×

NMB BANK
NIC ASIA

काठमाडौँ महानगरका ११६ जना जनप्रतिनिधिले दिए राजीनामा

बैशाख ११, २०७९

NTC
Premier Steels

काठमाडौँ महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।  आज साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन् ।  त्यसैगरी ८७ जना वडा सदस्यहरुले पनि राजीनामा बुझाएका छन् ।  स्थानीय तह निर्वाचन सदस्य २०७९ मा भाग लिन उम्मेदवारी दर्ता गर्दा सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनु पर्ने भएपछि जनप्रतिनिधिहरुले राजीनामा दिएका हु्न् । 

Muktinath Bank

महानगरको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी छ । महानगरका सहायक प्रवक्ता महेश काफ्लेले भने, ‘उम्मेद्वारी सम्बन्धी पार्टीबाट निर्णय आइ नसकेको भएर राजीनामा नआएको हुन सक्छ । अर्कोतिर निर्वाचनमा भाग नलिने भए राजीनामा दिनै परेन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १६० जना जनप्रतिनिधि छन् । यो संख्या १६५ हुनुपर्ने हो । प्रमुख उपप्रमुख, २ जना, वडा सदस्य (अध्यक्षसहित) १६० जना र कार्यपालिका सदस्यका लागि पार्टीकातर्फबाट जनजाति, दलित र अल्पसंख्यकबाट उम्मेदवार बनाइएका ३ जना यसको पूरा संख्या हो । कार्यपालिकाका ८ जना सदस्यमध्ये बाँकी ५ जनालाई वडा सदस्यहरुमध्येबाट महिला सदस्य पदका लागि उम्मेद्वार बनाइएको थियो । 
२०७४ को स्थानीय निर्वाचनमा वडा २४, २५ र २७ मा दलित महिलाको उम्मेदवारी नपरेका कारण जनप्रतिनिधिको संख्या १६५ बाट १६२ हुन पुग्यो ।  पछि वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र वडा ३० का सदस्य निरजराज सत्यालको निधन भएपछि अहिले महानगरमा जनप्रतिनिधिको संख्या प्रमुख उपप्रमुखसहित १६० जना कायम छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x