×

NMB BANK
NIC ASIA

विराटनगरको मेयरमा कांग्रेस-एमालेबीच मुख्य प्रतिस्पर्धा, उम्मेदवारका एजेन्डा- कर घटाउने, डुबान हटाउने

बैशाख १३, २०७९

NTC
Premier Steels

प्रदेश १ को एक मात्र महानगर हो, विराटनगर । विराटनगरलाई पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनले छपक्कै छोपेको छ । 

Muktinath Bank

नछोपोस् पनि किन ? कांग्रेस र एमालेले आफ्नो प्रतिष्ठाको विषय जो बनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस नेता शेखर कोइरालाको क्षेत्रसमेत भएकाले कांग्रेसलाई त्यहाँ हरहालमा आफ्नो वर्चस्व कायम गर्नुछ भने एमालेले गठबन्धनलाई ढालेर आफ्नो नेतृत्व कायम गर्नुछ । 


Advertisment
Nabil box
Kumari

मुख्य प्रतिस्पर्धा नै कांग्रेस र एमालेको हुने देखिएको छ । 

Vianet communication

विराटनगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरला कार्कीले उम्मेदवारी दिएकी छन् । 

आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरमा ठूला पार्टीबीच रोचक भिडन्त हुने भएको छ । 

जसपा परित्याग गरी स्वतन्त्रबाट उम्मेदवार दिएका उमेश यादवतिर पनि महानगरवासीको ध्यान तानिएको छ । गठबन्धन र एमालेलाई पनि केही असर पर्ने आकलन पनि गरिएको छ । 

राप्रपाबाट पूर्व मेयर समेत रहेका प्रल्हाद साहको उम्मेदवारीले पनि विराटनगरको राजनीतिमा केही प्रभाव पार्ने देखिन्छ । 

निर्वाचनमा होमिएका उम्मेदवारहरू यतिबेला आफ्नो भावी योजना सार्वजनिक गर्न व्यस्त छ । मतदातासँग पुगेर आफ्नो पक्षमा माहोल बनाउन विभिन्न योजनाहरू अगाडि बढाएका छन् । 

गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा उठेका कोइरालाले आफ्नो मुख्य एजेन्डा करको दायरा बढाएर दर घटाउने भएको बताएका छन् । 

विराटनगरवासीको गुनासो जहिल्यै पनि कर बढी भयो भन्ने भएकाले करको दायरा बढाएर अहिले लिइरहेको करको दर घटाउने उनको भनाइ छ । शिक्षा, स्वास्थ्य र सरसफाइलाई ध्यानमा राखेर आफूले काम गर्नेसमेत उनले बताए । 

विराटनगरलाई मेडिकल हब बनाउने उनको भनाइ छ । विराटनगरवासीले चाहेको महानगर बनाउने उनले अठोटसमेत गरेका छन् । 

जसपाबाट उपप्रमुखमा उम्मेदवारी दिएका यादवले आफू निर्वाचित भए जनताको मन छुने गरी काम गर्ने बताए । जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा नभएर राजनीतिक योगदानको आधारमा टिकट पाएको उनले दाबी गरे । बालबालिकाका लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउनेसमेत उनको भनाइ छ । उनले विराटनगरलाई सफा, सुन्दर र सुरक्षित शहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एमालेबाट विराटनगर महानगरपालिको मेयर उम्मेदवार सागर थापाले डुबानमुक्त विराटनगर बनाउने बताएका छन् । उनले विराटनगरको दक्षिणी क्षेत्रमा बर्सेनि हुने डुबानको समस्या समाधान गर्ने, भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गर्ने प्रमुख एजेन्डा भएको उनले बताए । 

‘समृद्ध महानगर बनाउने संकल्प बोकेर उम्मेदवारी दिएका हौँ,’ उनले भने, ‘अहिलेको गठबन्धन विकासविरोधी गठबन्धन भएकाले यसको कुनै तुक छैन ।’ जित सुनिश्चित भएको समेत उनले दाबी गरे । 

उपमेयरमा उम्मेदवारी दिएकी कार्कीले आफूले जितेको खण्डमा उपमेयरको काम कर्तव्यलाई ध्यानमा राखेर काम गर्ने बताइन् । आफूले काम गर्दा सकारात्मक सोचका साथ काम गर्ने र महानगरपालिकाको करको दर घटाएर दायरा बढाउँदै लैजाने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x