कात्तिक २०, २०८०
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
बैशाख १९, २०७९
कञ्चनपुरको सदरमुकाममा भीमदत्त नगरपालिकामा अघिल्लोपटक एमाले उम्मेदवार सुरेन्द्र विष्टसँग जम्मा १६६ मतले पराजित भएका पदम बोगटी नेपाली कांग्रेसबाट दोहोर्याएर प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेले भने यसपटक युवा राजनीतिज्ञ महेश पन्तलाई मेयरको उम्मेदवार बनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयर हारे पनि उपमेयरसहित ७ वटा वडामा जितेको थियो ।
विगतमा भएको कमजोरी सच्चाउँदै यसपटक मेयरसहित सबै वडामा जीत हात पार्ने लक्ष्यसहित कांग्रेस चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
एमालेको रणनीति भने विगतको नतिजा कायम राख्दै थप सफलता हासिल गर्ने छ । विगत ५ वर्षमा गरेका कामको जनताले राम्रो मूल्यांकन गरेकाले यसपटक पुनः जीत हात पार्ने दाबी एमाले नेताहरूले गर्दै आएका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र भने गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा छन् । मेयर समाजवादीले लिएको छ भने उपमेयर माओवादीको भागमा परेको छ ।
यसपालि राप्रपा पनि ठूला दललाई टक्कर दिने रणनीतिसहित मैदानमा छ । विकल्प खोजिरहेका मतदाताहरूले आफूलाई रोज्ने राप्रपा नेताहरू बताउँछन् ।
केही स्वतन्त्र उम्मेदवारले पनि जोडतोडले प्रचार–प्रसार गरिरहेका छन् । भीमदत्तनगरका स्थानीय व्यवसायी कोमलबहादुर सिंहले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।
होटल व्यवसाय सञ्चालन गर्दै आएका सिभिल इन्जिनीयर सिंह विकास निर्माणको काम गर्न आफूले उम्मेदवारी दिएको बताउँछन् ।
हिजो आफ्नै पार्टीमा धोका पाएर हारें, यसपालि जित्छुः बोगटी, कांग्रेस
भीमदत्तनगर कांग्रेसको पुरानो प्रभाव क्षेत्र हो ।
२००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनसम्म कांग्रेसले नेतृत्व गरेकाले भीमदत्तनगरमा कांग्रेसको राम्रो प्रभाव रहेको मेयरका उम्मेदवार पदम बोगटी बताउँछन् ।
‘जब देशमा संकट आउँछ, जब विकास निर्माण गर्नुपर्छ, तब जनताले सम्झने पार्टी हो कांग्रेस,’ बोगटीले भने, ‘सबै दललाई मिलाएर लान सक्ने खुबी कांग्रेसमा छ ।’
व्यवस्थित विकास आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए ।
‘भौतिकरूपमा सडक बनाउनु मात्रै अबको प्राथमिकता हैन । अहिलेको नेतृत्वले सडक खनेर र पानीपिच गरेर छाडेका छन् । हामीले व्यवस्थित ढंगले विकास गर्छौं,’ बोगटीले भने, ‘सीमान्तकृत समाजलाई अगाडि सार्ने काम नेपाली कांग्रेसले गर्छ । ८० वर्ष उमेरमाथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र आवश्यकताअनुसार अस्पतालमा उपचारको सुविधा दिने काम हामी गर्छौं ।’
युवा जनशक्तिको पलायन रोक्न आफूले काम गर्ने उनले बताए ।
‘युवा जनशक्ति बेरोजगारीका कारण भारत पलायन हुने गरेका छन् । ती युवालाई स्वादेशमै रोजगारी दिने, युवा स्वारोजगार कोष खडा गर्ने र युवा स्वरोजराका लागि काम गर्ने पनि कांग्रेसको अठोट छ,’ बोगटीले लोकान्तरसँग भने ।
गत चुनावमा आफ्नै पार्टीका वडा कमिटी सदस्यले मत काटेका कारण आफूले चुनाव हारे पनि यो पटक भने सबै वडाबाट मिलार ल्याएको दाबी बोगटीले गरे ।
टोल—टोलमा प्रचारको जिम्मा कमिटीलाई नै दिएकाले खर्च गरेर प्रचार गरिराख्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
अनावश्यक खर्च नगरी चुनाव प्रचार गरेको बताए पनि उनको टोलमा आयोजित सभामा भने सहभागीका लागि मासुचिउराको व्यवस्था थियो ।
संगठन र युवा मतदाताको भरमा पन्त
मेयर पदका एमाले उम्मेदवार महेश पन्त स्पष्ट भिजन र सुशासनका एजेन्डा अगाडि सारेकाले आफूले जित्ने दाबी गर्छन् । पछिल्लो ५ वर्षको अवधिमा गरेको काम पनि आफूहरूले चुनाव जित्ने आधार भएको उनको दाबी छ ।
‘विगतमा गरेका कामका कारण पनि हामी जित्नेछौं । केही दल गठबन्धन गरेर प्रतिस्पर्धामा आएका छन् भन्ने सुनेको छु, तर जनताले गठबन्धन चिन्दैनन्, एमालेको सूर्य चिह्न मात्रै चिन्ने वातावरण हामीले बनाएका छौं,’ पन्तले भने ।
उनले आफ्नो व्यक्तित्व र पारिवारिक पृष्ठभूमिका कारण पनि जीत सहज रहेको दाबी गरे ।
‘कुनै राजनीतिक नियुक्ति नलिएको, लाभको पद धारणा नगरेको र युवा भएकाले काम गर्न सक्ने जोश जाँगरलाई जनताले मूल्यांकन गरेर मलाई भोट दिन्छन् भन्ने विश्वास लिएको छु । अहिलेसम्म गरेको योगदान र मेरो परिवारको स्वाभिमानका कारण पनि म जित्छु,’ पन्तले भने ।
आफू भीमदत्तनगरमा जन्मिएको तथा युवाहरू स्वदेशमै काममा रमाउनुपर्छ, युवालाई सीप दिनुपर्छ भनेर लागेकाले युवा मत आफूतर्फ नै केन्द्रित हुने उनको विश्वास छ ।
एमालेको संगठन बलियो भएकाले आफू अनावश्यक पैसा खर्च नगरी संगठनकै बलमा अगाडि बढेको उनले बताए ।
‘पैसाले मात्रै जित्ने हो भने विदेशमा काम गरेर आउने तथा स्वदेशमै पनि पैसा कमाएको व्यक्तिलाई टिकट दिए हुन्छ । पैसाले चुनाव जित्ने हो भने कार्यकर्ता किन चाहियो ? कार्यकर्ता भर्ती किन गर्नुपर्ने थियो ? पैसाले चुनाव जितिन्न, कार्यकर्ता चाहिन्छ । म तिनै कार्यकर्ता र संगठनको बलमा चुनावी मैदानमा छु,’ पन्तले भने ।
हामी विकल्प बन्दैछौं : चन्द, राप्रपा
अहिलेसम्म जनताले ठूला पार्टीलाई बढी विश्वास गरेर भोट दिइरहे पनि जनअपेक्षा पूरा नभएकाले यसपालि आफूहरूलाई रोज्ने विश्वास राप्रपाबाट मेयरको उम्मेदवार बनेका गजेन्द्रबहादुर चन्दको छ ।
‘३० वर्षसम्म अवसर दिँदा पनि काम नगर्ने र जनताको विश्वास नजित्ने पार्टीको विकल्पमा हामी छौं । हामी राम्रो गर्छौं भनेर अगाडि आएको हो,’ चन्दले लोकान्तरसँग भने ।
गौशाला सञ्चालन गर्ने, विपन्न वर्गलाई भारतमा जस्तै रासन कार्ड दिने, १२ कक्षासम्म निःशुल्क शिक्षा दिने, आमजनताको अपेक्षा अनुसारको विकास गर्ने उनको चुनावी घोषणा छ ।
‘अहिलेसम्म अरूलाई रोज्दा उत्पन्न वितृष्णा मेटाउन पनि जनताले राप्रपालाई भोट दिएर जिताउँछन् भन्ने विश्वास छ,’ चन्दले भने ।
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...