खाउँदा–पर्खाउँदै ४ दिनसम्म टायर फेरिएन । १५५ जना यात्रु थाइल्यान्डको सुवर्णभूमि एयरपोर्टमै अलपत्र परेपछि निगमले सोमवार साँझ वाइडबडी जहाज पठाएर यात्रु काठमाडौं ल्याएको छ तर पड्किएको टायरको अझै मर्मत नहुँदा जहाज कहिले काठमाडौं आउने भन्ने नै अनिश्चित भएको निगमका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार जहाजको टायर पड्किएर उडान नभएपछि तुरुन्तै मर्मत गर्न काठमाडौंबाट इन्जिनीयर जानुपर्ने थियो वा उतैको इन्जिनीयरलाई छिटो बनाउन भन्नुपर्ने थियो । निगमको जहाजको टायर मर्मत गर्न एरो थाइको इन्जिनीयर प्रयोग भएको थियो । जहाजको टायर मर्मत गरेपछि फेरि ब्रेक भाँचिएको भन्दै थाइको इन्जिनीयरले जहाज तयार नभएको बताएको निगमले जानकारी दिएको छ ।


निगमका अनुसार जहाज खरिद गर्दै ‘ब्रेक फ्यान’ छैन । ब्रेकलाई चिसो बनाइराख्न आवश्यक पर्ने ब्रेक फ्यान प्रयोग नगरी निगम व्यवस्थापनले जहाज किन्नु उतिबेलै गल्ती भएको थियो । त्यसको सजाय अहिले भोग्नुपरेको निगमका अधिकारीको भनाइ छ । ब्रेक फ्यान नहुँदा जहाज अवतरण गरेर ब्रेक चिसो नभएसम्म उड्न मिल्दैन भने आकस्मिक ब्रेक लगाउँदा बढी तात्ने समस्या हुन्छ ।

यसको समस्या नै जहाजको ब्रेक चिस्याउन उपकरण जडान नहुनु भएको निगमको भनाइ छ ।

निगमका अनुसार जहाज शुक्रवारदेखि नै थन्किएको भए पनि निगमले आइतवार मात्रै काठमाडौंबाट पांग्रा पठाएको थियो तर भन्सार चाँजपासका कारण ढिलो भएर सोमवार मात्रै मर्मत भएको थियो । पांग्रा मर्मत भए पनि फेरि ब्रेक चाहियो भनेपछि अब अर्को प्रक्रियामा जानुपरेका कारण जहाज अड्किएको निगमको भनाइ छ ।

निगमका एक उच्च अधिकारीका अनुसार इन्जिनीयरिङ विभागको कमजोरीका कारण जहाज थाइल्यान्डमा अलपत्र परिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x