×

NMB BANK
NIC ASIA

उम्मेदवारको खोजी

आकांक्षी धेरै हुँदा एमालेलाई उम्मेदवार सिफारिस गर्न सकस

३ महानगरमा मात्रै सिफारिस भयो उम्मेदवार, छलफलमै छन् ३ महानगर र ८ उपमहानगर

चैत २७, २०७८

NTC
Premier Steels

नेकपा एमालेले वैशाख ३० गते हुने निर्वाचनको लागि ३ महानगरपालिका र ३ उपमहानगरपालिकामा मात्रै उम्मेदवार सिफारिस गरेको छ ।

Muktinath Bank

एमालेले उपमहानगरपालिकाको उम्मेदवार प्रदेश कमिटीबाट र महानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीबाट टुंगो लगाउने विधि तय गरेको छ । त्यसका महानगर कमिटीले जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्रीय कमिटीमा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभरका ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकामा उम्मेदवार हुन योग्य व्यक्तिको नाम जिल्ला कमिटीमा सिफारिस भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौं, पोखरा र वीरगञ्जमा धेरै आकांक्षी हुँदा एमालेलाई उम्मेदवार चयन गर्न सकस परिरहेको एमालेका स्थानीय नेताहरू बताउँछन् । 

Vianet communication

काठमाडौंमा छलफल हुँदै

राजधानी शहर रहेको काठमाडौं महानगरपालिकामा भने मंगलवारसम्म मात्रै मेयरको सम्भावित उम्मेदवार टुंगो लाग्ने भएको छ ।

काठमाडौंमा वडा तहको उम्मेदवार छनौटको लागि छलफल शुरू भएको र मंगलवारसम्ममा मेयरको दाबेदार सिफारिस भएर आउने सम्भावना रहेको एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बताए । 

काठमाडौं महानगरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य फेरि दोहोरिन चाहेका छन् । त्यसबाहेक, बागमती प्रदेशका सांसद केशव स्थापित पनि मेयरको टिकटको लबिङमा छन् । बागमती प्रदेशको मन्त्री भइसकेका स्थापित २०५४ मा काठमाडौं महानगरको मेयर भइसकेका व्यक्ति हुन् । उनी फेरि काठमाडौंको मेयर हुन खोजेका छन् । 

राजधानी शहरको मेयर हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठा हुने भएकाले पनि काठमाडौंको मेयरमा केन्द्रीय नेताहरूको ध्यान जाने गरेको छ । 

यससँगै, एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद कृष्ण राईको नाम पनि सम्भावित मेयरको उम्मेदवारको रुपमा चर्चामा छ । उनी एमाले काठमाडौं जिल्ला कमिटीका पूर्व अध्यक्ष पनि हुन् । त्यसबाहेक, काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको नाम पनि काठमाडौंको मेयरको उम्मेदवारको रुपमा चर्चामा रहेको छ ।

ललितपुरमा फेरि व्यञ्जनकार

एमालेले ललितपुर महानगरपालिकामा फेरि हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवारमा अघि सार्ने भएको छ । २०७४ को निर्वाचनमा उनी कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनसँग ३२९ मतान्तरले पराजित भएका थिए । 

एमालेको ललितपुर महानगर कमिटीले व्यञ्जनकारको नाम सर्वसम्मतरूपमा जिल्ला कमिटीमा सिफारिस गरेको हो । उनीसँग उपमेयरमा भने आस्था शाक्य र सरस्वती खड्काको नाम सिफारिस भएको छ । शाक्य ललितपुर महानगर कमिटी अध्यक्ष पनि हुन् । 

भरतपुरमा सुवेदी सर्वसम्मत

अघिल्लो चुनावमा सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा एमालेले सर्वसम्मत रुपमा नाम सिफारिस गरेको छ । भरतपुरको मेयरको उम्मेदवारको लागि विजय सुवेदीको नाम सिफारिस भएको हो । 

उनी अहिले एमालेको बागमती प्रदेश कमिटीका सचिव छन् । सुवेदीले तीन कार्यकाल एमालेको चितवन जिल्ला कमिटी अध्यक्ष भएर काम गरेका थिए । बागमती प्रदेश सभा सदस्य समेत रहेका सुवेदीले अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएर काम गरेका थिए ।

अघिल्लो पटक भरतपुरमा एमालेले देवी ज्ञवालीलाई उम्मेदवार बनाएको थियो । त्यसबेला उनी कांग्रेस र माओवादीको साझा उम्मेदवार रेणु दाहालसँग पराजित भएका थिए । यसपटक एमालेले चितवनमा विगतको पीडा बिर्साउने तयारीका साथ सर्वसम्मतरूपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ ।  

विराटनगरमा केन्द्रीय सदस्यदेखि महानगर अध्यक्षसम्म

एमालेको विराटनगर महानगर कमिटीले ५ जनाको नाम मेयरको उम्मेदवारमा सिफारिस गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्यद्वय कृष्ण बस्नेत (पर्शुराम) र महेश भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सम्भावित मेयरको उम्मेदवारको लागि सिफारिस भएको छ ।

त्यसैगरी, महानगर कमिटीले उप-प्रमुखमा प्रदेश कमिटी सदस्य विमला घिमिरे दाहाल, जिल्ला सदस्य अन्जु उपाध्याय र महानगर कमिटी उपाध्यक्ष शिल्पा कार्कीको नाम सिफारिस गरेको महानगर अध्यक्ष सागर थापाले बताए ।

पोखरामा मंगलवार मात्रै उम्मेदवार सिफारिस हुने

एमालेको पोखरा महानगर कमिटीले भने आगामी मंगलवार मात्रै मेयर र उपमेयरको सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । 

पोखरामा एमालेबाट अहिलेका मेयर मानबहादुर जिसी नै मेयरमा दोहोरिन चाहेका छन् । एमालेको कास्की जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरूङ अहिले वडा अध्यक्ष र सदस्यको मात्रै उम्मेदवार सिफारिस भएर आएको बताए । महानगरपालिकाको भने सोमवार मात्रै सिफारिस हुने उनले जानकारी दिए । 

वीरगञ्जमा सरावगीको सम्भावना

एमालेको वीरगञ्ज महानगर कमिटीले सोमवार मात्रै उम्मेदवार सिफारिस गरेर नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

महानगर कमिटीको बैठक सोमवार बसेर उम्मेदवार सिफारिस गर्ने तयारी रहेको कमिटीका उपाध्यक्ष महेश दासले बताए । वीरगञ्जमा भर्खरै एमाले प्रवेश गरेका विजय सरावगी मेयरका प्रमुख दाबेदार हुन् । वीरगञ्जमा एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको लागि छलफल गरिरहेको छ । 

३ उपमहानगरमा मात्रै उम्मेदवार सिफारिस

देशभरमा रहेका ११ वटा उपमहानगरमध्ये आइतवार साँझसम्म जनकपुरधाम, धरान र इटहरी उपमहानगरपालिकाको मात्रै उम्मेदवार सिफारिस भएको छ । 

एमालेको उपमहानगर कमिटीले सम्भावित उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । ​

जनकपुरधाममा व्यापारी उम्मेदवार

नेपाल एमालेले जनकपुरधाम उपमहानगरपालिकामा व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार सिफारिस गरेको छ । शिवशंकर साह एमालेको मधेश प्रदेश कमिटीका सदस्य हुन् । उनी यसअघि जनकपुर उद्योग वाणिज्य संघको अध्यक्ष थिए भने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष भएका थिए । एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय उपाध्यक्ष छन् । 

उनी मधेश आन्दोलनमा सहभागी हुँदै राष्ट्रिय जनता पार्टी नेपालमा आवद्ध थिए । त्यसबेला पनि उनी जनकपुरधाम उपमहानरपालिकाको मेयरका दावेदार थिए । उक्त पार्टीमा टिकट नपाएपछि उनी चार वर्ष अघि एमाले प्रवेश गरेका थिए । उनी एमालेमा स्थायी कमिटी सदस्य रघुवीर महासेठ निकट मानिन्छन् ।

धरानमा ११ जनाको नाम सिफारिस

धरान उपमहानगरपालिकामा एमालेले मेयरका आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । त्यसैगरी, उपमेयरमा ६ जनाको नाम सिफारिस गरिएको हो । 

एमालेको धरान उमहानगर कमिटीले मेयरको उम्मेदवारको पहिलो नम्बरमा हाल उपमेयर रहेकी मञ्जु भण्डारीको नाम सिफारिस गरेको छ भने पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको नाम दोस्रोमा छ । 

यस्तै विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको एमालेको धरान जिल्ला कमिटी अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । 

उनका अनुसार एक केन्द्रीय सदस्य, सात जना प्रदेश समिति सदस्य, तीन जिल्ला सदस्य तथा एक जना पूर्वजिल्ला सदस्यको नाम मेयर उम्मेदवारका लागि सिफारिस भएको हो । 

उपमेयरमा सुशीला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस गरिएको छ ।

१० बुँदे सहमति पक्षधरको राम्रो प्रभाव रहेको मानिने धरानमा ओलीनिकट मञ्जु भण्डारी र उपमेयरमा १० बुँदेतर्फका पदम इस्बो लिम्बुलाई उपमेयर दिने सम्भावना रहेको एमालेका नेताहरू बताउँछन् । 

धरान उप-महानगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका थिए । 

प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका तिलक राईले १६ हजार १०२ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने कांग्रेसका तिलक राईले तत्कालीन नेकपाका प्रकाश राईलाई हराएका थिए । राईलाई झण्डै ३ हजार मतले पराजित गरेका थिए । 

इटहरीमा द्वारिकासहित ६ जना सिफारिस

इटहरी उपमहानगरपालिकामा एमालेले बहालवाला मेयर र उपमेयरसहित सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । आइतवार बसेको एमाले नगरकमिटी सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । 

मेयरको उम्मेदवारको लागि द्वारिकालाल चौधरी, उपमेयर लक्ष्मी गौतम एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानी समितिका अध्यक्ष रामप्रसाद चौलागाईं, इटहरी उपमहानगरका कमिटीका पूर्व अध्यक्ष रेवतिप्रसाद घिमिरे र एमाले सुनसरी जिल्ला कमिटी सदस्य बन्नुलाल चौधरीको नाम सिफारिस भएको छ । 

त्यसैगरी, एमाले इटहरी कमिटीले उपमेयरमा भने ९ जनाको नाम सिफारिस गरेको छ । जसमा अम्बिका चौधरी, बिष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता  चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ । 

रुपन्देहीको बुटवल उपमहानगर कमिटीले भने सोमवार मात्रै सम्भावित उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ । 

त्यसबाहेक, निजगढ, जितपुर सिमरा, हेटौंडा, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको उम्मेदवार सिफारिस भइसकेको छैन । आगामी मंगलवारसम्म यी उपमहानगरपालिकाको कमिटीले जिल्ला कमिटीमा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने तयारी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x