×

NMB BANK
NIC ASIA

क्रसर सञ्चालक पूर्व लडाकु– हिसाब माग्ने शेयरधनीलाई खुकुरी देखाउँदै, तर्साउँदै [भिडियोसहित]

बैशाख ७, २०७९

NTC
Premier Steels

हिसाबकिताब माग्ने शेयरधनीलाई खुकुरी देखाएर तर्साउने गरेका एक क्रसर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

काभ्रेको तिमाल गाउँपालिकाका ज्ञानध्वज तामाङलाई भक्तपुर प्रहरी परिसरले पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान अगाडि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुकुरी देखाएर शेयरधनीलाई धम्क्याउने गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको भक्तपुर परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।


Advertisment
Nabil box
Kumari

‘ज्यान मार्ने उद्योगमा जाहेरी परेपछि पक्राउ गरेका हौं,’ प्रवक्ता पाण्डेले लोकान्तरसँग भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

Vianet communication

स्रोतका अनुसार ज्ञानध्वजले अन्य केही व्यक्तिसँग मिलेर काभ्रेमा ‘रिञ्जिङ दोर्जे’ नामक क्रसर उद्योग सञ्चालन गर्दै आएका थिए ।

उक्त क्रसरको अध्यक्ष ज्ञानध्वजकी पत्नी शान्ति लामा छिन् । त्यो कम्पनीमा उनको २० प्रतिशत शेयर छ । हिसाबकिताब ज्ञानध्वजले नै हेर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पाँच वर्षदेखिको हिसाबकिताब माग्न गएका शेयरधनीलाई उनले खुकुरी देखाएर तर्साउने गरेको पाइएको छ ।

लोकान्तरलाई प्राप्त भिडियोमा एकजना महिलाले हिसाब माग्दा उनले टेबलमुनिबाट खुकुरी झिकेको देख्न सकिन्छ ।

महिलालाई त्यहाँ भएका अन्य व्यक्तिले जोगाएका थिए । उनले ती महिलालाई ढोकासम्मै पच्छ्याएका थिए ।

हिसाब माग्न जाँदा उनले आफू पूर्व लडाकु र माओवादी अध्यक्ष प्रचण्डको पूर्व बडीगार्ड भएको भन्दै धम्क्याउने गरेको एक पीडितले बताए ।

स्रोतका अनुसार उनीसँग लामो बोरको लाइसेन्स प्राप्त बन्दुक छ भने अवैध पेस्तोल पनि देखाउने गरेका छन् । 

उनलाई २०७१ सालमा ३५ किलो सुन लुटपाटको अभियोगमा तत्कालीन महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

३५ किलो सुन लुटपाट र व्यक्ति अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका उनलाई राजनीतिक संरक्षणमा छुटाइएको स्रोतको दाबी छ ।

त्यतिबेला उनी जम्मा एक रात हिरासतमा बसेर छुटेका थिए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x