पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
बैशाख ९, २०७९
सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले नेकपा एमालेसँग हिमचिम बढाएपछि सत्तारूढ गठबन्धनमा हलचल उत्पन्न भएको छ ।
सत्तारूढ गठबन्धनले देशव्यापीरूपमा चुनावी गठबन्धन गर्ने सहमति गरेर गठबन्धन भित्रका ५ दलबाहेक अन्य दलसँग स्थानीय तहमा चुनावी तालमेल नगर्न निर्देशन नै दिएको छ ।
अझ एमालेसँग त कही पनि चुनावी तालमेल नगर्न ५ दलीय गठबन्धनले आचारसंहिता नै बनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेलाई ‘पत्तासाफ’ गर्न भन्दै ५ दलीय गठबन्धनका शीर्ष नेताहरू मरिमेटेर लागेका छन् ।
तर राजधानी नजिकको जिल्ला सिन्धुपाल्चोकमा कांग्रेसले एमालेसँग चुनावी सहकार्यको हात बढाएपछि सत्तारूढ गठबन्धनमा हल्लीचल्ली भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङलाई एमाले प्रवेश गराएर कांग्रेस र एमालेले चुनावी सहकार्यको गृहकार्य गरेका थिए ।
सोहीअनुसार तामाङ मेयरबाट राजीनामा दिएर एमाले प्रवेशका लागि काठमाडौं आएका थिए । बिहीवार साँझ नै तामाङलाई एमाले अध्यक्ष ओलीसँग भेट गराएर पार्टी प्रवेश गराउने तारतम्य सिन्धुपाल्चोकका एमाले नेताहरूले मिलाएका थिए तर अन्तिम समयमा तामाङले कुरा बदलेको एमालेका नेताहरू बताउँछन् ।
सापकोटासँग रूष्ट थिए तामाङ
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्रमा पर्छ चौतारा साँगाचोकगढी नगरपालिका । सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको नगरपालिकामा गत चुनावमा माओवादीले जितेको थियो ।
यस पटकको चुनावमा पनि तामाङ मेयरका आकांक्षी हुन् तर सापकोटाले उनलाई मेयर अगाडि बढाउन चाहेका थिएनन् । माओवादी केन्द्रले तामाङको नाम प्राथमिकताक्रममा दोस्रोमा राखेर केन्द्रमा सिफारिस गरेको थियो ।
‘तामाङलाई प्रदेश सभामा लैजाने र अहिलेका लागि पार्टीमा अरू नेतालाई अवसर दिन अनुरोध गरिएको थियो तर उहाँले मेयरको दाबी छाड्नुभएको थिएन,’ सिन्धुपाल्चोकका एक माओवादी नेता भन्छन्, ‘मेयरको टिकट नपाउने देखेपछि उहाँले मन बदल्नुभएको होला ।’
सापकोटाले सिन्धुपाल्चोकको राजनीतिक परिवार हाबी गरेको भन्दै तामाङ उनीसँग असन्तुष्ट रहेका माओवादी नेताहरू बताउँछन् ।
एमालेले मेयरको उम्मेदवार बनाउने र कांग्रेससँग तालमेल गर्ने भनेपछि चुनाव जितिनेमा ढुक्क भएर तामाङ एमाले प्रवेशको तयारीमा थिए तर सिन्धुपाल्चोकमा गठबन्धन बिग्रन लागेको सूचना गठबन्धनका शीर्ष नेताहरूले पाएपछि तामाङलाई एमाले प्रवेश गर्नबाट रोक्ने प्रयास केन्द्रबाट भइरहेको छ ।
तर एमाले सिन्धुपाल्चोकका नेताहरू भने तामाङ एमाले प्रवेश गर्ने सम्भावना अझै टरिनसकेको बताउँछन् ।
सापकोटा र बस्नेतको लडाइँमा एमालेको च्याखे !
संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बस्नेतको चुनावी मैदान सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ हो । २०७४ सालको चुनावमा सापकोटा र बस्नेत चुनावमा भिडेका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रको गठबन्धन भएका कारण सापकोटाले संघीय चुनावको नतिजा सजिलै आफ्नो पक्षमा पार्दा कांग्रेस नेता बस्नेत ५ वर्षका लागि राजकीय भूमिकाबाट वञ्चित भए ।
अहिले एमाले र माओवादीको सहकार्य शत्रुतामा बदलिएको छ । अर्कोतर्फ एमालेलाई विभाजन गराउन संसदका सभामुखले भूमिका निर्वाह गरेको भनेर एमालेको केन्द्रीय नेतृत्व नै सभामुख सापकोटाप्रति आक्रोशित छ । सापकोटाको राजीनामा मागेर एमालेले संसद अवरूद्ध गरिरहेको छ ।
उता राजनीतिक भूगोलमा कांग्रेस नेता बस्नेत माओवादीका अग्निप्रसाद सापकोटा राजनीतिक रूपमा बलियो भएको देख्न चाहँदैनन् । सापकोटा राजनीतिकरूपमा जति बलियो हुन्छन्, त्यति नै बस्नेतले निरन्तर हार व्यहोर्दै जानुपर्ने हुन्छ ।
राजनीतिक भविष्य सुरक्षित बनाउन बस्नेत सिन्धुपाल्चोकमा माओवादीलाई कमजोर बनाउन चाहन्छन् । माओवादी कमजोर हुँदा संघीय चुनावमा केही गरी माओवादी र एमालेले सहकार्य गरे भने पनि कांग्रेस प्रतिस्पर्धामा आउनसक्ने विश्लेषण सिन्धुपाल्चोकका कांग्रेस नेताको छ तर अहिलेको अवस्था हेर्दा सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रको सहजै सहकार्यको सम्भावना देखिँदैन । अर्कोतर्फ सिन्धुपाल्चोकमा एमालेलाई माओवादी जसरी कमजोर बनाउन सक्ने अवस्था नरहेको कांग्रेसकै नेताहरू स्वीकार्छन् ।
त्यसो हुँदा कांग्रेसले माओवादीलाई कमजोर बनाउन स्थानीय चुनावमा एमालेसँग सहकार्यको प्रस्ताव गरेको छ ।
कांग्रेसले चुनावी सहकार्यको प्रस्ताव गरेको सिन्धुपाल्चोकका जिल्ला तहका नेताले पुष्टि गरेका छन् । ‘कांग्रेसको प्रस्तावमा हामीले विभिन्न चरणमा छलफल गरेका छौं । कांग्रेसले एमालेसँग चुनावी तालमेल गर्ने भनेर हाम्रै अगाडि निर्णय नै गरेको छ । एमाले पनि चुनावी सहकार्यका लागि तयार छ,’ जिल्ला तहका ती नेताले भने ।
भक्तपुरको ठिमीस्थित एक रेस्टुराँमा एमालेका नेताहरूसहित राखेर केही दिनअघि कांग्रेसका नेताहरूले एमालेसँग चुनावी सहकार्य गर्ने निर्णय गरेका एमालेका ती नेताले बताए ।
एमालेको केन्द्रीय नेतृत्वले पनि सिन्धुपाल्चोकमा सभामुख सापकोटालाई कमजोर पार्न सकिने सबै विकल्प अपनाउन जिल्ला कमिटीलाई निर्देशन दिएको सिन्धुपाल्चोक एमालेका नेताहरू बताउँछन् ।
‘हाम्रो पार्टी विभाजन गर्न भूमिका निर्वाह गरेका नेतालाई यहाँ शक्तिशाली बनाइराख्नुपर्छ भन्ने छैन । केन्द्रीय नेतृत्वको पनि सोही प्रकृतिको निर्देशन छ,’ सिन्धुपाल्चोक एमालेका एक नेताले भने ।
सिन्धुपाल्चोकमा माओवादी केन्द्रलाई पत्तासाफ गर्ने एमाले र कांग्रेसको नीति मिलेपछि स्थानीय तहको चुनावमा सहकार्य गर्न २ पार्टी तयार भएका छन् ।
एमालेसँग संवाद बाक्लिएपछि कांग्रेसले सिन्धुपाल्चोकमा गठबन्धनको बैठक नै बोलाएको छैन । माओवादी केन्द्रको जबरजस्त पहलमा गठबन्धनको बैठक बसे पनि कांग्रेसको जिल्ला नेतृत्व बैठकमा सहभागी हुँदैन । त्यसैले बैठक निष्कर्षमा पुग्न सकिरहेको छैन ।
सिन्धुपाल्चोकमा गठबन्धनको यस्तो बिलखबन्द अवस्थालाई माओवादी केन्द्रका नेताहरूले गठबन्धनका केन्द्रीय नेतृत्वलाई जानकारी गराएका छन् । माओवादी केन्द्रका नेताहरूले पत्र नै लेखेर सिन्धुपाल्चोकको राजनीतिक अवस्थाको जानकारी केन्द्रीय नेतालाई गराएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकको कांग्रेसले गठबन्धन तोड्ने प्रयास गरेको विषयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत परामर्श गरेको र देउवाले सिन्धुपाल्चोकको विषय मिलाउन बागमती प्रदेश समितिका सभापति ईन्द्र बानियाँलाई जिम्मेवारी दिएको चर्चा सिन्धु कांग्रेसमा छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...