×

NIC ASIA

नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुँदैन, हामी सबै मिलेर सुधार्ने हो- चन्द्र ढकाल

चैत २८, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो नहुने बताएका छन् । 

Muktinath Bank

सोमवार भएको महासंघको ५६ औं वार्षिक साधारण सभामा धन्यवाद मन्तव्य दिँदै उनले नेपालको आर्थिक अवस्था सुधार हुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ, अबका दिनमा रकम सकिने मात्रै होइन, रकम आप्रवाह पनि त हुन्छ नि,’ उनले भने, ‘त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुन्छ, हामी सबै मिलेर सुधार गर्ने हो । एक अर्कालाई गाली नगरौँ ।’ 


Advertisment
Nabil box
Kumari

यस्तै उनले महासंघले मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन, व्यापार घाटा न्यूनीकरणको उपायसहितको भिजन पेपर अघिल्लो वर्ष नै सार्वजनिक गरेको बताए । 

Vianet communication

‘भिजन पेपरले राखेका लक्ष्यलाई पूरा गर्ने कार्यमा हामीले सरकारको बलियो र साथ सहयोग खोजेका छौं,’ उनले भने, ‘भिजन पेपर कार्यान्वयनमा सरकारका तर्फबाट सहयोग हुने विश्वास पनि दिलाइएको छ, हामी उत्साहित भएका छौं ।’ 

यस्तो छ धन्यवाद मन्तव्यको पूर्णपाठ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको समुद्घाटन समारोहमा प्रमुख अतिथिज्यू सहित सम्पूर्ण उपस्थित अतिथिगणमा महासंघकातर्फबाट म हार्दिक आभार प्रकट गर्दछु । 

आफ्नो अति व्यस्त कार्यतालिकाको बाबजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरि यस समारोहको समुद्घाटन सहित समारोहलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई हौसलाका साथ लाग्ने प्रेरणा दिनु भएकोमा सम्माननीय सभामुखज्यूमा एफएनसीसीआई र मुलुकभरका उद्यमी व्यावसायीहरुको तर्फबाट आभारसहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । 

यसैगरी समारोहमा गरिमा बढाई दिनु भएकोमा संवैधानिक अंगका प्रमुखज्यूहरु, योजना आयोगका उपाध्यक्षज्यू, मुख्य सचिवज्यूसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीज्यूहरु, महामहिम राजदूतज्यूहरु, कुटनीतिक नियोगका पदाधिकारीज्यूहरु, एफएनसीसीआईका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यकारिणी समितिका सदस्यज्यूहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिज्यूहरु, मुलुकभरबाट एफएनसीसीआईको साधारण सभामा भागलिन आउनु भएका मुख्य प्रतिनिधिज्यूहरु, अतिरिक्त प्रतिनिधिज्यूहरु, सदस्य संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीज्यूहरु, समुदघाटन कार्यक्रममा भागलिन आउनु भएका उद्यमी व्यवसायी, संचारकर्मी मित्रहरु सहित सम्पूर्ण अतिथिगणमा यहांहरुको गरिमामय उपस्थितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

हुन त म यहाँ“, समुद्घाटन समारोहको अन्त्यमा धन्यवाद मन्तव्यका लागि उपस्थित भएको हुँ । हाम्रा अध्यक्षज्यूको यसअघिको स्वागत मन्तव्यमा समग्र निजी क्षेत्रको धारणा प्रस्तुत भएकै छ, मुलुकको अर्थतन्त्रलाई संकटबाट जोगाउन एफएनसीसीआईका तर्फबाट भएका भरमग्दुर प्रयासहरुका बारेमा आएकै छ । 

तैपनि समयको भरपूर उपयोग गर्दै केही महत्वपूर्ण विषयहरुलाई यस गरिमामय समारोहमा राख्ने जमर्को गर्नेछु ।

हाम्रै जीवनकालमा हामी निकै ठूला ठूला घटनाका प्रत्यक्ष साक्षी भयौं । ठूलठूला राजनीतिक परिवर्तन देखि भुकम्प तथा कोरोना महामारिको सामना गर्‍यौं । कोभिडको कहाली लाग्दो परिस्थितिको सामना गर्‍यौं । जनतालाई साथ दिने कुरामा एफएनसीसीइआईले सरकारसंग साथै रहेर सहयोग गर्‍यो । हामीले आम सर्वसाधारण जनताको साथ छोडेनौ, सकेको सहयोग गर्‍यौं । 

मेरै नेतृत्वमा महासंघमा स्थापना भएको कोभिड रिलिफ कार्यक्रमबाट हामीले दोस्रो लहरका समयमा हामीले सकेको सहयोग गर्न सक्यौँ । हामीले आइसोलेसन केन्द्र देखि औषधिमूलो, स्वास्थ्य परामर्शको व्यवस्थापनमा सहयोग गर्‍यौं । 

चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको थियो । अत्यधिक मागलाई नेपालको वित्तिय क्षेत्रले धेरै समय थेग्न सकेन । स्वभाविक रुपमा कर्जा प्रवाह बढ्यो । माग हुँदा आयात बढ्नु पनि स्वभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केहि कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको छ । विदेशी मुद्राको संचिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन् । रकम आप्रवाह पनि त हुन्छ नि । 
त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुन्छ, हामी सबै मिलेर सुधार गर्ने हो । एक अर्कालाई गालि नगरौ । महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्यहरु हामी जिम्मेवार नागरिक हौ । हाम्रो भनाइको अर्थ रहन्छ । सबै मिलेर संकट समाधानका लागि पहल गर्नुपर्छ । 

सम्माननीय सभामुखज्यू

​हाम्रा केहि समस्या पनि छन् । हामीसँग बलियो आधार पनि छ । 

सस्तो श्रम, संसार बुझेको युवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार लगानीका महत्वपूर्ण आधार हुन । अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडी बढ्ने मेरो विश्वास छ ।

लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसँग जनसांख्यिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन् । तर अब हामीले अबका केही वर्षहरुभित्र यसको भरपूर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझ बढी कठिनाइका दिन आउने छन्, सम्माननीय सभामुखज्यूमा यो अवसरलाई सदुपयोग गर्ने वातावरण बनाई दिन हामी निजी क्षेत्र आग्रह गर्दछौं । 

त्यसका लागि, खासगरी हाम्रा यूवा जनशक्ति सूचना प्रविधिसँग अभ्यस्त छ । पछिल्लो आँकडाले पनि त्यसलाई पुष्टि गर्छ । सरकारको गत सालको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्म ८२.८ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुुगेको छ । लगभग ४ करोड मोवाइल फोन प्रयोगमा छन् ।

एफएनसीसीआईले मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरणको उपाय सहितको भिजन पेपर अघिल्लो साल नै सार्वजनिक गरीसकेको छ । भिजन पेपरले राखेका लक्ष्यलाई पूरा गर्ने कार्यमा हामीले सरकारको वलियो र साथ सहयोग खोजेका छौं । भिजन पेपर कार्यान्वयनमा सरकारकातर्फबाट सहयोग हुने विश्वास पनि दिलाइएको छ, हामी उत्साहित भएका छौं । 

पटक पटकका लगानी सम्मेलन, नीतिगत सुधारमा जोड, सबै राजनीतिक दलहरुको आर्थिक एजेण्डामा एकमत, अन्तराष्ट्रिय आर्थिक मन्चहरुमा प्रतिवद्धता, विकासमा निजी क्षेत्रको सहभागिता, निर्यातमुखी वृद्धिमा जोड, विश्वव्यापीकरण र भूमण्डलीकरणमा प्रतिवद्धता रहँदा रहदै पनि लगानी आकर्षणमा भने नेपाल निकै नै पछाडी परेको छ । 

नेपालमा पछिल्ला वर्षहरुमा आएका वाह्य लगानीको आँकडालाई मात्र हेर्ने हो भने पनि त्यो लगभग प्रतिमहिना करिव दुुई साढे २ अर्बको हाराहारीमा मात्र आई रहेको छ जुन अत्यन्त नगण्य हो ।  

हामी साधारण सभाको समुद्घाटन पश्चातका विशेष सत्रहरुमा यही विषयहरुमा छलफल चलाउँदै छौं । वाह्य लगानीका विषयमा विशेष सत्र नै आयोजना गरेका छौं । यसपछिका सत्रहरुबाट आउने सुझावहरुले मुलुकभित्र लगानी आकर्षण, उद्योग व्यवसायको विस्तार र हालको तरलताको समस्या समाधानमा एउटा स्पष्ट मार्ग निर्देश गर्ने हाम्रो अपेक्षा छ ।  

हाम्रा केहि समस्या पनि छन । जस्तो कि बिजुली नियमित छैन । लामो समयदेखि पिपिए रोकिएको छ । यसले उत्पादनमा समस्या आइरहेको छ । यस बर्षको बजेटमा जलविद्युतमा दिइएको छुट स्वदेशी लगानीकर्तालाई पनि उपलब्ध हुनुपर्छ । पर्यटन पुर्वाधारमा सरकारी सहुलियत आवश्यक छ । पहुचमार्ग देखि राजस्व छुट यसमा आवश्यक छ ।

चलचित्र लगायत मनोरन्जन क्षेत्रको पुनरुत्थानका लागि राजस्व छुट लगायत सुविधा आवश्यक छन् । कर छुट, चलचित्र परियोजना कर्जा, विद्युत सहुलियत एवं चलचित्र र पर्यटन उद्योगको सहकार्यमा सरकारले जोड दिनुु पर्छ ।   

अब म धन्यवादको क्रमलाई अगाडि बढाउने अनुमति चाहान्छु, 

आफ्नो कार्य व्यस्तताको बाबजूद पनि एफएनसीसीआईको निमन्त्रणालाई स्वीकार गरी हामी माझ पाल्नु भई यस सभाको प्रमुख आतिथ्यता ग्रहण हामी निजी क्षेत्रलाई मार्ग निर्देश गर्नु भएकोमा सम्मानीय सभामुखज्यूमा पुनः एक पटक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछु । राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यू, नेपाल सरकारका मुख्य सचिवज्यू यहांहरुको गरिमामय उपस्थिति सहित सारगर्भित मन्तव्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 

यो साधारण सभालाई सफलतापूर्वक सञ्चालन गर्नका लागि धेरै संस्था र प्रतिष्ठानले सहयोग प्रदान गरेका छन् । साधारण सभाको लागि हल उपलब्ध गराई सहयोग गर्ने सोल्टी होटल, कार्यक्रमको मञ्च व्यवस्थापन लगायत उद्घाटन सत्रको अन्य कार्यक्रम संयोजनमा सहयोग पुर्‍याउने प्रिज्जमा एडभरटाईजिङ प्रा.लि लगायतलाई धन्यवाद दिन चाहान्छु ।

एफएनसीसीआईको निरन्तर सेवामा २५ वर्ष पुरा गरी पुरष्कृत हुनुु भएका वरिष्ठ परामर्शदाता हंसराम पाण्डे, कार्यालय सहयोगी श्री कृष्ण श्रेष्ठलाई हार्दिक बधाई दिन चाहान्छु र महासंघमा सेवारत रहँदासम्म यसरी नै सकियतापूर्वक लाग्नुु हुने विश्वास लिएको छु । तपाईहरुको आगामी दिन अझ बढी सुखमय रहोस्, मेरो शुभकामना ।

साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खट्नु भएका महासंघका सम्पूर्ण कर्मचारी साथीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । 

पर्सिबाट हामी नयाँ सालमा प्रवेश गर्दैछौं । ७८ साल देशकै लागि अत्यन्त कष्टमय भयो । नयाँ साल ७९ मा मुलुक सहजतातर्फ अगाडि बढोस्, यहाँहरु सवैको आर्थिक व्यवसायिक सफलता एवं देश समृद्धिको कामना सहित नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x