×

NMB BANK
NIC ASIA

फ्ल्यास ब्याक : अघिल्लो निर्वाचनमा कुन दलको अवस्था कस्तो (विवरणसहित)

बैशाख १३, २०७९

NTC
Premier Steels

संविधान जारी भएपछि कायम भएका ७५३ स्थानीय तहको निर्वाचन २०७४ सालमा तीन चरणमा सम्पन्न भएको थियो । वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको हो ।   निर्वाचन आयोगको व्यवस्थापन र सञ्चालनमा भएको सो  निर्वाचनमा ८० वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । सो निर्वाचनमा राजनीतिक दलबाट ८३, ८३६ पुरुष, ५६, ४२७ महिला र २ तेस्रो लिङ्गीसहित १ लाख ४८ हजार ३६४ उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका थिए । 
निर्वाचनमा भाग लिएका दलमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको छ ।

Muktinath Bank

निर्वाचन सञ्चालन कसरी भयो ?
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत भएको थियो । पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तह, दोस्रो चरणमा ३५ जिल्लाका ३३४ स्थानीय तह र तेस्रो चरणमा ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ का लागि ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृत नियुक्त गरी कार्यक्षेत्रमा खटाइएको थियो । मतदान कार्य व्यवस्थापनका लागि १० हजार ६४२ स्थलमा १८ हजार ५७३ मतदान केन्द्रका लागि १८ हजार ५७३ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृतसहित करिब २ लाख ३५ हजार जनशक्ति परिचालन गरिएको थियो । यस निर्वाचनमा ६ प्रकारका मतपत्र प्रयोग गरिएको थियो जसमा सबैभन्दा सानो १८ लहरको र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

निर्वाचनका क्रममा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, घरदैलो कार्यक्रम, सडक नाटक, नमुना मतदानलगायतका कार्यक्रमबाट निर्वाचन तथा मतदाता शिक्षा एवम् निर्वाचनको प्रचार प्रसार गरिएको थियो । यसका निम्ति १७ वटा भाषामा निर्वाचन सूचना सामग्री उत्पादन गरी मुलुकभर करिब २० हजार निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

Vianet communication

निर्वाचन आयोगका अनुसार नगरपालिकाका २९३ प्रमुख तथा २९३ उपप्रमुख र ४६० गाउँपालिकाका ४६० अध्यक्ष तथा ४६० उपाध्यक्ष, ६ हजार ७४३ वडा अध्यक्ष, ६ हजार ७४३ महिला वडा सदस्य, ६ हजार ७४३ दलित महिला वडा सदस्य र १३ हजार ४८६ अन्य वडा सदस्यसमेत जम्मा ३५ हजार २२१ पदका लागि सो स्थानीय तह निर्वाचनमा १ वडा अध्यक्ष, १७६ दलित महिला वडा सदस्य, १ महिला वडा सदस्य र २ अन्य सदस्य गरी कुल १८० पदमा उम्मेदवारी नै नपरी खाली रहन गएको थियो ।

स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ करोड ४० लाख ७४ हजार ४२४ रहेकामा १ करोड ४ लाख ८९ हजार २०४ (७४.५३ प्रतिशत) मतदान भएको थियो । यस निर्वाचनमा भाग लिएका दलहरूमध्ये १८ वटा दलको प्रतिनिधित्व रहेको छ भने राजनीतिक दलका तर्फबाट ३४ हजार ८०८ तथा स्वतन्त्र २३३ गरी कुल ३५ हजार ४१ जना प्रतिनिधि स्थानीय तहका विभिन्न पदमा निर्वाचित भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x