×

NMB BANK
NIC ASIA

रामकुमारी झाँक्रीको गृहजिल्लामा एकीकृत समाजवादीलाई बेवास्ता, पालिका अध्यक्ष दिन आनाकानी

चैत २४, २०७८

NTC
Premier Steels

गुल्मीमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई बेवास्ता गरी चुनावी गठबन्धनमा स्थानीय तह बाँडफाँट गरिएको छ ।

Muktinath Bank

१२ पालिका रहेको गुल्मीमा ८ पालिका नेपाली कांग्रेस र ४ पालिका नेकपा माओवादी केन्द्रले लिने तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मीमा १० गाउँपालिका र २ नगरपालिका छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले १२ पालिकामध्ये ८ वटा कांग्रेस र ४ वटा माओवादीले लिने गरी मोटामोटी रूपमा बाँडफाँट टुंगिएको लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

गठबन्धनका २ दलले पालिका नेतृत्व पाउने भएनन् नि भन्ने प्रश्नमा बरालले लोकान्तरसँग भने, ‘होइन । प्रमुख मात्र कहाँ हो र ? उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समिति लगायत पनि पदहरू छन् । त्यहाँ उहाँहरूलाई दिइन्छ नि ! गठबन्धनमा कसैलाई अप्ठ्यारो हुँदैन ।’ 

Vianet communication

बरालले थपे, ‘बाँडफाँट गरिएकामध्ये मालिका गाउँपालिका माओवादी केन्द्रले लिने विषय टुंगो लागेको छ । अन्य पालिका बाँकी छ । जिल्लाका १२ वटै पालिका गठबन्धनका उम्मेदवार भारी मतका साथ जित्छन् ।’

माओवादीले चन्द्रकोट, रुरु र मदाने गाउँपालिका पनि मागेको छ । गुल्मीमा नेकपा एमाले बलियो छ । गुल्मीमा एमाले प्रभावशाली नेताहरू उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट छन् ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि गुल्मीकै हुन् । 

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस र माओवादीले नेतृत्व लिने मोटामोटी टुंगो लागेको बताए । एकीकृत समाजवादीलाई सम्मानजनक स्थान दिइने उनले बताए ।

कुनै पनि पालिका अध्यक्ष/प्रमुख नेकपा एस र जसपालाई नदिएपछि असन्तुष्टि बढ्ने देखिएको छ । नेकपा एकीकृत समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारीले शक्ति सन्तुलनको हिसाबले आफूहरूलाई एउटा पालिकाको नेतृत्व दिनुपर्ने बताए ।

‘गठबन्धन भनेको लिन र छाड्न दुवै गर्न तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो शक्तिलाई कमजोर ठान्न हुँदैन । अरु कुरा अन्तिम निर्णय आएपछि भनौंला ।’ जसपा र नेकपा एसलाई विभिन्न पालिकाका वडा दिने गरी छलफल भइरहेको पन्थीले संकेत गरे । 

गत निर्वाचनमा गुल्मीमा एमालेले रेसुंगा र मुसिकोट नगरपालिकासहित ७ वटा पालिकामा जीत हासिल गरेको थियो । कांग्रेसले ४ र माओवादी केन्द्रले एउटा पालिकामा मात्र जीत निकालेको थियो । 

जनता समाजवादी पार्टी रुपन्देहीका नेता पंकज राईले निषेधको गठबन्धन ठीक नहुने बताए । गुल्मीमा एमालेले एक्लै चुनावी तयारी थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x