×

NMB BANK
NIC ASIA

सुन्दरी प्रतियोगिताको आडमा महिलामाथि यौन दुर्व्यवहार गर्ने मनोज पाण्डेसँग सरकारी वकिलको कार्यालयले बयान लिएको छ । 

Muktinath Bank

बुधवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरूले बयान लिएका हुन् । बलात्कारको अभियोग लागेका मनोज पाण्डेले आफूले बलात्कार नगरेको भन्दै अस्वीकारी बयान दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार पाण्डेले कसम खाँदै ‘मैले गरेको हैन’ भन्ने बयान दिएका छन् । प्रहरीले पक्राउ गरेपछिको प्रारम्भिक बयानमा यदि ‘आफूले बलात्कार गरेको भए झुन्डिएर मर्छु’ भनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

अहिले प्रहरीले उनीविरुद्ध प्रमाणहरू जुटाइरहेको छ । 

Vianet communication

पीडित युवतीले आफूमाथि अत्याचार भएको भन्दै कल गरेकी पूर्व मिस नेपाल माल्भिका सुब्बासँग पनि प्रहरीले बयान लिएको थियो ।

बयानमा माल्भिकाले पीडित युवतीले फोन गरेको स्वीकारेकी छिन् । उनले त्यो समयमा आफू पनि समस्यामा भएका कारण ध्यान पुग्न नसकेको कुरा प्रहरीलाई बताएकी छन् ।

यसले प्रहरीलाई परिस्थितिजन्य प्रमाण जुटाउनलाई सहयोग पुगेको छ । प्रहरी प्रमाण जुटाउने क्रममा त्यो समयका फोटोहरू पनि संकलन गरिरहेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रहरीले बलात्कार अभियोगमा हदम्यादका कारण उनलाई पक्राउ गर्न नमिल्ने भएपछि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानबिन गर्न दबाब बढेको थियो । 

यस विषयमा बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयअगाडि अधिकारकर्मीहरूले आन्दोलन गरेका थिए ।

संसद्मा समेत बलात्कारको विषयमा आवाज उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा सरकारलाई रुलिङ गरेका थिए । 

त्यसपछि सरकारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरसहित ५ जनाको समिति बनाएको थियो । 

त्यो टोलीले पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीको परामर्शमा पीडित युवतीलाई जिल्ला अदालतमा निवेदन दिन लगाएर बयान प्रमाणित गरिएको थियो ।

आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै १६ वर्ष कम उमेरकी एकजना बालिकाले पाण्डेविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

अहिले सरकारले बलात्कार मुद्दामा १ वर्षको हद म्यादलाई पुनर्विचार गर्न विभिन्न संसदीय समिति र कानून विज्ञहरूसँग परामर्श गरिरहेको छ ।

यो केसबाहिर आएपछि काठमाडौं उपत्यकालगायत देशभरमा बलात्कारका घटनाहरू बाहिर आउन थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x