जेठ ६, २०७९
आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकासको नाममा सांसदले गाउँमा बाड्ने पैसा नपाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा पैसा नछ...
काठमाडाैं | बैशाख २९, २०७९
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।
ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।
विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।
ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ ।
‘रेष्ट अफ वर्ल्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ ।
टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ ।
‘रेष्ट अफ वर्ल्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।
सूचीमा समावेश भएपछि एफ वान सफ्ट ग्रुपका अध्यक्ष ढकालले भन्नुभयो, ‘मैले सधैँ मेरो देशमा आमुल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत सशक्त बनाइन्छ ।’
‘रेष्ट अफ वल्र्ड’ले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमा आभार व्यक्त गर्दै उनले भने, ‘म विश्वस्त छु कि यसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’
यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसक्नुभएको छ भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसकेका छन् ।
‘रेष्ट अफ वर्ल्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलनहरू, तिनीहरूका प्रभावहरूबीचको बिन्दुहरू जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ ।
विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वर्ल्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरू प्रकाशित गरिसकेको छ ।
रेष्ट अफ वर्ल्डका कार्यकारी सम्पादक अनुप काफ्लेले भन्नुभयो, ‘अहिले सबैभन्दा रोमाञ्चक र नविन आविष्कार पश्चिमा देश बाहिर भइरहेको छ ।’
‘जुनसुकै क्षेत्रमा पनि उद्यमी बन्न गाह्रो छ । तर उदीयमान अर्थतन्त्रहरूमा केही कुरा निर्माण गर्दा वित्तीय एवं राजनीतिक चुनौती भएपनि ती शक्तिहरुले हिरा बनाउँछन्,’ उनी भन्छन्, ‘हामी विश्वास गर्छौँ कि हाम्रो टोलीले रेष्ट अफ वर्ल्डको सूचीका लागि चयन गरेका नेतृत्वहरु छिटो, थप नविन, अधिक विचारशील र नयाँ विचारहरु निर्माण गर्न अग्रसर छन् ।’
रेष्ट अफ वल्र्डले यही मे १२ मा विश्वब्यापी भर्चुअल प्यानल श्रृखंला घोषणा गर्दैछ ।
२४ घण्टाभित्र विश्वभर फैलिएका तीनवटा छुट्टाछुट्टै प्यानलका सदस्यहरुले प्रभावशाली रोस्टर प्रस्तुत गर्नेछन् र एउटै विषयवस्तुमा छलफल गर्नेछन्, ‘के कतै अब स्थानीय छ ?’ यो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ र रेकर्डिङहरू https://restofworld.org/events/row100/ मा उपलब्ध हुनेछ ।
विश्वास ढकाल एक टेक उद्यमी, आविष्कारक र गतिशिल लगानीकर्ता हुनुहुन्छ ।
एफवान सफ्ट ग्रुपको अध्यक्ष उनी एक उद्यमी बन्ने चाहनाले उत्प्रेरित भएर टेक्नोलोजीप्रति लगाव राख्नु भएकै कारण एक उल्लेखनीय यात्रामा हुनुहुन्छ, जुन नेपालका युवाहरुको लागि प्रेरणा हो ।
विश्वास ढकाल र उनका साथीहरुले एफवान सफ्टमा विकास गरेका फिनटेक समाधानहरू देशका हरेक कुनामा पुगेका छन् र आज डेढ करोड भन्दा धेरै मानिसलाई सेवा प्रदान भइरहेको छ ।
एफवान सफ्ट ग्रुपमा एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, एक्स्टेन्सो डाटा जस्ता धेरै नविन कम्पनीहरु समावेश छन् ।
उनले आफ्नो व्यवसायलाई विश्वभर विस्तार गर्ने योजना पनि बनाएका छन् ।
रेष्ट अफ वर्ल्ड एक अन्तर्राष्ट्रिय पत्रकारिता गर्ने संस्था हो, जुन पश्चिमी क्षेत्रभन्दा बाहिर अर्थात् अमेरिका र पश्चिमी युरोपबाहिर प्रविधि क्षेत्रमा भएका नवीन समाचार तथा समाचारमुलक कथाहरू समेटेर प्रकाशन गर्न समर्पित छ । यसमा कम्पनी, संस्थापकहरु, राजनीतिज्ञलगायतका स्टोरी, प्रोफाइल तथा समाचारमुलक लेखहरू प्रकाशित हुन्छन् ।
आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकासको नाममा सांसदले गाउँमा बाड्ने पैसा नपाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा पैसा नछ...
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवा...
कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् । यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने ...
पूर्व प्रधानमन्त्री झलनाथ खनालले औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने बताएका छन् । बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्रा...
संसदमा शुरू भएको पूर्व बजेट छलफलमा नेकपा एमालेका सांसद योगेश भट्टराईले व्यापार घाटा कम गर्ने वैकल्पिक उपाय किन नल्याएको भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । बुधवार छलफलमा सहभागी हुँदै उनले सरकारको इच्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...